धौलागिरि अस्पतालमा २ थान डायलासिस थपिए

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
dhaulagiri hospital

धौलागिरि अस्पताल बागलुङमा सञ्चालन हुँदै आएको डायलासिस सेवालाई थप विस्तार गरिएको छ । गण्डकी प्रदेस सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा हालै मात्र दुई थान डायलासिस (डाइलोजर) मेसिन थप भएका हुन । हाल सम्म चार शैयामा सञ्चालमा आएको डाइलासिस सेवा दुई थान थप भए सँगै ६ शैयामा विस्तार गरिएको अस्पतालले जनाएको छ ।

२०७५ वैशाखबाट अस्पतालमा शुरु भएको अस्पतालको डाइलासिस कक्षमा भएका मेसिनले नियमित आउने विरामीलाई सेवा दिन कठिनाई भएको अवस्थतामा थप दुई वटा मेसिनले केही हदमा सहज हुने अस्प्ताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए । अस्पतालमा डाइलासिस गर्ने मृगौला पीडित बिरामीको चाप उच्च भएपछि सेवा थप गरिएको उनले बताए ।

डाइलासिस सञ्चालनका लागि जनशक्ति तथा आरो पानीको भने अभाव भइरहेका छ । अस्पतालको समस्याको बारेमा मन्त्री ज्यू सँग बताएका थियौं शर्माले भने, तत्कालका लागि २ वटा डाइलासिसि मेसिन आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मन्त्री मधुमाया अधिकारीले डाइलासिस कक्षका लागि आरो पानीको क्षमता बढाउने औजार उपकरण पठाउने आश्वासन दिनुभएको छ ।’

सेवा विस्तार नहुँदा १८ जना सम्म डायलासिस गर्नु पर्ने बिरामीले पालो कुरिरहेको गुनासो पछि डाइलोजर मेसिन थप भएको डायलासिस कक्षमा कार्यरत अनमी दिपिका गौतमले जानकारी बताईन । मेसिन थपियो बिरामीलाई रहात मिलेको छ उनले भनेनि डायलासिस कक्षका लागि छुट्टै डाक्टर नहुँदा केही समस्या छ, आवश्यक पर्दा अन्य मेडिकल डाक्टरहरु सहयोग गर्दै आउनु भएको छ । मृगौलाका विरामी हप्तामा दुई पटक र कसैको तीन पटक सम्म अवस्था हेरेर डाइलासिस गर्ने गरेको उनले बताईन ।

चार शैयाको डाइलासिस कक्ष हुँदा दैनिक ८ जनाले डायलासिस गर्दै आएकोमा अब न्यूनतम १५ जनाले दैनिक डाइलासिस गर्न सकिने अस्पतालले जनाएको छ । धौलागिरी अस्पतालमा डायलासिस सेवा हुँदा डायलासिसका लागि पोखरा, काठमाण्डौ जानुपर्ने बाध्यता हटेको थियो ।

दुबै मृगौला फेल भएपछि मृगौला प्रत्यारोपण नगरुन्जेल बिरामीलाई नियमित डाइलासिस गर्न अवाश्यक हुन्छ । आर्थिक हैसियत भएका बिरामीले आफूलाई मिल्ने मृगौला प्रत्यारोपण गर्ने भए पनि मृगौला प्रत्यारोपण गर्न नसक्नेले जीवनभर नियमित डाइलासिस गर्नुपर्ने हुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal