हाट बजार सञ्चालन नहँुदा कृषक तथा उपभोक्ता दुबै मारमा

राजन रेग्मी संवाददाता: राजन रेग्मी
hat bajar

बागलुङमा स्थानीय उत्पादन विक्रि वितरण गर्ने कृषि हाट बजार तथा थोक बजार सञ्चालन नहुदा कृषक तथा उपभोक्ता दुबै मारमा परेका छन् । देशको ६६ जिल्लामा अहिले हाट बजार सञ्चालनमा छ । बागलुङमा अहिले पोखरा, चितवन लगायतको ठाउँबाट तरकारी लगायत कृषिजन्य बस्तु आयात हुन्छ ।

जिल्लामा हाट बजार तथा थोक बजार नहँदा नत कृषकले उत्पादित वस्तुको राम्रो मुल्य नै पाएको छन् नत उपभोक्ताले सस्तोमा कृषक वस्तु नै खरिद गर्न पाएका छन् । जिल्लामा अहिले कृषि वस्तुको मुल्यबृद्धि हुनुको कारण नै हाट बजार तथा थोक बजार संचालनमा नहुनु रहेको स्थानिय कृषकहरुले गुनासो गरेका छन् ।

बागलुङका कृषक कोपिल बुढाथोकी भन्छन् ‘ जिल्लामा मासुको मुल्यमा एक–एक हप्तामा अनुकुलता हेरेर थपघट गरिन्छ, तर कृषि उत्पादनमा मुल्य निर्धारण गर्ने सरोकारवाला निकाय मौन देखिन्छन् । अहिलेको अवश्थामा कृषि वस्तुको मुल्य बढ्दै गर्दा नत कृषकलाई नै बढि मुल्यमा बेचेका छन्, नत उपभोक्ताले नै सस्तो मुल्यमा खरिद गर्न पाएका छन् । कृषकबाट ६० रुपैँयामा खरिद गरिएकोे टमाटर उपभोक्ताले खरिद गर्दा १ सय १० रुपैँयामा सम्म पर्ने गरेको छ ।

कृषकले बेच्ने मुल्य र उपभोक्ताले खरिद गर्ने मुल्यमा यति धेरै भिन्नता छ । बिचमा बस्नेले थोरै मुल्यमा खरिद गरि धेरै मुल्यमा बिक्रि गदाए उत्पादक तथा खरिदकर्ता दुबै मारमा परिरहेको छन् ।’

जिल्लामा अहिले हाटबजार संचालन नहुदा साना कृषकलाई अझै मार परेको छ । स्थानिय उत्पादनले व्यापारीले खरिद नगर्नेे र निर्यात भन्दा पनि आयात गर्नु नै व्यापारीको प्राथमिकतामा पर्दा जिल्लाका साना कृषकलाई झनै समस्या परेको हो । अझ भनौ, एउटै तरकारीको मुल्य पनि टोलै पिच्छे फरक छ । सरोकारवाला निकायले कृषि उत्पादन वस्तुको मुल्य निर्धारण गरि हाट बजार तथा थोक बजार संचालन गर्ने हो भने घरमै खरिद गर्न आउने व्यापारीलाई पनि रोकेर आफुहरुले उत्पादन गरेका वस्तु हाट बजारमै लगेर बिक्रि गर्ने कृषकहरुको भनाई छ ।

कृषक सरिता थापा भन्छिन् ‘ जिल्लामा थोक बजार नहुदा बजारका बिभिन्न चोकमा एउटै तरकारीको पनि फरक फरक मुल्य छ । जिल्ला भित्र एउटै तरकारीको पनि मुल्य किन फरक–फरक हुन्छ ? मुल्य निर्धारण गर्ने कस्ले हो ?’ भन्छिन् ‘ यदि अन्य ठाउँमा जस्तै यहाँ पनि एउटै मुल्य निर्धारण गर्ने हो भने हामी कृषकहरुले घरमै आउने व्यापारीलाई पनि रोकेर थोक बजारमा लगेर उत्पादित वस्तु बिक्रि गर्न तयार छौँ ।’

हाट बजार संचालनका लागि बागलुङमा शनिबार कृषि हाट तथा थोक बजार संचालनका सम्बन्धी अन्र्तक्रियात्मक छलफल भेला कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र बागलुङका कार्यालय प्रमुख भानुभक्त भट्टराईले कृषकका सबै गुनासाको सम्बोधन गर्दै अगाडी बढ्ने बताएका छन् ।

भन्छन् ‘ यहाँ कृषकका मुल्य पाएनौ भनेर गुनासो छ, उपभोक्ताको मुल्य बढि पर्यो भन्ने गुनासो छ, व्यापारीको पनि आफ्नै गुनासो छ । जिल्लामा हाट बजार संचालनका लागी सबै संंग सहकार्य भैरहेको छ । हाटबजारले संचालन गर्दा जिल्ला भित्र तरकारीको मुल्यमा एकरुपता तथा कसैलाई पनि समस्या नपर्ने गरि सबैलाई मिल्ने गरि निर्णय गर्ने तयारी अगाडी बढाएका छौँ । ’

त्यस्तै सोही कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले सबै कृषक र व्यापारी बिच सहकार्य हुन जरुरी रहेको बताएका छन् । कृषक र व्यापारीको सहकार्य भएको खन्डमा मात्र कृषक, व्यापारी तथा उपभोक्ता कसैलाई पनि मार नपर्ने उनको भनाई थियो ।

कार्यक्रम जिल्ला कृषि सहकारी संघका अध्यक्ष नर बहादुर थापाको अध्यक्षता, धन बहादुर कार्कीे स्वागत तथा गंग बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो । छलफल कार्यक्रमका लागि बागलुङ नगरपालिका, कृषि ज्ञान केन्द्र बागलुङ र उद्योग वाणिज्य संघ बागलुङले सहजीकरण गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal