वर्षा सँगै ग्रामिण क्षेत्रका सडकहरु जिर्ण बन्दै गएका छन । सडकमा खाल्टा परेका छन भने सडक माथिबाट आएको पहिरोले ग्रामिण सडकहरु जिर्ण बनेका छन । ग्रामिण सडकहरुमा स्थानिय पालिकाले चासो नदिएपनि सवारी चालक आफै सडकका खाल्डा पुरेर सवारी चलाउन बाध्य भएका छन ।
जिल्लाको ढोरपाटन सालझन्डी, ढोरपाटन सडक खण्ड अन्तरगतको ढोरपाटन नगरपालिका – २ तारीखेतदेखि पाखुट्टेसम्मको विभिन्न स्थान रहेका खाल्डाखुल्डी सवारी चालक आफैले पुरेका गाडी चलाएका छन । बर्खा लागेसँगै सडक खाल्डाखुल्डी परेको र उक्त सडकमा सवारी साधान गुड्न नसक्ने भएका कारण ढोरपाटन यातायात व्यावसाय समितिको सक्रियतामा शुत्रबार खाल्डाखुल्डी पुरिएको संस्थाका सचिव राजु क्षेत्रीले जानकारी दिए ।
यो बिषयमा तपाईको प्रतिकृया