गण्डकी प्रदेश सरकारका पर्यटन, उधोग बाणिज्य तथा आपुर्ती मन्त्री मणिभद्र शर्मा कँडेलले शुक्रबार प्रधानमन्त्री शेरवहादुर देउवालाई भेट गरेका छन ।
भेटमा मन्त्री कँडेलले गण्डकी प्रदेशमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि तत्कालै कोभिडविरुद्धको खोपको ब्यवस्थापन गर्न माग गरेका छन ।
पर्यटकीय क्षेत्र रहेको गण्डकी प्रदेशमा सुस्ताएको पर्यटन व्यवसायलाई उचो बनाउन पर्यटन क्षेत्र र होटल व्यवसायीलाई तुरुन्त खोपको ब्यवस्थापन गर्न माग गरेको भेटमा सहभागी नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कडेलले जानकारी दिए ।
‘मन्त्री ज्यूले होटल तथा पर्यटन व्यवसायी र श्रमिकको सुरक्षाका लागि खोपको आवश्यकता औल्याउनु भएको छ । कंडेलले भने,– मन्त्री ज्यू र प्रधानमन्त्री बिच पोखरा शहरलाई कोभिडविरुद्धको खोपयुक्त शहर बनाउने कुरामा पनि छलफल भएको थियो । प्रदेश सरकारले पोखरालाई कोभिड विरुद्धको खोपयुक्त शहर बनाउने प्रयास सफल हुने विश्वास लिईएको छ ।’
प्रधानमन्त्री देउवाले शुक्रबार नै सिसिएमसीको वैठक राखी होटल तथा पर्यटन ब्यवसायी र त्यहाँ कार्यरत कर्मचारी र कामदारलाई खोपको व्यवस्था गरिने आश्वसान दिए ।
मन्त्री कँडेलले आफुले कार्यभार सम्हाल्दै भदौभित्रमा प्रदेशभित्रका सवै पर्यटन व्यवसायीलाई खोपको व्यवस्था गरिने घोषणा गरेका थिए । मन्त्री कँडेलले शुक्रवारै गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्र वहादुर कार्की र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसंग भेट गरेका हुन ।
यो बिषयमा तपाईको प्रतिकृया