आयुर्वेद नेपाली जनजीजनसंग युगौंदेखि भिज्दै आएको राष्ट्रिय मौलिक चिकित्सा पद्धति हो । आयुर्वेद, स्वास्थ्य जीवन जिउने कला र संस्कार भएको अनुपम सम्पदा हो । आयुर्वेद स्वास्थ्य मानिसको स्वास्थ्य रक्षा गर्ने, र रोगी मासिनको रोग निवारण गर्ने चिकित्सा विद्या पनि हो । हाम्रा ज्ञानी, ध्यानी, ऋषि मुनीको खोज अनुसन्धान, अनुभव र प्रयोगमा आधारित जीवन विज्ञान पनि हो ।
आयुर्वेद सबैभन्दा पुरानो र भरपर्दो तथा वैज्ञानिक चिकित्सा पद्धति पनि हो । मानिस जुन ठाउँमा जन्मेको छ, हुर्केको छ, त्यस ठाउँमा उत्पन्न आहार द्रव्य र औषध द्रव्य उसको लागि हितकर हुन्छ भन्ने कुरा सिकाउने अथाह ज्ञानको भण्डार पनि हो । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले नेपालमा कोभिड—१९ को रोकथामका उपाय तथा व्यवस्थापनका लागि निर्देशिका जारी गरेको छ ।
आयुर्वेद मत अनुसार कोभिड—१९ लाई कफ वातोल्वण सन्नितपात ज्वरसंग समन्वय गर्न सकिन्छ । वर्तमान संक्रमण र महामारीको अवस्थालाई जनपदोद्ध्वंस अन्तर्गत सारगत रुपमा बुझ्न सकिन्छ । दुषित वायु, दुषि जल, दुषित देश र काललाई जनपदोद्ध्वंसका कारणहरु मानिन्छ ।
जनपदोद्ध्वंसमा पनि एकै समयमा मानव समुदायको ठूलो जनसंख्या प्रभावित हुन्छ । यो संक्रामक रोगको व्यवस्थापन र रोकथामका लागि शोधन र रसायन सेवन उपक्रम गदा संक्रामक अवस्थालाई कम गर्न र व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । आयुर्वेद चिकित्सा पद्धति सुरक्षात्मक, उपचारात्मक, प्रवद्र्धनात्मक उपायहरुको आधारमा कोभिड—१० को व्यवस्थापन गर्न सकिन्छ । कोभिड—१९ माहुने निमोनिया तथा फोक्सो, कलेजो, मृगौला, आदि अंगहरुको निस्क्रियता भएमा व्यवस्थापन गर्न कठिन हुन्छ ।
यो रोग जनपदोद्ध्वंसमा कफवातोल्वण सन्न्तिापतज ज्वरको रुपमा लिईन्छ । रोगका ५ अवस्था हुन्छन् । प्रथम चरण, द्वितीय चरण, तृतीय चरण, चतुर्थ चरण र पञ्चम चरण । आयुर्वेद चिकित्सामा स्वस्थ व्यक्तिको स्वास्थ्य रक्ष ागर्नका लागि दिनचर्या ऋतु चर्या, र आचार रसायनको नियमित परिपालनले कोभिड—१९ जस्ता मारक संक्रामक रोगहरु विरुद्ध प्रतिरोधात्मक क्षमता बढ्छ । यी सुरक्षात्मक उपाय अस्वस्थ व्यक्तिका लागि पनि उपयुक्त हुन्छ ।
के गर्दा स्वस्थ्य भइन्छ ?
ड्ड सूर्य उदाउनु भन्दा ४५ मिनेट अगाडि उठ्ने
ड्ड नुहाउनु भन्दा अगाडि एक चम्चा तिलको तेल वा तोरीको तेल मुखमा ३० सेकेन्डसम्म राख्ने त्यसपछि मनतातो पानीले कुल्ला गरी मुख सुद्ध गर्ने
ड्ड आधा गिलास मनतातो पानीमा एक चिम्टी बेसार र नुन हालेर कुल्ला गर्ने
ड्ड दुई थोपा अनु तेल नाकका दुवै प्वालमा हाल्ने
ड्ड प्रत्येक बिहान ७—१० बजे भित्रको घाम ताप्ने र सकभर ३० मिनेटसम्म
ड्ड ऋतु अनुसार सामान्य तापक्रमको पानीले नुहाउने
ड्ड मनतातो पानीमा नुन हालेर १० मिनेटसम्म दुवै खुट्टा दुबाएर राख्ने
ड्ड समय तालिका अनुसार रचनात्मक क्रियाकलाप र दैनिक क्रियाकलाप गर्ने
ड्ड दिउँसो नसुत्ने
ड्ड सन्ध्याकालिन समय घर परिवारसंग व्यतित गर्ने
ड्ड तनाब नलिने, तनाबले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ
ड्ड भोक लागेको अवस्थामा मात्र खाने
ड्ड पटक पटक खाईरहने बानी त्याग्ने
ड्ड सुख्खा फलहरु ताजाफलफूल खाने
ड्ड हरियो चना केराउको सुप खाने
ड्ड ताजा तयार पारिएको खाना खाने
ड्ड हल्का र राम्रोसंग पाकेको भोजन सेवन गर्ने
ड्ड आमासयको एक चौथाई मात्र भोजन सेवन गर्ने
ड्ड भात पकाउँदा अलिकति शुठोको धुलो हालेर पकाउने
ड्ड अमला, पुदिनाको चटनी प्रयोग गर्ने
ड्ड अचार बढि चिल्लो पिरो नखाने
ड्ड बढि गुलियो, तारेको र बढि चिल्लो खानेकुरा नखाने
ड्ड सकभर मासु नखाने
ड्ड फ्रिजमा राखेको चिसो खाद्य पदार्थ नखाने
ड्ड रात्रीको भोजन राती ८ बजेभित्र गरिसक्ने
ड्ड मनतातो पानी पटक पटक पिउने
ड्ड पानीमा थोरै मात्रामा सुठो, धनिया, तुलसीको पात, ज्वानो र बेसार हालेर उमालेर राख्ने र पटक पटक थोरै थोरै मात्रामा खाने
ड्ड एक गिलास मनतातो दूधमा आधा चम्चा बेसार हालेर पिउने
ड्ड तुलसी चिया वा गुडुची चिया सेवन गर्ने
ड्ड कार्बोनेटेड र मदिराजन्य पेयपदार्थ सेवन नगर्ने
ड्ड राती भोजनको दुई घण्टापछि सुत्ने । राती १० बजेभित्र सुतिसक्ने
ड्ड साबुन पानीले पटक पटक हात धुने
ड्ड जहाँतहीं हातले नछुने
ड्ड आँखा, नाक, मुख, अनुहारलाई पटक पटक नछुने
ड्ड एक अर्काबीच कम्तीमा एक मिटर वा तीन फिटको दुरी कायम गर्ने
ड्ड भीडभाडमा नजाने, जानै परेमा मास्कको प्रयोग अनिवार्य गर्ने
ड्ड सार्वजनिक ठाउँहरुमा यत्रतत्र नथुक्ने
ड्ड पञ्जा वा ग्लोब्सको प्रयोग गर्ने
ड्ड धरमै बस्ने, बस्दा उठ्दा, हिँड्दा, मेरुदण्ड सिधा पार्ने
ड्ड धुम्रपान, मद्यपान, सुर्तिजन्य पदार्थ सेवन नगर्ने
ड्ड घरवरपर सफा राख्ने, घरेलु फोहोर मैलाको उचित व्यवस्थापन गर्ने
ड्ड ऋतुचर्या अनुसारको क्रियाकलाप गर्ने
कोभिड संक्रमण भएमा के गर्ने त ?
ड्ड तुलसीको पात, ज्वानो र बेसार हालेर उमालेको पानीको बाफ लिने
ड्ड गुडुची सत्व ५०० देखि १०० मिलिग्रामसम्म खाने
ड्ड अमला बेसार पानी, तुलसीको पात हालेर पकाएको पानी पिउने
ड्ड च्यवन प्रास एक चम्चा, अश्वगन्धा चुर्ण एक चम्चा बिहान र बेलुका सेवन गर्ने
ड्ड यष्ठीमधु चूर्ण एक चम्चा बिहान र बेलुका मनतातो पानीसंग खाने
ड्ड शतावरी चूर्ण एक चम्चा बिहान र बेलुका मनतातो पानीसंग खाने
ड्ड आमलकी चूर्ण एक चम्चा दुई पटक मनतातो पानीसंग खाने
ड्ड हरिद्राखण्ड चूर्ण एक चम्चा बिहान र बेलुका मनतातो पानीसंग खाने
ड्ड सुपाच्य भोजन गर्ने, आयुर्वेद स्वास्थ्यकर्मीको परामर्श लिने
ड्ड अमलाको चटनी, प्याज, लसुन, करीपत्ता अदुवा बेसार खाने
ड्ड सहीजन, करेला परवरको तरकारी खाने
ड्ड बाटुलपाते बेथे, जीवन्ती लँुडेसाग खाने, अंगुर, अनार, हरियो केराउ, चना, मनतातो पानी आदि सेवन गर्ने
खान नहुने चिजहरु
मासको दाल, बढि पिरो चिल्लो जंक फुड, दही, बोतलिय बन्द चिसो पेयपदार्थ, मद्यपान, धुम्रपान, सुर्तीजन्य पदार्थ नखाने । दिउँसो सुत्न हुँदैन । एसीको प्रयोग नगर्ने ।
आचार रसायन
सत्य वचन बोल्ने, काम, क्रोध, लोभ, मोह, इष्र्याको त्याग गर्ने, मिठो बोल्ने, कम बोल्ने, विस्तारै बोल्ने । मद्यपान, सूर्तीजन्य पदार्थ र धुम्रपान नगर्ने । सरसफाईमा ध्यान दिने, ध्यान, दान धर्म ठूलाबडा मान्यजनको गुरुजनको आदर गर्ने । अन्यलाई माया स्नेह गर्ने । सकरात्मक सोच बनाउने । शंख फुक्ने घण्ट बजाउने, नृत्य गर्ने, ॐ उच्चारण गर्ने, आदि ।
आधारणीय बेगको धारण नगर्ने
मलवायु, मल, मुत्र, हाँच्छ्युँ, प्यास, भोक निन्द्रा, खोकी श्वास, हाई आँशुर वमन आदीको बेगलाई रोक्नु हुँदैन ।
अन्य औषधीहरुमा रोगको प्रकृति हेरी आयुर्वेद स्वास्थ्यकर्मीको परामर्शमा त्रिकटु चुर्ण, सितोपलाडि चुर्ण, अश्वगन्धा चुर्ण, चुडुची चुर्ण, इमुनो केयर ट्याबलेट, इमुनो केयर किट।, आयुष क्वाथ, गिलयो इम्युन, ओजस्वीवटी, श्रीश्वास अवलेह, मृगमदासव, यष्ठीमधु, आमलकी चूर्ण, शक्तिप्रास, च्यवनप्रास, चित्रकहरितकी, हरिद्राखण्ड आदि औषधी प्रयोग गर्न सकिन्छ । चिकित्सा निर्देशिका अनुसार का अन्य औषधीहरुको बिरामीको अवस्था हेरी आयुर्वेद स्वास्थ्यकर्मीको मरामर्श लिन सकिन्छ ।
यो बिषयमा तपाईको प्रतिकृया