विविध कारणले स्थगत नभएको कोरोना विरुद्ध खोप लगाउने अभियान जिल्लामा पुन शुक्रबार देखी सुरु हुने भएको छ । स्वास्थ्य कार्यालय बागलुङले दिएको जानकारी अनुसार यहि साउन २२ गतेदेखि भेरोसेलको खोप लगाउन सुरु गरिने भएको छ ।
जिल्ला कोभिड खोप समन्वय समितिको निर्णय अनुसार ५५ वर्ष भन्दा माथीको उमेर समुह लगायतका लक्षित वर्गहरुलाई पहिलो मात्रा खोप पाएको २१ दिन पुगेको सबै व्यक्तिहरुलाई भेरोसेल खोप लगाईने स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाईजर राजु खत्रीले जानकारी दिए ।
भेरोसेल खोपको पहिलो मात्रा लगाएको खोप कार्ड सहित खोप केन्द्रमा गई जनस्वास्थ्यका मापदण्ड पालना गरि खोप सेवा प्राप्त गर्न सकिनेछ । खोप बागलुङ नगरपालिकाका रुद्रे पिपल माध्यामिक विद्यालय, बागलुङ नगरपालिका–२, कालिका कन्या मन्दिर माध्यामिक विद्यालय, वडा न. ३ को खोप केन्द्रमा साउन २२ गतेदेखि २६ गतेसम्म खोप सेवा सञ्चालन गरिनेछ ।
बागलुङ नगरकै सबै स्वास्थ्य चौकीहरुमा साउन २२ गते र २५ गते लगाईनेछ । जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकामा यहि साउन २४ र २५ गते लगाईने खत्रीले बताए । गलकोट नगरपालिका, ताराखोला गाउँपालिकामा यहि साउन २६ र २७ गते खोप लगाईनेछ । बरेङ गाउँपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकामा यहि साउन २८ र २९ गते खोप लगाईनेछ ।
भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेकालाई मात्र दोस्रो मात्रा लगाईनेछ । २१ दिन नपुगी दोस्रो डोज लगाउन बञ्चित भएका व्यक्तिहरुलाई आगामी भदौ ८ र ९ गते खोप लगाईनेछ । यसभन्दा पहिले दबाव आएको भन्दै साउन ११ गतेदेखि खोप सेवा स्थगित गरिएको थियो । बीचमा १५ गते पुनः एक दिन खोप सेवा सञ्चालन गरिए पनि निरन्तरता पाउन सकेको थिएन ।
यो बिषयमा तपाईको प्रतिकृया