नेपाल मानव अधिकार संगठन बागलुङले कोरोना संक्रमित बिरामीका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । बागलुङ नगरपालिका १४ नारायणस्थानमा संक्रमण दर बढेपछि संगठनले मास्क, औषधी र सरसफाइका लागि साबुन सहयोग गरेको अध्यक्ष लक्ष्मीदेवी जिसीले बताइन् ।
संक्रमितले खाने जिंक, मल्टी भिटामिन, भिटामिन सी र एजिथ्रोमाइजिन १ सय जनालाई पुग्ने औषधी समेत दिइएको हो । उनीहरुलाई चाहिने ३ सय थान मास्क र १ सय २० थान हातधुने साबुन दिइएको हो ।
अध्यक्ष जिसीले ती सामाग्री बुधवार नारायणस्थान स्वास्थ्य चौकीका उपाध्यक्ष कमलकुमार जिसीलाई हस्तान्तरण गरिन् ।
यो बिषयमा तपाईको प्रतिकृया