नेपाली काँग्रेसको बागलुङमा उत्पनन्न क्रियाशील सदस्यताको विवादप्रति तीन वडा सभापति आपत्ती जनाएका छन् । विवादित भनिएको बागलुङका तीन वडा सभापतिहरुले मंगलबार एक विज्ञप्ती जारी गर्दै क्रियाशील सदस्यताको विषयलाई अनावश्यक विवादमा तान्ने काम गरिएकोप्रति आपत्ती जनाएका छन् ।
नेपाली काँग्रेस बागलुङ नगरपालिका—११ का वडासभापति थमबहादुर थापा, काठेखोला गाउँपालिका—१ का वडा सभापति खडक थापा र काठेखोला—४ का वडा सभापति यामदत्त कँडेलले विज्ञप्ती जारी गरी क्रियाशील सदस्यताप्रति विवाद सिर्जना गरेर अनावश्यक भ्रम फैल्याईएको उल्लेख गरेका छन् । विज्ञप्तीमा वास्तविक धरातलको अध्ययन नगरी, कुनै जानकारी नै नलिई आफुखुसी उजुरी गरेर कार्यकर्तामा भ्रम र निराशा फैल्याउने कार्य गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
‘नेपाली काँग्रेसको विधान, नियमावली, केन्द्रीय समितिको निर्णय, निर्देशन, परिपत्रको आधारमा काँग्रेसको १४ औं महाधिवेनका सन्दर्भमा विशवभर क्रियाशील सदस्यता नविकरण र नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णयानुसार शतप्रतिशत वृद्धि गर्ने रणनीति, साथै विभीन्न राजनैतिक दल समायोजन एवं परित्याग गरी नेपाली काँग्रेसको विधानलाई आत्मसाथ गर्दै नेपाली काँगेसको सदस्य लिन इच्छुक व्यक्तिलाई सदस्यता दिने नीति अनुसरा बागलुङ जिल्लामा क्रियाशी सदस्यता वितरण एव. प्राप्ती भएको विषयलाइ लिएर जिल्लामा जिम्मेवार नेता तथा कार्यकर्ताले वास्तविक धरातलको अध्ययन बिना, सम्बन्धीत वडामा कुनै जानकारी नलिई,आफुखुशी भ्रामक समाचार फैल्याउने, प्रक्रिया बिना उजुरी गर्ने जस्ता कार्यलय संगठनको मर्ममा आँच आउने काम भएको महसुस भई यस्ता कार्यले संगठन कार्यकर्तामा निराशा फैल्याउने भएकाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा लेखिएको छ ।
पार्टीको संगठन विस्तारमा हौसला प्रदान गर्नुको सट्टा उल्टो भ्रामक कार्य गर्ने नेता कार्यकर्तालाई संरक्षण गर्ने नेतालाई संगठनको परिभाषा अध्ययन गर्न समेत अनुरोध गरिएको छ । ‘जिल्लामा संगठन विस्तारमा थप हौसला प्रदान गर्नुको सट्टा उल्टो भ्रामक कार्य गर्ने, जुनसुकै नेता तथा कार्यकर्ता त्यस्ता व्यक्तिलाई संरक्षण गर्ने नेतालाई संगठनको परिभाषा अध्ययन गर्न अनुरोध गर्दै हाम्रो संगठनमा आँच पुग्नेगरी भएको क्रियाकलापमा लाग्ने नेता कार्यकर्तालाई बहिस्कार गर्ने अवस्था नआउला भन्न सकिदैन ।
साथै यस्तो कार्यमा संलग्न नेता तथा कार्यकर्तालार्य जिल्ला, प्रदेश र केन्द्र पार्टीले आन्तरिक तथा बाहय रुपमा कुनै पनि जिम्मेवारी नदिन अनुरोध गर्दै यस्तो जिम्मेवारी दिएमा हामीले कुनै पनि साथ नदिने चेतावनी दिन चाहान्छौं,’ विज्ञप्तीमा उल्लेख छ ।
जिल्लामै उजुरी गरेर छलफल गर्ने वाताबरण हुँदा हुँदै केन्द्रमा गएको समेत विज्ञप्तीमा उल्लेख छ । ‘अरुको हकमा विधि विधानका कुरा गर्ने तर आफुले विधि विधान नै उल्लङ्घन गरी जिल्ला नै भउको उजुरी सम्बन्धी अधिकारी प्रयोग नगरी पार्टीको विधान र संघियताको खिल्ला उडाउँदै केन्द्रमा घुँडा टेक्ने जाने कार्य लज्जास्पद भएको सबैको सामु छर्लङ्ग छ । यस विषयमा आमनागरिक, नेपाली काँग्रेस सम्बन्ध नेता कार्यकर्ता र सरोकारवालाहरु कुनै पनि भ्रममा नरहन सादर अनुुरोध गर्दछौं,’ जारी विज्ञप्तीमा लेखिएको छ ।
यो बिषयमा तपाईको प्रतिकृया