बागलुङ जिल्लाको जैमिनी नगरपालिका—९ मा पिक अप दुर्घटनामा परी दुई जना घाईते भएका छन् । शुक्रबार बिहान जैमिनी—९ पैयुँथन्थापको सराते भन्ने स्थानमा भएको उक्त दुर्घटनामा दुई जना घाईते भएका हुन् ।
लु २ च २७१० नम्बरको पिकअप जीप सडकबाट चिप्लेर दुर्घटना हुँदा स्थानीय ५२ वर्षकी टिकादेवी शर्मा र बागलुङ नगरपालिका रायडाँडाका १८ वर्षीय प्रेम थापा घाइते भएको वडा अध्यक्ष भगिन्द्र थापाले जानकारी दिएका छन् । घाईतेहरुको अवस्था सामान्य रहेको बताईएको उक्त गाडीमा चालक सहित ५ जना सवार थिए ।
यो बिषयमा तपाईको प्रतिकृया