कालीगण्डकी डाईभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश, गिटी बालुवा निकाल्न पनि रोक

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
Kaligandaki river

कालिगण्डकी नदीको डाईभर्सन गर्ने योजना तत्काल अगाडि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै कम नगर्न अन्तरिम आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहावलाई पथान्तरण (डाइभर्सन) गरी रिजरभ्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रम चोरी निकासी तथा विनाश गर्ने लगायत प्राकृतिक वहाव र पर्यावरण प्रतिकुल हुने गरी कुनै काम नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

सरकारले कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउन लागेपछि वातावरण संरक्षणकर्मी कानुन व्यवसायीले कालीगण्डकी नदी संरक्षणका लागि विभिन्न आदेश माग गर्दै रिट दायर गरेका थिए । उक्त रिटमाथि मंगलबार सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराको इजलासले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्वको देखिएकाले यो रिट निवेदनको अन्तिम टुंगो नलाग्दासम्म कालीगण्डकीको बहाव रोक्ने र पर्यावरण प्रतिकुल हुने गरी काम नगर्न अन्तरिम आदेश दिएको हो ।

जनहित संरक्षण मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहितका कानुन व्यवसायीले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गण्डकी र लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कालीगण्डकी तटीय क्षेत्रमा पर्ने बागलुङ, पर्वत, म्याग्दी, पाल्पा, स्याङ्जा, गुल्मी, तनहुँ र मुस्ताङ जिल्लाका स्थानीय तहलाई विपक्षी बनाइएको छ । अन्तरिम आदेशले मनपरी कालीगण्डी दोहन गर्न रोकेकाले यसले ठूलो अर्थ राख्ने अधिवक्ता राम शर्माले बताए ।

‘कसैको व्यक्तिगत सम्पत्ती झैं गरेर मनपरी दोहन गर्ने काम भएको थियो, अदालतले त्यसमा रोक लगाईदिएको छ,’ उनले भने,‘यसले ठूलो अर्थ राख्छ । यसले सरोकारवाला निकायलाई जवाफदेही बनाउन सहयोग पुग्नेछ ।’ कालीगण्डकी नदीमाथि भएको अवैध दोहनले गर्दा हरेक वर्ष प्राकृतिक विपत्ती र क्षति व्यहोर्नुपर्ने अवस्था आईरहेको अवस्थामा अदालतको आदेशले संरक्षणका लागि सहयोग पुग्ने उनी बताउँछन् । ‘अब यो आदेशपछि गैरकानुनी रुपमा हुन कालीगण्डकीका दोहन रोकिनेमा म आशावादी छु,’ उनले भने,‘अब त्यसरी दोहन हुने अवस्था आयो भने स्थानीय तह, जिल्ला समन्वय समिति, दोहन गर्ने व्यक्तिहरु विरुद्ध सर्वोच्चमा मानहानीको मुद्दा लाग्छ ।’

अदालतको आदेशले दोहनप्रति प्रशासनिक संयन्त्रहरु समेत चुप लागेर बस्ने अवस्थाको अन्य हुने विश्वास व्यक्त गरे । कालीगण्डकीको चरम दोहन बढ्दै गएपछि पछिल्ला दिनहरुयमा यस क्षेत्रका युवाहरु स्वतःस्फुर्त रुपमा कालीगण्डकी बचाउ अभियान समेत सञ्चालन गर्दै आएका छन् । सामाजिक सञ्जाल मार्फत यो अभियानलाई तिब्र पारिएको छ । कालिगण्की नदीलाई संरक्षण गरेर गिटी बालुवाको विकल्प खोज्नुपर्ने अभियन्तामध्येका एक आरके अदिप्त गिरी बताउँछन् ।

‘कालिगण्डकीबाट ननिल्दा बित्तीकै गिटी बालुवाको विकल्प नै नहुने भन्ने हुँदैन, सरकारले यसको विकल्प दिनुपर्छ,’ उनी भन्छन्,‘कालीगण्डकीबाट पनि निकाल्दै ननिकाल्ने भन्ने कुरा त होईन तर मापदण्ड अनुसार निकाल्नुप¥यो । दोहन हुनेगरी निकाल्नु भएन भन्ने मात्रै हाम्रो कुरा हो ।’

सृष्टिको सुरुवात नै गण्डकी तपोभूमिबाट भएका कारण यसको संरक्षण हुनु जरुरी रहेको स्वामी ऋषि प्रपन्नाचार्य बताउँछन् । ‘कालिगण्डकी नदी विश्वकै शालिग्राम पाईने एउटा मात्रै नदी हो, मुक्तिनाथ, दामोदर कुण्ड, रिडी, मोदीवेणी, सेतीवेणी, देवघाट, त्रिवेणीधाम जस्ता पवित्र तिर्थस्थल छन्, यो कालिगण्की नदीमा मात्रै छन् अन्य नदीहरुमा यति धेरै तिर्थस्थल छैनन्,’ उनले भने,‘यो गण्डकी प्रदेशको सभ्यता पनि हो, सात वटा गण्डकीमध्ये कालिगण्की मुख्य नदी हो । पुलत्स्य पुलह ऋषिहरुले तपस्या गरेको तपोभूमी र सृष्टिको सुरुवात नै यहीबाट भएको हो । ब्रह्मा विष्णुले यही भूमीमा तपस्या गरेर सृष्टिको सुरुवात गरेको ठाउँ हो ।’

शालिग्राम शिला धार्मिक मात्रै नभई वैज्ञानिक कारणले पनि महत्वपूर्ण रहेको पुष्टी भएको र त्यो बन्नका लागि लाखौं वर्ष लाग्ने भएकाले संरक्षण जरुरी रहेको उनको भनाई छ । कालिगण्डकी एउटा नदी मात्र होईन । यहाँको सभ्यतासंग जोडिएको क्षेत्र हो । कालिगण्डकी नदीको धार्मिक सांस्कृतिक र प्राकृतिक रुपमा आफ्नै महत्व छ ।

विश्वमै दुर्लभ शालिग्राम शिला पाईने एक मात्रै नदी पनि कालिगण्डकी हो । शालिग्राम शिलाको धार्मिक मात्रै होईन वैज्ञानिक रुपमा पनि महत्व रहेको बताईन्छ । तर यही प्राकृतिक, धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्व बोकेको कालिगण्की नदीमाथि चरम दोहन भैरहेको छ ।

कालिगण्की नदीमाथिको गैरकानुननी दोहनले गर्दा नदीको स्वरुपमा मात्रै बिग्रीएको छैन । यही कालिगण्डकीले प्राकृतिक विपत्ती निम्त्याउन थालेको छ । विश्वका हिन्दु धर्मावलम्बीहरुले भगवान विष्णुको रुपमा पूजा गर्ने शालिग्राम शिला लोप हुन थालेको छ । कालिगण्डकी माथिको चरम दोहन बढ्दै जाँदा पछिल्लो दिनमा भने यसविरुद्धको अभियान सामाजिक सञ्जालमा जबरजस्त बढेको छ ।

सामाजिक सञ्जालमा कालिगण्डकी नद बचाउ अभियान निकै तीब्र गतिमा फैलिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले ह्यास ट्याग कालिगण्डकी बचाउ अभियानलाई निकै तिव्रता दिएका हुन् । केही सचेत युवाहरुले स्वतः स्फुर्त रुपमा सामाजिक सञ्जालमा सुरु गरेको यो अभियान अहिले व्यापक भन्दै गएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal