चर्चित गायक तथा संगितकार थानेश्वर गौतमको ‘फुर्के धागो २ ’ बोलको गीत सार्वजनिक भएको छ । गौतमले फुर्के धागो बोलको गीतको अपार सफलतापछि ‘फुर्के धागो २’ सार्वजनिक गरेका हुन् । गीतमा प्रभा बर्तौलाको शब्दमा रहेको गायक तथा संगीतकार थानेश्वर गौतम र शोभा गौतमको स्वर रहेको छ । संगीत गायक गौतमले नै संगित दिएका छन् ।
भुवन लामाको निर्देशन र उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा मुख्य अभिनय कलाकार अन्जली अधिकारी र नयन डिसीको रहेको छ । यस्तै गीत एरेन्जमा उदयराज पौडेलको,भिडियो सम्पादक वीरबहादुर थारु रहेको उक्त गीतमा मिडिया संयोजन उमेश थपलियाको रहेको छ ।
फुर्के धागो २ बोलको गीत र भिडियोले सम्पूर्ण दर्शक स्रोताको मन जित्ने निर्माण टिमले दाबी गरेको छ । कलाकारिता क्षेत्रमा गीतकार बर्तौला र गायक गौतमको सहकार्य उत्कृस्ट देखिन्छ । बर्तौलाको शब्द तथा गौतमको आवाज र संगीतमा रहेको ‘फुर्के धागो’, ‘छुट्नलाई पो रैछ क्या रे’ लगायत बोलका गीतको चर्चा गाउँदेखि सहरसम्म उत्तिकै छ ।
गायक गौतमले सालैजो, लोकगीत, रोईला, चलचित्र तथा आधुनीक र गजल गीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । भर्सटायल गाएक गौतमको फुर्के धागो २ जननी नेपाल युट्युव च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरिएको हो । गौतमका बाटो बन्द भो, गाईको बाच्छी भकारैमा, घुम्टे मुनी कौलेनी, धानको चुली, सिन्दुर लाउने हौलीमाया, लगायतका दर्जनौ गीतहरू दर्शकले अत्याधिक मन पराएका छन् ।
यो बिषयमा तपाईको प्रतिकृया