कालोपत्रे भएको एक महिना नबित्दै भत्कियो सडक

राजन रेग्मी संवाददाता: राजन रेग्मी
campus road bato

जिल्लाको बागलुङ नगरपालिका –२ क्याम्पस रोडमा करिब एक महिना अगाडि कालोपत्रे गरिएको सडक उक्किएको छ । केहि समय अगासड बागलुङको आर.एस निर्माण सेवाले गरेको कालोपत्रे उक्किएको स्थानीयले गुनासो गरेका छन् । बागलुङ नगरपालिकाले असार मसान्तमा हतार हतार गरेको कालोपत्रेको एक महिना नबित्दै खाल्डा खुल्डी परेको स्थानीयले गुनासो गरे ।

२०७७ फागुन २३ गत आर.एस. निर्माण सेवाले १५ लाख रुपैँयामा १६० मिटर सडक स्तरोन्नती र नाली निर्माणसंगै कालोपत्रेको जिम्मा पाएको थियो ।

बागलुङ नगरपालिकाका नगर प्रमुख जनक राज पौडेल, बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष जीवन आचार्य तथा नगरपालिकाका योजना अधिकृत तथा सूचना अधिकारी युक्त प्रसाद सुवेदी लगायतका जनप्रतिनिधि तथा ठूलो पदमा रहेका कर्मचारी समेत दिनहुँ सोही बाटो हिँड्ने गरेको भए पनि कसैलाई निर्माण गरेको एक महिना नबित्दै बनेका सडकमा खाल्डा खुल्डी तथा पानी जमेको देखेर पनि नदेखेझै गरेको स्थानीय जीवननाथ शर्माले बताए ।

बागलुङ नगरपालिकाले चोक सुधार अभियान अन्र्तगत बागलुङ नगरपालिका –२ गोल्डेन गेटदेखि सोही वडाकै क्याम्पस गेटसम्मको जीर्ण सडक स्तरोन्नतीसंगै कालोपत्रे गरिएकोमा उक्त सडकमा गरिएको कालोपत्रे उक्किनु साथै खाल्डाखुल्डीमा पानी समेत जमेको छ । ‘यो केहि समय अगाडि बनेको बाटोको दर्दानाक अवस्था छ ।

बागलुङ नगरपालिकाका सबैभन्दा पहुँचवाला व्यक्तिहरु यही बाटो भएर हिँड्छन्,’ उनले भने,‘दिनको पटकौ पटक हिँड्ने पहुँचवालाहरुले यो सडकको अवस्था हेदैनन् । उहाँहरुको क्वाटर यही नजिकै छ, तर खै उहाँहरुले नदेख्नु भएको होकी नदेखेझै गर्नु भएको हो ।

पहुँचवाला व्यक्तिहरुको क्वाटर नजिकै घर नजिकैको अवश्था त यस्तो छ भने टाढा–टाढाका बाटोको अवस्था कस्तो होला ? उहाँहरुको प्रत्यक्ष निगरानीमा नभएका सडकहरुको अवस्था कस्तो होला ?’

उक्त बाटो वर्षमा एक पटक कालोपत्रे हुने गरेको र पहिले पनि कालोपत्रे भएको केहि समयमै बिग्रने गरेको स्थानीयहरुलको भनाई छ । उक्त चोकमा बस्ने व्यक्तिहरुले सडकको अवस्था देखेर स्थानीयले आफै रकम उठाई गिठी बालुवा लगायतको सामान आफै किनेर ल्याएर कालोपत्रेपछि बनेका खाल्डा खुल्डी पुर्ने काम गरेका छन् ।

पहुँचवाला नै दिनहुँ हिँड्ने उक्त सडककै अवस्था यस्तो हुँदा समेत यसलाई सुधार गर्ने गराउनेतर्फ ध्यान नगएको नगरबासीको गुनासो छ ।

बागलुङ नगरपालिका वडा नम्बर २ धौलागिरि क्याम्पसको मुख्य चोकको अति व्यस्त रहने सडक कालोपत्रे गरेको एक महिना पनि नबित्दै सडकमा खाल्डाखुल्डी पर्नुका साथै सडक हिलाम्मे भएको नगरबासी अभिषेक कटुवालले बताए । उनले भने ‘यो बाटो राम्रो हुनुपर्ने थियो, तर कालोपत्रे भएको केहि समयमै बाटोमा बिजोग देखियो । यस्तो हुन गलत हो । ठेकेदार कम्पनीले तत्काल सच्याउन जरुरी देखिन्छ । ’

विकासको नाममा बर्खा सुरु भएपछि असारमा जथाभावी रूपमा सडक कालोपत्रे गर्ने तर त्यसको राम्रोसँग अनुगमन नहुने गरेको कारणले यो व्यस्त सडक प्रत्येक वर्ष समस्या देखिने गरेको पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेलले बताए । उनले भने ‘एक महिना पनि नटिक्ने कालोपत्रे भएको छ ।

campus road

यसले गर्दा यस सडकबाट आवत जावत गर्ने सवारी साधन तथा यहाँका स्थानीयलाई निकै सास्ती भएको छ । यस बिषयमा सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने हो तर ध्यान नदिएको पाईयो । अनुगमनलाई कडा बनाउनुपर्ने देखिन्छ ।’

स्थानीय सुदिप सागर कँडेल भन्छन्,‘सरासर यो कालोपत्रे हेर्दा सरासर पैसा पचाउने काम भएको देखिन्छ । सरोकारवाला निकाय मौन देखिँदा सरासर हेर्दा पैसा पचाउनको लागि मात्र काम गरेको देखिन्छ । हैन भने खै अनुगमन ? खै पानी सहज तरिकाले नबगेर सडकमै रहदा बनाएको ?’ काम भैसकेकोपछि कडा अनुगमन हुनुपर्ने उनको भनाई थियो ।

‘ठेकेदार कम्पनीलाई काम गर्न दिने, अनुगमन नगर्ने र हचुवाको भरमा काम मुल्याङ्कन गर्ने काम भैरहेको छ,’ स्थानीय थानेन्द्र गौतमले भने,‘यस्तो गर्नु सरासर गलत हो । ठेक्का दिईसकेपछि अनुगमन राम्रोसंग गरिनुपर्छ । हचुवाको भरमा मुल्याङ्कन गर्नु भएन ।’

बागलुङ नगरपालिकाले बागलुङ बजार क्षेत्र भित्र भत्किएका बिग्रिएका सडक मर्मत संभार र सुधार गर्ने जिम्मेवारी ठेकेदार कम्पनीलाई दिएको बिग्रेको सडक पुन निर्माण गरेपछि मात्रै भुक्तानी पाउने बागलुङ नगरपालिकाका नगर प्रमुख जनक पौडेलले बताए ।

‘सामान्यतया इन्जिनियरले अनुगमन गर्नु भएको हो । लेबल नमिलेको देखेपछि ठेकेदार तथा ईन्जिनियरलाई मैले निर्देशन दिईसकेको छु । सडकको सुधार नभएसम्म रकम भुक्तानी हुँदैन,’ पौडेलले भने । निर्माणको जिम्मा लिने असारको अन्तिम समयमा हतार हतार काम गर्ने प्रवृत्तिले गर्दा विकास निर्माणका कामहरुको दुर्गती भएको देखिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal