बागलुङमा ६३ करोड विकास बजेट खर्च भएन

संगम घर्ती मगर संवाददाता: संगम घर्ती मगर
kolenika baglung

जिल्लामा विकास निर्माणका लागि आएको ६३ करोड बढि बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार बागलुङका विभीन्न कार्यालय र स्थानीय तहमा विकास बजेटको रुपमा विनीयोजन भएको ६३ करोड ३१ लाख ४५ हजार सात सय ८१ रुपैयाँ फ्रिज भएको हो । आर्थिक वर्ष २०७७÷०७८ का लागि जिल्लामा आएको पुँजीगत बजेटमा काम हुन नसकेपछि उक्त रकम फ्रिज भएको हो ।

गत आर्थिक वर्षमा बागलुङ जिल्लाका लागि संघीय सरकार मातहतका कार्यालयले कार्यसम्पादन गर्नेगरी एक अर्ब ७२ करोड एक लाख ७८ हजार ९ सय ८० रुपैयाँ विनीयोजन भएको थियो ।

विनीयोजित बजेटमध्ये ३४ करोड २४ लाख ६१ हजार नै सय ९० रुपैयाँ फ्रिज भएको छ । संघीय कार्यालयहरु अन्तर्गतको पुँजीगत खर्च ८०.०९ प्रतिशत मात्रै रहेको ज्ञानेन्द्रराज वझाले बताए । ‘संघीय कार्यालयहरुको समग्रमा ८७.०३ प्रतिशत प्रगति रहेको देखिन्छ, पँुजीगत खर्चमा ८०.०९ प्रतिशत प्रगतिलाई पनि राम्रो मान्न सकिन्छ,’ उनले भने ।

संघीय कार्यालय अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई भवनतर्फ ठूला रकम फ्रिज भएको छ । यो कार्यालयका लागि ७ करोड ८ लाख ५० हजार रुपैयाँ विनीयोजन भएकोमा जम्मा दुई करोड ६८ लाख १६ हजार चार सय ४३ रुपेैयाँ मात्रै खर्च भएको छ ।

सडक डिभीजन कार्यालय बागलुङ मार्फत योजना कार्यान्वयनका लागि ७४ करोड ६४ लाख ५० हजार विनीयोजन भएकोमा ५८ करोड ८३ लाख ५० हजार पाँच सय २७ रुपैयाँ मात्रै खर्च हुन सकेको छ । बडिगाड गाउँपालिकाका लागि एक करोड रुपैयाँ विनीयोजन भएकोमा ८६ लाख ६० हजार सात सय १८ रुपैयाँ खर्च भएको छ ।

बागलुङ नगरपालिकामा एक करोड ५० लाख ८० हजार विनीयोजन भएर आएकोमा एक कराड २४ लाख ८५ हजार ९ सय ५० रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङले जनाएको छ । जिल्ला आयोजना कार्यान्वयन ईकाईका लागि ८ करोड २८ लाख ६० हजार बजेट विनीयोजन भएकोमा ७ करोड ६४ लाख ४६ हजार ९१ रुपैयाँ खर्च गर्न सफल भएको छ ।

उच्च अदालत बागलुङका लागि चार करोड ६ लाख रुपैयाँ विनीयोजन भएकोमा ६ ला मात्रै खर्च भएर चार करोड रुपैयाँ फ्रिज भएको छ ।

ढोरपाटन शिकार आरक्ष कार्यालयका लागि एक करोड ९७ लाख ४० हजार बजेटमा एक करोड ९६ लाख ८४ हजार ३७ रुपैयाँ खर्च गरेको छ ।

जिल्ला कार्यान्वयन ईकाई शिक्षातर्फ ३३ करोड १५ लाख ५५ हजार ९ सय ८० रुपैयाँ विनीयोजन भएकोमा ३२ करोड एक लाख २० हजार ९ सय १६ रुपैयाँ खर्च भएको छ । सघन शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयमा २६ लाख ८९ लाख ३३ हजार विनीयोजन गरिएकोमा २२ करोड १४ लाख १३ हजार ३३ रुपैयाँ खर्च गरेको छ ।

नयाँ शहर आयोजना बुर्तिबाङका लागि ६ करोड ७ लाख ५० हजार रुपैयाँ विनीयोजन भएकोमा ५ करोड ८५ लाख १३ हजार नौ सय तीन रुपैयाँ खर्च गरेको छ । बरेङ गाउँपालिकाका लागि आएको एक करोड ३ लाख रुपैयाँ विनीयोजन भएकोमा १९ लाख ५६ हजार तीन सय १२ रुपैयाँ मात्र खर्च गरेको छ ।

प्रदेश सरकार अन्तर्गत कार्यालयबाट कार्यान्वयन हुनेगरी बागलुङमा विनीयोजन भएको पुँजीगत खर्चमा २९ करोड ६ लाख ८३ हजार सात सय ९१ रुपैयाँ खर्च भएको छ । प्रदेश कार्यालयका लागि दुई अर्ब ६ करोड ८९ लाख ८८ हजार रुपैयाँ विनीयोजन भएकोमा एक अर्ब ७७ करोड ८३ लाख चार हजार दुई सय ९ रुपैयाँ मात्रै खर्च भएको छ ।

खानेपानी तथा सरसफाई डिभीजन कार्यालयका लागि ७९ करोड १० लाख १० हजार विनीयोजन भएकोमा ७९ करोड चार लाख ६० हजार दुई सय ४८ खर्च गरेको छ । पूर्वाधार विकास कार्यालयका लागि ९३ करोड ९ लाख रुपैयाँ आएकोमा ७१ करोड ५४ लाख ३० हजार आठ सय ८६ रुपैयाँ खर्च भएको छ ।

जलस्रोत तथा सिंचाई विकास डिभीजन कार्यालयका लागि २० करोड ६ लाख एक हजार विनीयोजन भएकोमा १५ करोड ६६ लाख ७९ हजार पाँच सय १५ रुपैयाँ खर्च गरेको छ ।

धौलागिरि अञ्चल अस्पतालका लागि पाँच करोड ६० लाख ८० हजार रुपैयाँ बजेट विनीयोजन गरिएकोमा चार करोड २८ लाख ३६ हजार एक सय चार रुपैयाँ खर्च गर्न सफल भएको कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका सूचना अधिकारी दयाराम शर्माले बताए ।

कोरोनाको समस्याका बापजुद पनि बागलुङमा विकास बजेटको खर्च राम्रो देखिएको प्रमुख कोष नियन्त्रक वझा बताउँछन् ।

‘अनावश्यक ठाउँमा बजेट राख्ने र खर्च नहुने समस्या देखिन्थ्यो, बागलुङमा खर्च हुने ठाउँमा बजेट राखेको भएर पनि यस्तो हुनसक्छ,’ उनले भने,‘कोरोनाको समयमा पनि ८० प्रतिशत पुँजीगत खर्चलाई राम्रो रुपमा लिनुपर्छ ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal