बागलुङमा कोरोना विरुद्धको खोप ५१ हजारले लगाए झण्डै एक लाख नागरिक बाँकी

मापदण्ड नआएपछि खोप लगाउन स्थगित

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
dr diwakar

विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) विरुद्धको नागरिकलाई खोप लगाउने अभियान बागलुङमा तीब्र बनाईएको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार मंगलबारसम्म ५१ हजार ६ सय २३ नागरिकले कोरोना विरुद्धको खोप लगाई सकेका छन । जिल्लामा कुल ७६ हजार ८ सय ५५ खोप आएकोमा ५९ हजार ३ सय ६६ डोज खर्च भएको छ । जसमा खोप प्राप्त गरेका ५१ हजार ६ सय २३ नागरिक रहेको कार्यालयका खोप सुपरभाईजर राजु खत्रीले जानकारी दिए ।

जसमा कोभिडशिल्ड खोप दुई डोज नै लगाएका १८ हजार ९ सय ८७ रहेका छन् भने पहिलो मात्रै लगाएका १४ हजार ५ सय ४० जनालाई दोस्रो डोज खोप लगाउन बाँकी रहेको छ । त्यसैगरी २२ हजार ८ सय ५२ ले भेरोसेल पहिलो लगाएका छन् भने १८ हजार ९ सय ८२ ले दोस्रो डोज लगाउन बाँकी रहेको छ ।

जिल्लामा पछिल्लो समय आएको अमेरिकन खोप जोन्सोन एण्ड जोन्सोन १२ हजार ६० डोज आएको थियो । जसमा १० हजार ६ सय ३४ जना नागरिकले लगाई सकेको खत्रीले बताए । जिल्लामा १८ वर्ष भन्दा माथिका झण्डै १ लाख नागरिक खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

१४ हजार नागरिक कोभिशिल्डको दोस्रो डोज लगाउन बाँकी
भारतबाट नेपालमै पहिलो पटक भित्रिएको कोभिशिल्ड खोप पछिल्लो समय आयात नुहँदा १४ हजार नागरिकलाई दोस्रो डोज लगाउन बाँकी रहेको छ । उक्त खोप केही मात्रामा भित्रिने र एस्ट्राजेनेका खोपलाई दोस्रो डोजको रुपमा लगाउने तयारी रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए ।

पहिलो पटक आएको खोप स्वास्थ्यकर्मी, सुरक्षकर्मी लगायतलाई दुई डोज नै कोभिशिल्ड लगाइए पनि ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप नआउँदा दोस्रो डोज लगाउन बाँकी रहेको गुरौले बताए । पहिलो फ्रण्टलाईनमा खटिनेले दुबै डोज लगाउन भ्याउनुभयो गुरौले भने,–‘दोस्रो चरणमा आएको खोप जेष्ठ नागरिकका लागि लगाएका थियौं । त्यो दोस्रो डोज लगाउन सकिएको छैन । अहिले केहीमात्रमा कोभिशिल्ड खोप आयातगर्ने र नपुगेकालाई सोही स्ट्राजेनेका खोप लगाउने तयारी छ ।’

असोज सम्म सबै नागरिकलाई खोप
असोज महिनासम्म सबै नागरिकलाई खोप लगाउने गरी स्वास्थ्य मन्त्रालयले जानकारी गराएको र जिल्लामा पनि खोप आएमा सबै नागरिक समक्ष पु¥याउने लक्ष्य रेहको गुरौले बताए । जिल्लामा खोप केन्द्र व्यवस्थित नभएको र पहुँचका आधारमा लक्षित वर्ग भन्दा बाहिरकाले पनि खोप लगाएको गुनासो आएको थियो ।

स्वास्थ्य कार्यालयले सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाउने र स्थानीय तहले लक्षित समुहलाई आवश्यक व्यवस्थापन गरी खोप लगाएको छ । खोप केन्द्रमा अनावश्यक भिडभाड भएकोप्रति पनि सर्वसाधारणको गुनासो रहेको थियो । अबको केही समयमा सबै नागरिकले खोप पाउने हुँदा आम नागरिकलाई अनावश्यक रुपमा स्वास्थ्यकर्मीलाई दबाव दिएर पहुँचका आधारमा खोप नलिनका समेत आग्रह गरिएको बताए । १८ वर्ष देखि माथिका सबै नागरिकका लागि खोप लगाउने कार्यक्रम रहेको हुँदा सबै नागरिकलाई पालैपालो सरकारले खोप प्रदान गर्ने बताएको छ ।

जिल्लामा १० वटै स्थानीय तहका ७० बढि खोप केन्द्रबाट खोप सञ्चालन गर्दै आएको छ । स्वास्थ्य कार्यालयले निरन्तरको वर्षातका कारण विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा समेत सबै खोप केन्द्रमा खोप पु¥याउँदै आएको छ । खोप सुपरभाईजर खत्रीका अनुसार खोपको कोल्डचेन व्यवस्थापन गर्नुपर्ने हुँदा खोप केन्द्रसम्म सप्लाई गर्नका लागि कठिनाई भएको बताए । खत्रीका अनुसार अहिले सवै स्वास्थ्य संस्था र कोल्डचेन सेन्टरमा खोपलाई व्यवस्थापन गरिएको छ ।

मापदण्ड नतोकिएपछि खोप लगाउन स्थगित
बागलुङमा जारी रहेको कोभिड–१९ विरुद्धको खोप अभियान स्थगन भएको छ । मन्त्रालयबाट खोपको लागि लक्षित वर्ग नतोकेको कारण खोप मन्त्रालयको निर्देशन नआएसम्मको लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाईजर राजु खत्रीले जानकारी दिएका छन् । हाल नेपाल सरकारले निर्देशन दिएको लक्षित वर्गलाई करिब–करिब खोप लगाई सकिएको उनले बताए । हाल नेपाल सरकारले तोकेको लक्षित वर्गका कोहि छुटेका व्यक्ति आएमा खोप लगाईने उनले जानकारी दिए ।

नेपाल सरकारले लक्षित गरेका करिब करिब सबैले खोप लिएको र अर्को लक्षित वर्ग नेपाल सरकारले तोकी नसकेकाले खोप लगाउन नसकिएको उनले बताए । खत्री भन्छन्, ‘नेपाल सरकारले तोकेको प्रोटोेकल अनुसार प्रायः ठाउँमा कोरोना विरुद्धका खोपहरु लगाई सकिईएको छ । केहि बाँकी रहेका ठाउँमा खोप अभियान निरन्तर चलिरहेको छ । हामीसंग अहिले करिब १४ हजार डोज बाँकी रहेको छ । तर, नेपाल सरकारले अब बाँकी रहेको कोभिड खोप कुन वर्गलाई दिने भनेर निर्णय गरिसकेको छैन । अब नेपाल सरकारले कुन वर्गलाई खोप दिने हो । सो प्रोटोकल नदिएसम्म खोप लगाउन सकिने अवस्था छैन ।’

नेपाल सरकारबाट नयाँ लक्षित वर्ग तोकिएको खण्डमा पुनः खोप सुचारु हुने खत्रीले जानाकारी दिए । स्वास्थ्य कार्यालय बागलुङसंग अहिले करिब १४ हजार डोज खोप बाँकी रहेको छ । बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका केहि स्थानमा कोरोना खोप लगाउन बाँकी रहेकाले उक्त स्थानमा खोप लगाउने कार्यक्रम चलिरहेको छ । जिल्लाका पश्चिम क्षेत्रका केहि भेगमा पनि कोरोना खोप अभियान चलिरहेको स्वास्थ्य कार्यालय बागलुङले जानकारी दिएको छ ।

यता जिल्ला प्रशासन कार्यालय बागलुङले भने आफै निर्णय गरेर लक्षित वर्ग तोक्न नमिल्ने बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले मुक्तिक्षेत्र दैनिकसंग कुरा गर्दै कुन वर्गलाई खोप दिने भनेर निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई अधिकार नभएको बताएका छन् । स्वास्थ्य मन्त्रालयले यस विषयमा प्राटोकल बनाउने र सो अनुरुप स्वास्थ्य कार्यालयले काम गर्ने उनले बताए ।

उनले भने,‘जिल्लामा अहिले पर्याप्त मात्रामा खोप रहेको भए पनि आफै निर्णय गरेर लक्षित वर्ग तोक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई रहेको छैन। ’ तथापी सो विषयमा स्वास्थ्य मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशानलय मा सहजीकरण गर्न सकिने पौडेलले बताए । ‘हामी आफैले निर्णय गर्ने अधिकार नभएकोले स्वास्थ्य मन्त्रालयको निर्णय बधबारसम्मलाई कुर्छौं, बुधबारसम्म पनि कुल वर्गलाई खोप दिने निश्चित नभएको खण्डमा हामी आफै मन्त्रालयसंग कुरा गरेर सहजीकरण गछौँँ,’ उनले भने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal