विद्यामन्दिर पुस्तकालय बागलुङले गण्डकी प्रदेश सरकारका भुमी व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा सागरलाई बधाई तथा सम्मान गरेको छ । गण्डकी प्रदेश कै पुरानो पुस्तकालयको रुपमा रहेको उक्त पुस्तकालयले शनिबार एक कार्यक्रमका बिच बधाई तथा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै मन्त्री बुढाले धौलागिरी क्षेत्रको पहिचाहन र गरिमा बोकेको यस पुस्तकालयको विकासका निम्ती गण्डकी प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने बताए ।
उनले २००३ सालमा स्थापना भएको यस पुस्तकालयले शिक्षा क्षेत्रमा निकै महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । मन्त्री बुढाले प्रविधिको विकिास सँगै पुस्तकालयलाई पनि प्रविधि सँग निरन्तर जोडन आजको आवश्यकता रहेको बताए ।
कार्यक्रममा उपभोक्ता मञ्च बागलुङ अध्यक्ष एवं पुस्तकालयका सल्लाहकार शैलेन्द्र कुमार श्रेष्ठ लगायतले मन्त्री बुढालाई बधाई तथा सम्मान व्यक्त गरेका थिए । कार्यक्रम पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको स्वागत र सचिव रामचन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।
यो बिषयमा तपाईको प्रतिकृया