रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बागलुङ शाखाले मानव सेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरेको छ ।
बिहीबार आफ्नो स्थापनाको चौथो वार्षिकोत्सवको अवसरमा संस्थाले आश्रममा खाद्य सामग्री वितरण गरेको हो ।
धेरै जना आश्रितहरुलाई सहयोग पुगोस् भनेर चौथो स्थापना दिवसको अवसरमा आश्रममा खाद्यान्न सहयोग गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बागलुङका शाखा प्रमुख नारायण पौडेलले बताए ।
‘हामीले आश्रममा सहयोग गर्दा धेरै जना आश्रित व्यक्तिहरु कहाँ हाम्रो सहयोग पुग्छ भन्ने हिसाबले आश्रमलाई रोजेका हौं,’ उनले भने,‘मानवीय सेवा भावले सडकमा पुगेकाहरुलाई उद्धार गरी आश्रमले ठूलो पुण्यको काम गरेको छ । हामीले सानो सहयोग गरौं भन्ने मात्रै हो ।’
इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व भएका कारणले आफ्नो वार्षिक उत्सव पारी आश्रमलाई सहयोग गरेको पौडेलले बताए ।
आश्रमलाई चामल, नुन, तेल, मसला, दाल, हेन्डवास, सेनिटाइजर, माक्स गरी ६ हजार बराबरको सामनहरु रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बागलुङका प्रमुख नारायण पौडेलले आश्रमका प्रमुख सुमिरा लामालाई हस्तान्तरण गरेका थिए ।
यो बिषयमा तपाईको प्रतिकृया