पाण्डवखानीको सिद्धथानदेखि घुम्टे जोड्ने पद मार्ग निर्माण

सुरेश छन्त्याल संवाददाता: सुरेश छन्त्याल
ghumte padmarga

जिल्लाको गलकोट नगरपालिका—१० पाण्डवखानीको सिद्धथानदेखि बागलुङ जिल्लाकै प्रसिद्ध धार्मिक स्थल घुम्टे जाने बाटो पद मार्गमा जोडिएको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गलकोट नगरपालिकाबाट विनीयोजित आर्थिक वर्ष ०७८÷७९ को बजेट ५ लाख ६७ हजार रकमबाट ४५५ मिटर सोलिङ र ३५० मिटर सिंडी गरी जम्मा ८ सय मिटर पद मार्ग निर्माण भएको निर्माण समितिका अध्यक्ष गंगबहादुर काउचाले जानकारी दिए ।

५० हजार बराबरको श्रमदान भएको पदमार्ग निर्माण कार्य असार १५ देखि सुरु भइ असार ३० गते सम्पन्न भएको अध्यक्ष काउचाले जानकारी दिए ।

कोरोना महामारीका कारणले गर्दा समयमा काम हुन सकेको थिएन,’ उनले भने,‘हामीले १५ दिनको बीचमा सबै काम सम्पन्न गरेका छौं । आठ सय मिटर घुम्टे जोड्ने पदमार्ग तयार भएको छ । त्यसमा हामीले आफ्नो तर्फबाट जनश्रमदान समेत गरेका छौं ।’

पदमार्ग निर्माण भएसंगै घुम्टे लेखमा पुगेर घुम्टेमा रहेको धार्मिक स्थलहरुको दर्शन गर्न पूजाआजा गर्न सहज हुने र विशेषगरी आन्तरिक बाह्य पर्यटनहरुलाई सहज हुने सिद्धथान सामुदायिक होम स्टेका अध्यक्ष खिमबहादुर पुनले बताए ।

‘पछिल्ला दिनहरुमा घुम्टेप्रति मानिसहरुको चासो र आकर्षण बढेको छ,’ उनले भने,‘घुम्टेमा पूजापाठ गर्न आउने र घुम्न आउनेहरु पनि छन् । यो पदमार्गले पर्यटन विकास र घुम्टेको प्रवद्र्धनका लागि ठूलो टेवा पुग्नेछ ।’ यसअघि घुम्टे जानलाइ असहज हुनुका साथै धेरै समय खर्चिनुपर्ने बाध्यता रहेकोमा अब त्यो बाध्यता अन्त्य भएको सिद्धथान सामुदायिक होम स्टेका अध्यक्ष पुनले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: सुरेश छन्त्याल
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal