सडक निर्माण अलपत्र छाड्दा आफुहरुले सास्ती खेप्नु परेको भन्दै बागलुङ बिहुँको युवा आन्दोतिल भएका छन् । मध्यपहाडी लोकमार्गको बिहुँ खण्डमा कामको जिम्मा लिएको निर्माण कम्पनी सूर्य कन्ट्रक्सनले काम अलपत्र छाडेपछि युवा आन्दोलित भएका हुन् । युवाहरु आन्दोलित भएपछि अहिले सूर्य कन्ट्रक्सनका प्रतिनिधि र आन्दोलित युवाबी छलफलको तयारी भैरहेको छ ।
आफु सूर्य कन्ट्रक्सनको प्रतिनिधि भएको भन्दै रामकाजी श्रेष्ठ त्यहाँ पुगेको र आफुहरु छलफल गर्ने तयारीमा लागेको आन्दोनरत युवा दिनेश कँडेलले बताए । सूर्य कन्ट्रक्सन कम्पनीले २०७३ सालमा निर्माणको जिम्मा लिएको बागलुङ—बिहुँ खण्डको लोकमार्गको काम संधैं अलपत्र पार्दा स्थानीय र यात्रुले सास्ती खेप्नुपर्ने अवस्था छ । निर्माण कम्पनीले छिटो निर्माण पूरा गर्ने स्पष्ट मार्गचित्र नदेखाए आफुहरु थप आन्दोलित हुने उनले बताए ।
यो बिषयमा तपाईको प्रतिकृया