चाँडो नागरिकलाई खोप दिएर वाताबरण सहज बनाउने राजमोको आग्रह

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
rajamo

राष्ट्रिय जनमोर्चा बागलुङले समसामयिक विषयमा ६ बुँदे निर्णय गरेको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङका कार्यवाहक अध्यक्ष धर्मबहादुर कँुवरको अध्यक्षतामा भएको बैठले कोभिड १९ को दोश्रो लहर र सम्भावित तेश्रो लहरबाट बच्न बचाउन चेतनामूलक कार्यक्रमहरु जनस्तरसम्म पु¥याउने निर्णय गरेको छ ।

बैठकले कोभिड विरुद्धको खोप जतिसक्यो चाडो आम नागरिकलाई पु¥याएर वातावरणलाई सहज बनाउन समेत सरकारसंग माग गरेको छ । पहिरोबाट जिल्लाको विभिन्न भूभागमा भएको र हुनसक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै विपत्तमा परेका नागरिकको उद्दार तथा राहत र सार्वजनिक सम्पत्तिको संरक्षणमा जुट्न पार्टी कार्यकर्ता र आम नागरिकमा राष्ट्रिय जनमोर्चाले अपिल गरेको छ ।

सर्वोच्चको फैसलासँगै ओली सरकारको बहिरगमनपछि देशको पछिल्लो राजनीतिक घटनाक्रममा केही सुधार आएको भएता पनि जनताका दैनिक जनजीवन र जनजिविकामा कुनै सुधार आउन सक्ने सम्भावना नभएको संसदको पुर्नस्थापनासँग संसदबाट एमसीसी जस्तो राष्ट्रघाति सम्झौता, जघन्य अपराधका आरोपीलाई आम माफी, नागरिकता विधेयकको संशोधन जस्ता राष्ट्रिय हित विपरितका विषयको प्रवेशको सम्भावना पनि उत्तिकै रहेकाले संविधानका महत्वपूर्ण उपलब्धीको रक्षा, राष्ट्रियता र जनजिविकाको पक्षमा पार्टीले चलाएको संघर्षलाई निरन्तरता दिने पनि जनमोर्चाले निर्णय गरेको छ ।

बैठकले ढोरपाटन शिकार आरक्षणको मध्यवर्ती क्षेत्र (बफर जोन) निर्धारण गर्ने क्रममा स्थानीय जनताको भोगाधिकारमाथि प्रत्यक्ष असर पर्नेगरी चौकिल्ला तोक्ने कार्यको विरोध गर्दै स्थानीय जनताको माग बमोजिम उनीहरुसँग सहकार्य र सहमतिमा मध्यवर्ती क्षेत्रको कार्य अगाडि बढाउन बैठकले जोडदार माग गर्दै यथास्थितिमा मध्यवर्ती क्षेत्रको कार्य रोक्न समेत ध्यानाकर्षण गराईन्छ ।

बैठकले कोभिड १९ को अप्ठेरो परिस्थितिबाट फाईदा उठाई जनजीवनलाई असर पर्ने गरी उत्पन्न गराईएको कृत्तिम अभाव, महंगी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, कालोबजारीको नियन्त्रण गर्न नियमित अनुगमनको लागि स्थानीय प्रशासनकालाई आग्रह समेत गरेको छ ।

जनमोर्चाको बैठकले मध्यपाहाडि लोकमार्ग, बागलुङ–कुश्मीसेरा–बरेङ सडक, बुर्तिवाङ–ढोरपाटन सडक, कालिगण्डकी कोरिडोर सहित जिल्लाका महत्वपूर्ण भू–भाग जोड्ने मुख्य सडकहरु बाढी पहिरोको कारण र निर्माण गर्ने कम्पनीको ढिलासुस्ती र लाप्रवाहीका कारण अस्तव्यस्त रहेको र जसको कारण दैनिक उपभोग्य वस्तुको आयात निर्यातमा मात्र होईन, विरामीको उपचारका लागि समेत अप्ठेरो परेकाले ती सडकहरुको तत्काल मर्मत र काममा ढिलासुस्ती गर्ने कम्पनीलाई कार्वाहीका लागि सम्बन्धित पक्षलाई ध्यानाकर्षण समेत गराएको छ ।

मिति ः २०७८।०४।११ गते
बक्तव्य
राष्ट्रिय जनमोर्चा, जिल्ला समिति, बागलुङको बैठक मिति २०७८ साउन १० गते कार्यवाहक अध्यक्ष धर्म बहादुर कुँवरको अध्यक्षता र केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाको विशेष उपस्थितिमा बागलुङ बजारमा सम्पन्न भयो । जसले गरेका निर्णयहरु सार्वजनिक गर्न यो बक्तव्य जारी गरिएको छ ।

१. बैठकबाट कोभिड १९ को दोश्रो लहर र सम्भावित तेश्रो लहरबाट बच्न बचाउन चेतनामूलक कार्यक्रमहरु जनस्तरसम्म पु¥याउने र कोभिडका कारण दुःखद निधन हुन पुगेका पार्टी कार्यकर्ता र आम नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिन्छ । साथै कोभिडबाट संक्रमित भै उपचारत पार्टी कार्यकर्ता र आम नागरिकको सिघ्र स्वास्थ्य लाभको कामना गरिन्छ । सरकारले कोभिड विरुद्धको खोप जतिसक्यो चाडो आम नागरिकलाई पु¥याएर वातावरणलाई सहज बनाउन समेत माग गरिन्छ ।

२. बैठकबाट बाढी पहिरोबाट जिल्लाको विभिन्न भूभागमा भएको र हुनसक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै विपत्तमा परेका नागरिकको उद्दार तथा राहत र सार्वजनिक सम्पत्तिको संरक्षणमा जुट्न पार्टी कार्यकर्ता र आम नागरिकमा अनुरोध गरिन्छ ।

३. सर्वोच्चको फैसलासँगै ओली सरकारको बहिरगमनपछि देशको पछिल्लो राजनीतिक घटनाक्रममा केही सुधार आएको भएता पनि जनताका दैनिक जनजिवन र जनजिविकामा कुनै सुधार आउन सक्ने सम्भावना छैन । संसदको पुर्नस्थापनासँग संसदबाट ःऋऋ जस्तो राष्ट्रघाति सम्झौता, जघन्य अपराधका आरोपीलाई आम माफी, नागरिकता विधेयकको संशोधन जस्ता राष्ट्रिय हित विपरितका विषयको प्रवेशको सम्भावना पनि उत्तिकै रहेको छ । त्यसैले संविधानका महत्वपूर्ण उपलब्धीको रक्षा, राष्ट्रियता र जनजिविकाको पक्षमा हामीले चलाइएको संघर्षलाई थप निरन्तरता दिन बैठकले जोड दिएको छ ।

४. ढोरपाटन शिकार आरक्षणको मध्यवर्ती क्षेत्र (बफर जोन) निर्धारण गर्ने क्रममा स्थानीय जनताको भोगाधिकारमाथि प्रत्यक्ष असर पर्ने गरी चौकिल्ला तोक्ने कार्यको विरोध गर्दै स्थानीय जनताको माग बमोजिम उनीहरुसँग सहकार्य र सहमतिमा मध्यवर्ती क्षेत्रको कार्य अगाडि बढाउन बैठकले जोडदार माग गर्दछ । साथै यथास्थितिमा मध्यवर्ती क्षेत्रको कार्य रोक्न समेत ध्यानाक्रर्षण गराईन्छ ।

५. कोभिड १९ को अप्ठेरो परिस्थितिबाट फाईदा उठाई जनजीवनलाई असर पर्ने गरी उत्पन्न गराईएको कृत्तिम अभाव, महंगी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, कालोबजारीको विरोध गर्नुका साथै त्यसको नियन्त्रण गर्न नियमित अनुगमनको लागि स्थानीय प्रशासनको ध्यानाक्रर्षण गराईन्छ ।

६. मध्यपाहाडि लोकमार्ग, बागलुङ–कुश्मीसेरा–बरेङ सडक, बुर्तिवाङ–ढोरपाटन सडक, कालिगण्डकी कोरिडोर सहित जिल्लाका महत्वपूर्ण भू–भाग जोड्ने मुख्य सडकहरु बाढी पहिरोको कारण र निर्माण गर्ने कम्पनीको ढिलासुस्ती र लाप्रवाहीका कारण अस्तव्यस्त रहेको छ । जसको कारण दैनिक उपभोग्य बस्तुको आयात निर्यातमा मात्र होईन, विरामीको उपचारका लागि समेत अप्ठेरो परेकाले ती सडकहरुको तत्काल मर्मत र काममा ढिलासुस्ती गर्ने कम्पनीलाई कार्वाहीका लागि सम्बन्धित निकायको ध्यानाक्रर्षण गराईन्छ ।

धर्मबहाुदर कुँवर
कार्यवाहक अध्यक्ष
राष्ट्रिय जनमोर्चा
जिल्ला समिति, बागलुङ

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal