जिल्लाको बरेङ गाउँपालिका वडा नं. १ धुल्लुबाँस्कोट लुगरुङमा नवनिर्मित सामुदायिक स्वास्थ इकाई भवनको एक कार्यक्रमकाबीच शुक्रबार उट्घाटन गरिएको छ । विवश्वभरी माहामारीको रुपमा फैलिएको कोभिड—१९ कोरोना भाईरस सङ्क्रमण स्वास्थ मापदण्डको पालना गर्दै बागलुङ जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुङगानाले शुक्रबार उट्घाटन गरेका हुन ।
उट्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख ढुङगानाले बरेङ गाउँपालिकाले स्वास्थ्य लगायत हरेक क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै प्रशंसा गरे । सबैको सहकार्य र हातेमालोबाट मात्र विकास सम्भव हुने भन्दै उनले सबैलाई एकजुट हुन अनुरोध गरे । उनले हरेक क्षेत्रमा विरोध गर्ने मानसिकताको अन्त्य हुनुपर्नेमा जोड दिएका छन ।
प्रमुख ढुङगानाले हरेक नागरिकले स्वस्थ रहेर बाँच्न पाउनुपर्ने अधिकार भएकोले विकटमा रहेका नागरिकको दैनिकी स्वास्थ जीवन चेकजाँच गर्ने बानी नभएको त्यसको लागि स्वास्थ केन्द्रहरु पनि नागरिकहरुका समाजकोे नजिक नभई समस्याहरु भएकोले स्थानीय सरकारले स्थानीय तहमा स्वास्थ केन्द्रहरुको स्थापना गर्दै गएको बताएका छन ।
बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बरेङ गाउँपालिका नागरिकको स्वास्थ्यप्रति जिम्मेवार रहेको बताए । पालिकाका विकट स्थानमा रहेका नागरिकहरुले पनि आफुले पाउनुपर्ने स्वास्थ सुबिधा सहजरुपमा लाभ दिन पालिका भित्रका विभिन्न विकट ठाँउहरुमा सामुदायिक स्वास्थ इकाईहरुको गत वर्ष ०७७÷०७८ देखि नै विस्तार गरेको पनि उनले जानकारी दिए ।
विस्तारित स्वास्थ इकाईहरुमध्ये लुगरुङमा सामुदायिक स्वास्थ इकाई भवन निर्माण कार्य सम्पन्न भएको र अन्य भवनहरुको निर्माण कार्य यो आर्थिक वर्षमा गरि सामान्य स्वास्थ्य सेवा लिन घण्टौं हिँड्नु पर्ने अवस्था गाउँपालिकामा अन्त्य भएको शर्माले बताए ।
सामुदायिक स्वास्थ इकाई लुगरुङ देखी पालिकाका वडा नम्बर १ का नागरिक मात्र नभई छिमेकी जैमिनी नगरपालिका वडा नं. ९ पैयुँ थन्थापका सवंली, वडा नम्बर १० राङखानीको नाम्दुक, किटेनी, लामडाँडा, छोटडाँडा र नेवारेका नागरिकले पनि सेवा लिन सक्ने बताईएको छ ।
कार्यक्रममा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, उपाध्यक्ष डिलकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत जितबहादुर राना, स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुन, ईन्जिनियर कृष्ण बहादुर थापा, पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश छन्त्याल, पत्रकार हरिकुमार केसी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम स्वास्थ्य इकाइ लुगरूङका अध्यक्ष चित्रहादुर केसीको अध्यक्षता, वडा नं. १ का वडा अध्यक्ष नरसेङ पुनको स्वागत तथा धुल्लु लिउँवा माध्यमिक विद्यालयका शिक्षक थुमराज ढुङगानाको सञ्चालनमा स्वास्थ्य मापदण्डको कडा पालन गर्दै सम्पन्न भएको थियो ।
नवनिर्मित भवन उट्घाटन पश्चात स्वास्थ्य इकाई व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य इकाईबाट हाल २ जना स्वास्थकर्मीहरुले सेवा दिईरहेका छन ।
यो बिषयमा तपाईको प्रतिकृया