कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई बरेङमा खोप दिइने भएको छ । बरेङको हुग्दीशिर र बाटाकाचौर स्वास्थ्यचौकीमा १८ वर्ष पुगेका परीक्षार्थीलाई आइतबार एस्ट्राजेनेका खोप दिइने भएको हो ।
स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय बागलुङको कोभिड खोप समन्वय तथा अनुगमन समितिको बैठकको निर्णय अनुसार सुचना जारी गर्दै १२ कक्षामा सहभागी हुने परिक्षार्थीहरुलाई खोप लागाउने भएको छ । १८ वर्ष पुरा भएका परिक्षार्थीहरुलाई कोरोना विरुद्घको एस्ट्राजेनिका खोप जिल्लाका विभिन्न स्वास्थ चौकीहरुमा उपलव्ध गराउने भएको हो ।
बरेङ गाउँपालिकाका हुग्दिशीर स्वास्थ चौकी बरेङ र बाटाकाचौर स्वास्थ्य चौकीमा भदौ २७ गते आइतबार १८ वर्ष पूरा भएका परिक्षार्थीहरुलाई कोरोना विरुद्घको एस्ट्राजेनिका खोप लगाइने भएको हो ।
स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय बागलुङको कोभिड खोप समन्वय तथा अनुगमन समितीको बिहीबार बसेको बैठकको निर्णयलाई आधार मानी खोप लगाउन जाँदा आँउदा स्वास्थ मापदण्डको पूर्ण पालना गर्दै आफ्नो परिचय खुल्ने प्रवेशपत्र तथा कागजातसहित खोपको लाभ लिन स्वास्थ्य शााखा बरेङले आग्रह गरेको छ ।
यो बिषयमा तपाईको प्रतिकृया