पुष्पलाल र कम्युनिष्ट पार्टी

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
बेमौसमी नागरिकता अध्यादेश

नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने श्रेय स्वर्गीय पुष्पलाल श्रेष्ठलाई जान्छ । नेपालका चार सहिदहरु मध्ये गंगालाल श्रेष्ठका माईला भाई भएका कारण पनि उनमा राजनीतिक चेतना थियो । गंगालाल श्रेष्ठलाई धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीसंगै तत्कालिन राणा शासनले फाँसी दिएको थियो । राजनीतिक चेतकै कारण उनीहरुको हत्या भएको थियो । लामो समयदेखि जहानियाँ राणा शासन राणा शासन विरुद्ध सचेत युवाहरुले विद्रोहको तयारी गर्दै गर्दा पुष्पलालका जेठा दाजु गंगालाल श्रेष्ठ मारिएपछि पुष्पलामा थप विद्रोहको ज्वाला दन्केको हुनुपर्छ ।

१०९७ सालमा गंगालाललाई फाँसी दिनु अगाडी भद्रगोल जेलमा परिवारले भेट्न गएको बेला पुष्पलाललाई ‘माईला मैले प्रजातन्त्रका लागि बालेको दियोलाई तैले प्रज्वलित पार्नेछस्’ भनेर भनेका थिए भन्ने इतिहासमा पढ्न पाईन्छ । यही कारण उनको राजनीतिमा प्रवेश भएको मान्ने गरिन्छ । कुनै समय पुष्पलाल वीपी कोईराला संगसंगै थिए । पछि २००६ सालमा पुष्पलालले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरे । कम्युनिष्ट विचार र सिद्धान्त भित्र्याए ।

पुष्पलाले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गरेर माओ र माक्र्सवादी विचारधारालाई प्रवेश गराए पनि उनको नेपाली जीवनशैली र वस्तुस्थीतिको तथ्य परक विश्लेषण गरेका थिए । भौतिकवादी विश्लेषणमा नेपालको माटो सुहाउँदो राजनीतिक विचारधारा उनले अबलम्बन गरेका थिए । अहिले पुष्पलालले स्थापना गरेका कम्युनिष्ट पार्टीहरु धेरै संख्यामा नेपालमा क्रियाशील छन् । उनकै जगमा स्थापना भएको कम्युनिष्ट पार्टी टुट्दै फुट्दै विभीन्न नाममा पसल थापेर बसेका छन् ।

पुष्पलालले पार्टी स्थापना गरेर संघर्ष कालमै आफ्नो जीवन उत्सर्ग गरे । उनले सहज अवस्थामा राजनीति गर्ने मौका पाएनन् । उनका अनुयायी भनिएकाहरु व्यक्तिगत स्वार्थमा लागेर विभाजित मात्र भैरहे । लामो नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको करिब ७० वर्षको अवधिमा पहिलो पटक नपालमा कम्यनिष्ट पार्टीले पूर्ण बहुमतको सरकार पनि बनायो । तर फेरी पार्टी भित्रैको अन्तर कलहका कारण अहिले सत्ता गुमाउन मात्रै पुगेको छैन । कम्युनिष्ट पार्टीहरु पनि छन्नभिन्न हुने अवस्थामा पुगेका छन् ।

एकले अर्कोको अस्तीत्व नस्वीकार्दा एकता भैसकेको एमाले र माओवादी केन्द्र अदालतको आदेशबाट अहिले भिन्दा भिन्दै भएका छन् । नेकपा एमाले भित्रै पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीचका टसल कम हुने संकेत देखिएको छ । पार्टीको भित्रको अन्तरसंघर्षले गर्दा माधव नेपाल पक्षका २२ जना सांसद नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि अब अर्को निर्वाचनसम्मका लागि कम्युनिष्टको हातबाट सत्ता बाहिरिएको छ ।

लामो समयसम्म सत्ताको नेतृत्वमा पूर्ण बहुमतका साथ नपुगेका कारण जनताको सेवा गर्न र देशमा विकास गर्न नपाएको बताउँदै आएका कम्युनिष्ट पार्टीले अब त्यो नारा सदाका लागि गुमाएका छन् । प्रचण्ड बहुमतको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको अहमताका कारण देश संकटमा परेको छ र त्यही संकटमा नेपालका कम्युनिष्ट पार्टीहरु पनि परेका छन् र सबैभन्दा धेरै संकटमा नेकपा एमाले परेको छ ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका सबैलाई आममाफी भनेर पार्टी एकता गर्न चाहेको भन्ने सन्देश दिएका छन् । तर दिवसकै अवसरको अर्को कार्यक्रममा वरिष्ठ नेता माधव नेपालले अपमान सहेर पार्टीमा बसिरहन नसक्ने बताएका छन् ।

अहिलको नेकपा एमालेको अवस्था हेर्दा एमाले फुट्नका लागि तयार रहेको देखिन्छ तर पार्टी फुटाएको आरोप आफ्नो टाउकोमा नआओस् भनेर चोखिन चाहेको देखिन्छ । नेताहरुमा देशको हित भन्दा आफ्नो स्वार्थ र कुण्ठा बढि देखिन्छ । अहिलेका कम्युनिष्ट नेता कार्यकर्ताहरु पनि अहिले सामन्ती जस्ता देखिन थालेका छन् ।

नेता कार्यकर्तामा अहिले व्यक्तिवादी सोंच हाबी भएको छ । के साँच्चै पुष्पलालले कम्युनिष्ट पार्टी र नेता कार्यकर्ता अहिलेको जस्तै होलान् भनेर कल्पना गरेका थिए होलान् ? आफुलाई कम्युनिष्ट नेता कार्यकर्ता भन्नेहरु एक पटक छातिमा हात राखेर सोच्नुपर्ने बेला भएको छ । गम्भीर भएर समीक्षा गर्न ढिलो गर्नुहन्न ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal