फाईल तस्बिर
निरन्तरको बर्षा सँगै पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग बागलुङ–घोडाबाधे सडक पुन सुचारु भएको छ ।
निरन्तरको बर्षका कारण लोकमार्गको बागलङ नगरपालिका–३ बोक्से खाल्डो, काठेखोला गाउँपालिकाको सुन्तली घुम्ती र बयलडाँडामा गएको पहिरोको कारणको कारण अवरुद्ध बनेको लोकमार्ग पुन सुचारु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईकवाल हवारीले जानाकारी दिएका छन् ।
अवरुद्ध सडक खुल्दा जिल्लाको ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, गल्कोट नगरपालका र काठेखोला गाउँपालिकाबाट सदरमुकाम हुदै बाहिर जाने र भित्रिने सवारी साधन संचालन भएका छन् ।
सोमबार रातीदेखि परिरहेको बर्षातको कारण जिल्लाका ग्रामिण क्षेत्रमा सडकहरु अवरुद्ध भएका छन ।
यो बिषयमा तपाईको प्रतिकृया