सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङ र शालिग्राम लघुवित्त वित्तीय संस्था लि. बेनी म्याग्दीको एकिकृत कारोबार सरु गरेका छन । राष्ट्रियस्तरको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. ले प्रदेशस्तरको शालिग्राम लघुवित्त वित्तीय संस्था लि.लाई प्राप्ती गरेको हो ।
एकिकृत कारोवारको शुभारम्भ सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको मुख्य पूवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, सिवाईसीका अध्यक्ष पद्मनाथ शर्मा र शालिग्रामका अध्यक्ष कृष्ण बहादुर थापाले संयुक्त रुपमा दिप प्रज्वलन, व्यानर अनावरण र रिवन काट गरेका थिए ।
कार्यक्रममा बोल्दै पौडेलले दुई वित्तीय संस्था गाभिएपछि संस्था थप सबल भएको बताए । उनले ग्रामिण क्षेत्रका लक्षीत वर्गमा अझै पनि लघुवित्त संस्था नपुगेको बताउँदै ती वर्गमा गएर जनताको सेवामा समेत ध्यान दिन आग्रह गरे । संस्था ठूलो हुँदा क्षमता पनि बढ्ने बताउँदै पौडेलले लघुवित्त संस्थाहरुले नाफामा मात्र केन्द्रीत नभई सदस्यमैत्री सेवाहरु पनि सञ्चालन गर्ने कुरामा जोड दिए । कार्यक्रममा शालिग्राम लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष कृष्णवहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।
गत जेठ १४ गते छुट्टाछुट्टै बसेको संस्थाहरुको विशेष साधारण सभाले सिवाईसीले शालिग्रामलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो । एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २५ गते अन्तिम स्वीकृत प्रदान गरेका थिए ।
एकिकृत कारोवार शुभारम्भ समारोहमा संस्थाका प्रवन्ध सञ्चालक डोलिन्द्र प्रसाद शर्माले संस्थाको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७, कर्मचारी १ सय ८६, शाखा कार्यालय ३८, सदस्य संख्या ४८ हजार, लगानीमा बाँकी रहेको कर्जा १ अर्व ७५ करोड र बचत ८८ करोड रहेको जानकारी गराएका थिए । उनले आर्थिक वर्ष २०७८÷०७९ लाई सिवाईसीले विगतमा गरेका सबै कामहरुलाई दोब्बर गराउने लक्ष्य रहेकाले सबैको साथ र सहयोगको अपेक्षा राखेको बताए । संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कम्पनी सचिव चन्द्रप्रसाद ढकालले गरेका थिए ।
यो बिषयमा तपाईको प्रतिकृया