महामारी नियन्त्रण र रोकथाम मेरो प्रतिवद्धता, मास्क लगाउनु नै आजको आवश्यकता भन्ने मुख्य नाराका साथ समुदाय–प्रहरी साझेधारीमा बागलुङमा पनि ‘नेपाल मास्क अभियान ’ सुरु भएको छ ।
अभियानमा मास्क लगाउयने उपाय, मास्क लगाउनुको महत्व तथा जनचेतना फैलाउने उद्देश्यले नेपाल मास्क अभियान सुरु भएको छ ।
सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न ‘नेपाल मास्क’ अभियान आइतबारदेखि सुरु गरेको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय बागलुङ, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागको टोलीले मास्कको उपयोगिताबारे जानकारी गराउँदै, सर्वसाधारणलाई अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सुझाव तथा मास्क नलाएकालाई मास्क वितरण गर्दै बागलुङ परिक्रममा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका कार्यालय प्रमुख कृष्ण बहादुर पल्ली मगरले जानकारी दिएका छन् ।
कोरोना महामारी बढ्दै गएको भएपनि सर्वसाधारण मास्क नलगाउने क्रम बढ्दै उनले बताए ।
उनले भने ‘ पछिल्लो समयमा कोरोना बिरामी दिनानुदिन बढ्दै गएका छन्, सर्वसाधारणबाट मास्क लगाउने क्रम घट्दै गएको छ । मास्क लगाउने नै अहिलेको मुख्य विकल्प रहेकोले सबैले मास्क लगाउनु पर्छ भन्ने उद्देश्यले बागलुङमा पनि नेपाल मास्क अभियान सुरु गरिएको छ ।’
अभियान २९ गतेसम्म सञ्चालन हुनेछ ।
यो बिषयमा तपाईको प्रतिकृया