कमल पौडेल
बागलुङ – गैर आवासिय नेपाली संघ (एनआरएनए) को सहयोग तथा नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति दोर्ण कुँवरको समन्वयमा बडिगाड गाउँपालिका भित्रका ५ स्वास्थ्य संस्थाका लागि अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको छ।
बडिगाड गाउँकार्यपालिकाको कार्यालय परिसरमा सोमबार एक कार्यक्रमकाबीच वडा नम्बर १ को दगातुन्डाँडा स्वास्थ्यचौकी, वडा नम्बर ३ को शिसाखानी स्वास्थ्य चौकी, वडा नम्बर ४ को जलजला स्वास्थ्यचौकी, वडा नम्बर ८ को रणसिंहकिटेनी स्वास्थ्य चौकी र वडा नम्बर ९ को दर्लिङ स्वास्थ्य चौकीको लागि एक÷एक थान कन्सन्ट्रेटर मेसिन उपलब्ध गराइएको हो ।
सो सहयोग हस्तान्तरण गर्दै क्षेत्रीय सभापति कुँवरले दुरदराजका बस्तीमा सेवा पु¥याउने उद्देश्यले सहयोगमा जुट्ने सहयोगीहरुप्रति धन्यवाद व्यक्त गर्दै आफुले पनि नागरिक दायित्व बहन गरेको बताए । विपद्को बेला सबै क्षेत्र एक आपसमा सहकार्य गर्दै जुट्नुपर्ने भन्दै कुँवरले त्यसको लागि आफुले समन्वय गरेको बताए ।
कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेल, नेकपा (एमाले) बडिगाडका अध्यक्ष गुणानिधि घिमिरे, नेपाल महिला संघका दिलमाया पौवि लगायतले बोल्दै समन्वय गर्ने कुँवर सहित सबै सहयोग दातालाई धन्यवाद व्यक्त गरे । सो कार्यक्रममा उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत वालाकृष्ण सुवेदी, वडाध्यक्षहरु, सम्बन्धित स्वास्थ्य संस्थाका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो।
कुँवरकै समन्वयमा कुवेर ट्रष्टको सहयोगबाट बागलुङ क्षेत्र नं. २ का ४८ वटै वडामा एक व्यक्ति एक मास्क कार्यक्रम चलिरहेको छ । सो कार्यक्रम बडिगाड गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष मौसमकाजी क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो।
यो बिषयमा तपाईको प्रतिकृया