हिमालपारिको जिल्ला मुस्ताङमा टेलिकमको सेवा विस्तार

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
mustang

गण्डकी प्रदेशको मुस्ताङ जिल्ला पर्यटकीय तथा धार्मिक महत्वको पहिचान बोकेको ठाउँ हो । त्यहाँ अनगिन्ती पर्यटकीय तथा धार्मिक गन्तव्यहरु छन । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मुस्ताङ त्यहाँ पुग्दा जो कसैलाई स्वर्गको टुक्रा जस्तै अनुभुति हुने गर्दछ । समुन्द्री सतहदेखि २८०० मिटर उचाइदेखि ४६०० मिटरसम्म अवस्थित यस जिल्लामा सञ्चारको समेत सुविधा पुगेको छ ।
नेपाल टेलिकमले त्यहाँका स्थानीय बासिन्दा, त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर टेलिकमको भ्वाइस तथा डाटा सर्भिस उपलब्ध गराएको छ ।

वि.सं २०६०÷०६१ तिर टेलिकमले जिल्लाका केही स्थानमा भि स्याट प्रविधिको टुजी मोवाइल सेवा पुराएको थियो । उक्त प्रविधि मार्फत सीमित मानिसले भ्वाइस सेवा उपयोग गर्न पाएका थिए ।

सीमित कल सुविधा रहेको उक्त सेवालाई टेलिकमले वि. सं २०७४÷०७५ साल देखि विस्थापन गरी अहिले जिल्लाका अधिकांश भूभागमा माईक्रोवेभ रेडियो लिङ्क मार्फत अत्याधुनिक प्रविधिको सेवा प्रवाह गरिरहेको नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर तथा बागलुङका कार्यालय प्रमुख केशव शर्माले जानकारी दिए ।

“भौगोलिक विकटता, सडकको पहुँच नहुँदा नहुँदै निकै मेहनत र परिश्रमका साथ अग्ला डाँडाहरुमा रिपिटर टावर रेडियो लिङ्क निर्माण गरी प्राविधिक हिसाबले उपयुक्त पर्ने स्थानमा बिटियस टावर स्थापना गरेर सेवा दिइरहेका छौं प्रमुख शर्माले भनें ।

सुरुमा हामीले टुजी सेवा मार्फत भ्वाइस सेवा उपलब्ध गराएका थियौं अहिले क्रमश ती बिटियस टावरहरुमार्फत पहिला उच्च गतिको डाटा सर्भिस थ्रिजी र त्यसपश्चात् फोरजी मार्फत उच्च गतिको इन्टरनेट र भ्वाइस सेवा उपलब्ध गराएको शर्माले बताए । रिपिटर टावर र बिटियस टावर निर्माणका सुरुवाती दिनहरुमा टावर निर्माण गर्ने डाँडाहरुमा विद्युत सेवा पुगेको थिएन त्यतिबेलादेखि नै अहिलेसम्म अधिकांश टावरहरु सोलार सेट मार्फत सञ्चालनमा रहेको नेपाल टेलिकम मुस्ताङका कार्यालय प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए ।

सडकदेखि ३÷४ घण्टाको उकालो घोडेटो र गोरेटो बाटोमा मानिस, घोडा, खच्चड मार्फत टेलिकमले उपकरणहरु त्यहाँ पुराएको थियो । स्थानिय जनप्रतिनिधि, समाजसेवी र स्थानियबासीले निकै उत्साहजनक सहभागिता जनाउँदै टेलिकमलाई सेवा सञ्चालनमा निरन्तर सहयोग गर्दै आइरहेको लोघेकेर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले बताए । मुस्ताङ जिल्लामा मध्यान्हदेखि निकै हावा चल्ने गर्दछ अग्ला स्थान, डाँडाकाँडामा हावा चल्दा टावरमा चढेर काम गर्न निकै कठिन हुने गरे तापनि टेलिकमले निरन्तर सेवा प्रदान गरेकोमा आफुहरु खुसी रहेको अध्यक्ष विष्टको भनाइ छ ।

भौगोलिक अवस्थालाई मध्यनजर गरेर टेलिकमले संरचना निर्माण गर्दा निकै मेहनत र परिश्रम गरेर कार्य सम्पादन गरे तापनि त्यहाँ चल्ने तेज हावाहुरीले कतिपय समयमा विभिन्न टावरमा रहेका रेडियो लिङ्क एन्टेना र सोलार सेटहरु उडाइदिने, सामाग्री अर्कोतर्फ फर्काईदिने गर्दा सेवा प्रवाहमा समेत समस्या सिर्जना गर्ने गरेको छ । यद्यपि टेलिकमले टावरहरुमा बलियो संरचना निर्माण गरि आफनो सेवा प्रवाहलाई निरन्तरता भनें दिइरहेको छ ।

टेलिकमले जिल्लास्थित स्थानिय तहसँगको समन्वय र सहकार्यमा अहिले सम्भव हुने रिपिटर र बिटियस टावरमा केन्द्रीय विद्युत लाइन विस्तार कार्यलाई तीव्रताका साथ अगाडि बढाएको छ । धौलागिरीका अन्य जिल्लाको तुलनामा यस जिल्लामा जनसंख्या निकै न्यून छ । सदरमुकाम जोमसोम बजारमा जनघनत्व अलि बढी रहे पनि अन्य गाउँपालिकामा भनें बस्ती निकै पातलो रहेको छ । टेलिकमले दूरदराजमा रहेका स–साना बस्तीहरुलाई समेत सञ्चार सेवाबाट वञ्चित हुन नदिन सोही स्थानको अग्ला डाँडामा टावर निर्माण गरेर सेवा उपलब्ध गराएको छ ।

हिमाल पारीको जिल्लामा टेलिकमको भ्वाईस र उच्च गतिको इन्टरनेट डाटा सर्भिस उपयोग गर्न पाउँदा गाउँले र आफू हर्षित भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका गाउँ कार्यपालिका सदस्य धम्जुघुटी गुरुङले बताइन् । जनघनत्व कम भएको यस जिल्लामा आर्थिक रुपले भन्दा पनि यहाँका नागरिकलाई राज्य र टेलिकमको सञ्चार सेवा उपलब्ध गराउने लक्ष्य अनुरुप गृहकार्य भइरहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमले गुणस्तरीय भ्वाइस तथा (इन्टरनेट) डाटा सर्भिस उपलब्ध गराउने उद्देश्यले म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारदेखि मुस्ताङको सदरमुकाम जोसमसोम हुँदै प्रसिद्व धार्मिक तथा पर्यटकीय गन्तव्य मुक्तिनाथ मन्दिरसम्म फाइबर लाइन समेत बिछ्याएको छ ।

अहिले चिबाङ, छेयरो, मार्फा, स्याङ, जोमसोम बजार, ठिमी, कैस्याङ क्याम्प, ढाल्के, कागबेनी, खिंगा, झारकोट, रानीपौवा बजार र मुक्तिनाथ मन्दिरमा फाइबर टु द होम मार्फत उच्च गतिको इन्टरनेट वाईफाई सेवा समेत उपलब्ध छ । फाइबर तारमार्फत सेवा प्रवाह हुँदा टेलिकमको नमस्ते मोवाइलमा गुणस्तरीय भ्वाइस र डाटा सर्भिस उपलब्ध हुने गरेको छ ।

बेलाबेलामा पोखरा बागलुङ, बागलुङ बेनी र बेनी जोमसोम सडक खण्डमा सडक निर्माणको क्रममा र बाढी पहिरो आउँदा फाइबर चुँडिने गर्दा सेवा अवरुद्व हुनुका साथै प्रभावित हुने गरेको छ । त्यस्ता समस्याले टेलिकमलाई सेवा प्रवाहमा समस्या उत्पन्न गर्ने गरे तापनि टेलिकमले फाइबरमा समस्या नआओस् भन्ने हेतुले प्राविधिक टोलीलाई समेत स्टन्ड बाई राखेर सेवा उपलब्ध गराइरहेको जनाएको छ । फाइबरमा समस्या आउँदाको बखत आफनो सेवालाई पुर्ण रुपमा बन्द हुन नदिन जिएसएम सेवाको भ्वाइस सर्भिस मात्र वैकल्पिक रेडियो लिङ्कमार्फत सेवा दिने गरेको छ ।

उक्त सेवा थप प्रभावकारी बनाउन बागलुङदेखि पोखरासम्मका रेडियो लिङ्क स्तरोन्नति गर्नको लागि गृहकार्य भइरहेको टेलिकमले जानकारी दिएको छ । भौगोलिक विकटता, न्यून श्रोत साधनलाई उपयोग गर्दै जतिसक्दो छिटो सेवा दिन आफूहरु निरन्तर लागिपरेको टेलिकमले जनाएको छ ।

हिमाली जिल्ला मुस्ताङ धेरै उचाइमा रहेकोले कात्तिकदेखि नै जाडो सुरु हुने हुँदा भारी हिमपात हुने र टेलिकमको सेवालाई वातावरणीय प्रभावका कारण अवरुद्व हुन नदिन टेलिकमले रिपिटर टावरहरु रेखदेख तथा मर्मत एवं हिउँ सफा गर्न कामदार समेत खटाएको छ । टेलिकमले अहिले जिल्लाको घासा, मार्फा, जोमसोम बजार, कागबेनी, स्याङबोचे, घमी, चराङ लोमानथाङ हुँदै नेपाल चीन सिमा कोराला नाका नजिकको छोसेर डाँडाबाट २५ मिटर अग्लो बिटियस टावर र पक्की संरचना निर्माण गरी आफनो सेवा प्रवाह गरिरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal