पाल्पामा बाबुले हानेको भरुवा बन्दुकको गोलीले लागेर छोराको ज्यान गएको छ ।
रिब्दीकोट गाउँपालिका(६ तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई हान्ने क्रममा ३६ वर्षीय छोरा धनबहादुरलाई गोली लागेको हो ।
टाउकोमा गोली लागेका धनबहादुरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृतक धनबहादुर स्थानीय नारायण माविका प्राथमिक विद्यालयका शिक्षक हुनुहुन्थ्यो ।
कर्ण बहादुरलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो बिषयमा तपाईको प्रतिकृया