आगामी निर्वाचनपछि एमाले फेरि सरकारमा हुन्छ—गुरुङ

माधव नेपाल पनि ओत लाग्न एमालमा आउँछन्—पाण्डे

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
surendra pandey

एमाले गण्डकी प्रदेशका इन्चार्ज तथा निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारमा जुनसुकै पार्टी भएको भए पनि जनताले समर्थन गरको छन् कि छैनन् भन्ने कुरा नै मुख्य कुरा भएको बताएका छन् । बागलुङमा आयोजित कार्यकर्ता भेलामा बोल्दै केपी ओलीले नेत्रृत्व गर्दा मात्र नेकपा एमाले पार्टीले स्थानीय चुनावमा बिजयी भएको समेत बताए ।

अहिले पार्टीमा सक्षम नेतृत्व समेत रहेका उनको भनाइ थियो । दोस्रो पुस्ताको सबै नेताहरु ने.क.पा एमालेमै रहेको र उनीहरुमा पार्टी हाँक्न सक्ने क्षमता समेत भएको उनले बताए ।

अन्य कुनै पार्टीमा दोस्रो पुस्ताको सक्षम नेतृत्व समेत नभएको उनको दाबी छ । उनले सरकारमा अहिले नेपाली काँग्रेस भएको भए पनि आगामी निर्वाचनमा सरकारमा कुन पार्टी छ भन्ने कुराले निर्वाचनमा कुनै अर्थ नराख्ने कुरामा समेत कार्यकर्तालाई ढुक्क हुन आग्रह समेत गरे । उनले भने,‘ हाम्रो पार्टी पछि रहँदै गर्दा पनि विचारका हिसाबले केपी ओली नेतृत्वको एमालेले अघिल्लो चुनावमा स्थानीय तहमा हामीले धेरै सफलता हासिल समेत गयौँ ।

अहिले हाम्रो पार्टीमा माधव नेपालतर्फ नगई हाम्रो पार्टीमै हुनुहन्छ । आश लाग्दा सबै साथीहरु हामीसंगै हुनुहुन्छ । अझै कुनै पार्टीमा पनि सक्षम नेतृत्व देखिँदैन जसका कारण हाम्रो पार्टीको भविष्य उज्वल छ ।’ उनले हाल सरकार जुनसुकै पार्टीको भए पनि त्यसले आगामी चुनावमा यही पार्टीले नै जित्ने भन्दै भ्रममा नपर्न समेत आग्रह गरे । ‘२०७४ सालको चुनावलाई फर्केर हेर्ने हो भने पनि त्यो बेला नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धन थियो तर, ७४ सालको चुनावमा हामीले राम्रो सफलता पाएका थियौँ,’ उनले भने । उनले एमाले संगठनलाइ सशक्त बनाउन गुट अन्त्यको तयारी समेत भैरहेको बताए । महाधिवेशनमा समेत गुटबन्दी गरेर उमेदवार दिन नपाउने नीति बनाउन लागेको समेत जानकारी दिए ।

यता नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले भोलिका दिनमा माधव नेपाल पनि एमाले पार्टीमै ओत लाग्ने बताएका छन् । नेकपा एमाले बागलुङको जिल्ला कार्यकर्ता भेलामा बोल्दै नेता पाण्डेले अहिलेको व्यवस्था र देश बचाउनका लागि एमाले बलियो हुनुपर्ने बताए । ‘नेकपा एमाले बलियो भयो भने मात्रै यो व्यवस्था र देश बच्छ, आन्दोलन बच्छ,’ उनले भने,‘आन्दोलन बच्यो, एमाले बच्यो भने माधव नेपाल पनि एमालेमै ओत लाग्ने हो ।’

एमाले विवाद समाधानका लागि गठित कार्यदलका सदस्य समेत रहेको नेता पाण्डेले माधव नेपालले आफैले प्रस्ताव गरेको कुरामा सहमति हुँदा पनि कार्यान्वयन नगरी पार्टी फुटाएर ठिक नगरेको उल्लेख गरे । ‘कार्यदलमा माधव नेपालले आफैले प्रस्ताव गरेको कुरामा सहमति भएको थियो, तर उहाँले त्यसलाई कार्यान्वयन नगरेर ठिक गर्नुभएन,’ नेता पाण्डेले भने । एमाले एकढिक्का हुने र परिवर्तनको आधारशीला तय गर्ने पाण्डेको दाबी छ ।

‘चुनावी गुटबन्दीले गर्दा अहिले हामीलाई आफ्नै साथीलाई दुस्मन देख्ने बनाएको छ,’ उनी भन्छन्,‘हामीले पार्टीलाई नयाँ शिराबाट व्यवस्थित गरेर लैजानुपर्ने हुन्छ । अबको एजेण्डा समृद्धिको एजेन्डा हुनुपर्छ ।’ एमालेलाई युग सुहाउँदो पार्टी बनाउनका लागि त्यही खालको नेता कार्यकर्ता उत्पादन गर्न सबैले मेहनत गर्नुपर्ने उनको तर्क थियो । ‘अहिलेको युग विज्ञानको युग हो, पार्टीमा योग्य नेता कार्यकर्ता तयार हुने र जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दा पहिलो दिनबाटै समृद्धिको लागि काम गर्ने क्षमता विकास गर्नुपर्छ । त्यसका लागि पार्टीका सबैले मेहनत गरौं,’ उनले भने ।

नेकपा जोगाउनका लागि दोस्रो तहका नेताहरुले भूमिका नखेल्नु गल्ती भएको उनले स्वीकार गरे । ‘नेकपा नै हामीले जोगाउन सक्थ्यौं, दोस्रो तहका नेताहरुले ठूला नेताको पछि लागेर अलिकति हस्तक्षेप गरेको भए नेकपा नै बच्थ्यो,’ उनले भने,‘त्यहाँ गल्ती भयो तर एमाले जोगाउनका लागि हामी लागेको छौं ।

अब देशको नेतृत्व गर्ने एमाले नै हो ।’ यो दुई वर्षको बीचमा पार्टीमा भएको किचलोले भएको क्षतिपूर्तिका लागि मेहनतका साथ सङ्गठन निर्माणमा लाग्न उनले कार्यकर्तालाई निर्देशन समेत दिए । कम्युनिष्ट आन्दोलन जोगाउनका लागि सबै एकढिक्का हुनुपर्ने र एमालेले त्यसको अगुवाई गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य किरण गुरुङ, नेकपा एमाले केन्द्रीय सदस्यहरु गोविन्द नेपाली, मनकुमारी केसी, एमाले नेता कृष्ण केसी लगायतले एमाले एक ढिक्का भएर अगाडि बढ्ने र आगामी निर्वाचनमा बहुमत हासिल गर्ने बताए । नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण पाठक र सञ्चालन विष्णु भुषालले गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal