बागलुङका चन्द्रबहादुर बुढा सागर गण्डकी प्रदेश सरकारमा मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका सांसद चन्द्रबहादुर बुढा कृष्णचन्द्र पोख्रेल नेपाली नेतृत्वको सरकारमा मन्त्री बन्न लागेका हुन् ।
माओवादीले बुढा सहित रामजी बराल र दीपक चर्तीलाई सरकारमा पठाउने निर्णय गरेको छ । बागलुङ ताराखोला गाउँपालिकाका बुढा बागलुङ क्षेत्र नम्बर २ प्रदेश क बाट गण्डकी प्रदेश सभामा निर्वाचित भएका थिए ।
पार्टीमा इमान्दार र त्यागी नेताको छबि बनाएका बुढा सांसद बनेपछि विगतमा पनि मन्त्र िबन्नयोग्य पात्र भएको चर्चा हुने गरेका थियो । यस पटक मन्त्री हुने मौका पाएका बुढाले कृषि मन्त्रालय सम्हाल्ने बताईएको छ ।
माओवादी केन्द्रबाट यसअघि नै मधुमाया अधिकारी गुरुङ मन्त्री बनेकी छिन् । उनले अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा छिन् । अहिले गण्डकीमा कुमार खड्काले शिक्षा विज्ञान तथा प्रविधि र सामाजिक विकास, जसपाका हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ र दीपक मनाङेले युवा तथा खेलकुद मन्त्रालय सम्हालिरहेका छन् ।
अब कांग्रेसले मन्त्री बन्नेको नाम टुंगो लगाएपछि गण्डकी सरकारले पूर्णता पाउनेछ । कांग्रेसले कानुन, सञ्चार तथा प्रदेश सभा मामिला, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ती र भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था र वन, वातावरण तथा भू संरक्षण मन्त्रालय पाउने भएको छ । मन्त्रिपरिषद् पूर्णता सँगैमन्त्रालय हेरेफेर पनि हुने भएको छ ।
यो बिषयमा तपाईको प्रतिकृया