काँग्रेस बागलुङको वडा तहको अधिवेशन भदौ २१ गते

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
अनावश्यक क्रियाशील सदस्यता विवाद निकालिएकोप्रति तीन वडासभापतिको आपत्ती

नेपाली काँग्रेस बागलुङको वडा तहको अधिवेशन भदौ २१ गते संचालन हुने भएको छ । काँग्रेसको केन्द्रिय निर्वाचन कार्यतालिका अनुसार भदौ १८ गते वडा तहको अधिवेशन तोकिए पनि विभिन्न कारणले सम्भव नभएपछि निर्वाचन समितिले भदौ २१ गतेका लागि मिति तय गरेको हो मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिए ।

मंगलबार मात्र जिल्लाका क्रियाशिल सदस्यको अन्तिम नामावली प्रकाशन भएको र १८ गतेका लागि तयारी नपुग्ने हुँदा ३ दिन पछाडी सारिएको निर्वाचन अधिकृत शर्माले बताए । ‘बागलुङ जिल्लाको क्रियाशिल सदस्यहरुको अन्तिम नामावली मंगलबार मात्र सार्वजनिक भयो । शर्माले भने,–‘निर्वाचनका सामाग्री लिएर बुधबार मात्रै बागलुङ आयौं र जिल्लाको नेतृत्व सँग छलफल चलायौं सवैको सहमतीमा २१ गते वडा तहको अधिवेशन गर्ने मिति तय भएको छ ।

अन्य गाउँ÷नगरपालिका प्रदेश र प्रतिनिधि सभा क्षेत्रीय समिति र जिल्ला अधिवेशन पुर्वनिर्धारित समयमा नै सम्पन्न हुनेछ ।’ वडा अधिवेशनको निर्वाचनका लागि नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरुलाई परिचालन गर्ने निर्णय गरेको र सोहि बमोजिम खटाउने तयारी सुरु भैसकेको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । वडा तहको सकिए पछि मात्र पालिका स्तरमा फेरी निर्वाचन अधिकृत खटाईने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै वडा तहको अधिवेशन नजिकिदै आएको हुँदा गाउँगाउँमा काँग्रेस कार्यकर्तालाई चुनावी सरगर्मी बढ्दै गएको छ । जिल्लामा १० स्थानीय तहमा ८५ वटा वडा छन् सबै वडामा नयाँ नेतृत्व चयन हुनेछ ।

बुधबार सदरमुकाम क्षेत्रमा तत्काल उपस्थित पार्टीका केन्द्रिय सदस्य, जिल्ला कमिटिका सदस्य तथा पदाधिकारी र विभिन्न भातृ एवं शुभेच्छु संस्थाका प्रतिनिधिहरु सँग निर्वाचन समितिले छलफल गरी वडा तहको अधिवशेनको मिति तय गरेको नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेलले जानकारी दिए ।

जिल्ला बाहिर रहेका पार्टीका नेताहरु समेत वडा अधिवेशनको लागि गाउँ फर्किएपछि गाउँगाउँमा अहिले चलहपहल समेत बढेको छ । वडा तहमा निर्वाचन अधिकृतहरुको टुंगो लगाएर उनिहरुलाई निर्वाचन अधिकृत मार्फत आबश्यक निर्देशन सहित निर्वाचन सामाग्री सहित परिचालनको तयारी भएको जिल्ला सचिव पौडेलले बताए ।

हरेक वडामा हुने अधिवेशनका लागि सहमतीमा सर्वसम्मत नेतृत्व चयनको लागि प्रयास हुने र सहमती नभएमा निर्वाचन प्रकृयामा नै जाने गरि निर्वाचन समितिले तयारी गरेको छ । काँग्रेसमा नयाँ संरचनामा पहिलो पटक हुन लागेको महाधिवेशनमा वडा, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला समितिमा समेत अधिकाश पद प्रत्येक्ष निर्वाचनबाट चुनिने व्यवस्था गरिएको छ ।

तीनै तहमा सभापति एक जना, उप–सभापति, सचिब र सह–सचिब दुई÷दुई जना प्रत्यक्ष निर्वाचित हुने र निर्वाचित सदस्य मध्येबाट कोषाध्यक्ष मनोनित गर्ने गरि पदाधिकारीको छनौट गर्ने नयाँ प्रावधान राखिएको छ ।

वडा अधिवेशनले वडाका ८ जना पदाधिकारी र सदस्य समेत गरि २३ जनाको कार्यसमिति चयन गर्नेछ । यसमा वडा सभापतिले २० प्रतिशत सम्म सदस्य मनोनित गर्न पाउने व्यवस्था छ ।

वडाबाट पालिका, प्रदेश निर्वाचन र जिल्ला अधिवेशन प्रतिनिधिको रुपमा १५ जना र सभापती समेत गरि १६ जनालाई प्रतिनिधिको रुपमा छनौट हुनेछन् । वडाबाट छनौट भएका निर्वाचन प्रतिनिधिहरुले पालिका र प्रदेश निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशनमा भाग लिने काँग्रेस बागलुङका सह–सचिव सिताराम रसाईलीले जानकारी दिए ।

स्थानिय तह , प्रदेश निर्वाचन क्षेत्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनका लागि वडाबाट चुनिने प्रतिनिधि नै निर्णायक हुने भएकाले यतिबेला वडा स्तरमा व्यापक बहस र छलफलले व्यापकता बढ्दै गएको छ ।

२१ गते वडा तहको अधिवेशन सम्पन्न भए पश्चात भदौ २७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन भएको क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते र एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १० गते गर्ने निर्णय गरेको छ । त्यसैगरी प्रदेश तहको अधिवेशन कात्तिक ९ गतेदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म तोकेको छ ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal