तस्बिर सौजन्य सुजन रेग्मी
पर्वतको जलजला गाउँपालिकामा –८ नाग्लिवाङ आरुकोटेराका केहि स्थानीयले आफु खुसी बाडी स्वरुप परिवर्तन गराएर अर्को बाटोमा पठाउदा बिभिन्न ब्यक्तिको करिब ५० रोपनीको खेतबारीका साथै टिम्मुरे गाउँनै उच्च जोखिममा परेको छ । केहि स्थानियले माथीबाट आएको लेदो सहितको ठुलो भेल गहिरैहेको कुलो भएको ठाउँबाट जान नदिई सडक तर्फ फर्काईदिदा सडकका साथै गाउँ र खेत जोखिममा परेको हो ।
स्थानीय भवानी शंकर पाध्याको करिब ६ रोपनी, मित्र लाल रेग्मी को करिब ४ रोपनी, गौमती पाध्याको करिब ४ रोपनी, जीवन्धर रेग्मीको करिब ६ रोपनी, हरि नारायण रेग्मीको करिब १ रोपनी, खिम बहादुर खत्रीको करिब २ रोपनी, धन बहादुर चपाईको करिब २ रोपनी , सिता चपाईको करिब २ रोपनी, नन्दलाल रेग्मीको करिब ४ रोपनी, दल बहादुर खत्री को करिब ३ रोपनी, कृष्ण बहादुर खत्रीको करिब ३ रोपनी, नारायण प्रसाद उपाध्यायको करिब ४ रोपनी, परमानन्द उपाध्यायको करिब ६ रोपनी, चित्र बहादुर जिशी को करिब ४ रोपनी, डम्बर बहादुर केसी को करिब २ रोपनी खेतिपाती योग्य जमिन जोखिममा परेको छ ।
पानीको समस्या रहेको स्थानमा अहिले बाढीले आफुहरुलाई सताएको स्थानियले बताएका छन् । रातको समयमा आरुकोटेराको केहि स्थानियले लाकुरीबोट भन्ने ठाउँबाट पानी काटी सडकमा पानी पठाउदा खोलेटो भन्ने ठाउँमा पानीको वहाव बढ्दा लेदो तथा ढुङ्गा सहितको पानी गर्दा स्थानियले लगाएको कृषि बस्तुमा नोक्सान पुर््याउने गरेको स्थानिय राधा रेग्मीले बताएकी छन् ।
यस बिषयमा पटक–पटक आरुकटेरका स्थानिय र टिम्मुरेका स्थानिय बिच झगडा समेत परिरहेको स्थानियले बताएका छन् । खोलेटोमा केहि आरुकटेराका स्थानिय समेत खेति योग्य जमिन रहेको छ । खोलेटोमा जग्गा नहुने ब्यक्तिले यस्तो गरेको हुन सक्ने स्थानियको भनाई छ । तत्काललाई बैठक बसी समस्याको समाधानको लागि काम भैरहेको छ । पानी खोलेटोमा पठाउदा स्थानिय सुरदाय खोलामा ठुलो पहिरो गई गाउँनै पहिरोको उच्च जोखिममा परेको छ ।
यो बिषयमा तपाईको प्रतिकृया