मानिसहरु आफ्नो जन्मदिनको अवसर पारेर साथी भाई मिलेर पार्टी गर्र्नेे, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन् । तर बागलुङका दुई दाजुभाईले भने आफुहरुको जन्मदिनको अवसर पारेर स्वास्थ्य सामग्री वितरण गरेर मनाएका छन् ।
काठेखोला गाउँपालिका–६ का २४ वर्षीय सुरेन्द्र कँडेल तथा २० वर्षीय सागर कँडेलले जन्मदिनको अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ तथा बागलुङ प्रवेश गर्ने मुख्य नाकामा रहेको मालढुङ्गा चेकपोस्ट स्वास्थ्य सामग्री वितरण गरेको हुन ।
उनीहरुले जिल्ला प्रहरी कार्यालय बागलुङमा २० पोका मास्क, १० थान श्यानीटाईजर, ५ थान फेस सिल्ड सहयोग गरेका छन् । त्यस्तै, उनीहरुले सोही परिमाणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङमा हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख कृष्ण बहादुर पल्ली मगरले जन्मदिनको शुभकामना शहित अन्य युवाले पनि सो कामबाट पाठ सिक्नु पर्ने बताएका छन् । पछिल्लो समयमा युवा तथा युवतीहरु जन्मदिन मनाउने भनेर बिभिन्न बाहाना बनाएर पार्टी गर्ने तथा बिकृति भित्राउने क्रम बढ्दो भएकाले उहाँहरुबाट अन्य युवाहरुले पनि सिक्नु पर्ने बताएका छन् ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका कार्यालय प्रमुख बद्रिनाथ शर्माले धन्यबाद व्यक्त गर्दै पछिल्लो समयमा देखा परेको विकृति हटाउनुपर्ने बताएका छन ।
आफ्नो र आफ्नो भाईको जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नुभन्दा कोरोनाको कहरमा पनि सबै कुरा त्यागी फ्रन्टलाईनमा खटेर समाजमा शान्ति सुरक्षा स्थापित गर्न खटिने प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका सुरेन्द्र कँडेलले बताए ।
यो बिषयमा तपाईको प्रतिकृया