नेकपा माओवादी केन्द्रले पश्चिम बागलुङमा सङ्गठन विस्तार कार्यक्रमलाई तीव्रता दिएको छ ।
नेकपा माओवादी केन्द्र र एमाले पार्टीबीच एकता भएको करिब दुई वर्षमा पार्टी पुनः विभाजित भइसकेको अवस्थामा माओवादी केन्द्रले आफनो संगठनलाई विस्तार गर्ने, देशमा भइरहेको केपी ओली प्रवृत्तिको अन्त्य गर्दै देशमा समृद्धि र सुशासनका निम्ति प्रदेश र स्थानीय तहसम्मका अराजकता र गलत क्रियाकलापको भण्डाफोर गर्दै प्रतिगमनकारी शक्तिलाई परास्त गर्नका निम्ति केन्द्रको विभिन्न दलबीच गठवन्धनलाई स्थानीय तहसम्म एकजुट बनाउँदै लैजानुपर्ने विषय सहित कार्यक्रम अगाडि बढाइएको नेकपा माओवादी केन्द्र जिल्ला सदस्य चन्द्र अर्यालले बताए ।
ढोरपाटन नगरपालिका वडा नं. १,२ र ३ मा कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं. १ र २ को बुर्तिबाङमा भएको कार्यक्रममा पार्टीका जेष्ठ सदस्य वीर बहादुर महतको अध्यक्षतामा आयोजित कार्यक्रमबाट वडा समितिको गठन गरिएको छ । वडा नं. १ मा लाल बहादुर घर्ति अध्यक्ष र इन्द्र मान वि.क. सचिव रहेको १९ सदस्य वडा समितिको गठन गरीएको छ । त्यस्तै वडा नं. २ मा जिवलाल कँडेल अध्यक्ष, थमबहादुर नेपाली सचिव रहेको २३ सदस्य वडा समितिको गठन गरिएको छ ।
पार्टी कार्यालयमा आयोजित कार्यक्रम जिल्ला सदस्य चन्द्रलाल अर्यालको प्रमुख आतिथ्यता, ढोरपाटन नगर कमिटी कार्यालय सचिव गोपाल महतको सञ्चानमा सम्पन्न भएको थियो ।
वडा नं. ३ मा डम्वर बहादुर सुनारको अध्यक्षतामा वडा भेला सम्पन्न भएको छ । भेलाले लेखत बहादुर कार्कीको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन गरिएको छ । कार्यक्रममा जिल्ला कमिटी सदस्य बलबहादुर सिर्पालीको अध्यक्षता सञ्चालन गठित समिति सचिव खिम बहादुर विकले गरेका थिए ।
यो बिषयमा तपाईको प्रतिकृया