कोरोना कहरको दोस्रो लहर आएसँगै गत वैशाखको दोस्रो सातादेखि जिल्लाभरी नै चरणवद्ध रुपमा निषेधाज्ञा जारी भयो । निधेधाज्ञा जारी भएसँगै बागलुङका विद्यालयको पठन पाठन बन्द भयो ।, बन्द विद्यालय अहिले पनि संचालन हुने अवस्थामा छैनन् । यही बीचमा पनि जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरुले अनलाईन प्रविधि मार्फत वार्षिक परिक्षा वा तेस्रो त्रैमासिक परीक्षाको आधारमा आन्तरिक मुल्याङकन गरी नतिजा प्रकाशन गरे र नयाँ भर्ना अभियान पनि सञ्चालन गरे ।
भर्ना अभियानसँगै विद्यालयले विद्यार्थीको हातहातमा पाठ्पुस्तक समेत पु¥याएका छन । ‘केही अनलाईन प्रविधि र केही अघिल्लो त्रैमासिक परीक्षाको आधारमा हामीले नतिजा प्रकाशन गरियो, जिल्लाको बागलुङ नगरपालिका–१३ बास्कोटको जनमत माध्यामिक विद्यालयका प्रधानाध्यापक परशुराम रिजालले भने,–‘नतिजा प्रकाशन पश्चात अभिभावकलाई फोन गरेरै नयाँ भर्ना अभियानको कार्यक्रम सञ्चालन गरियो । भर्ना अभियानसँगै हरेक विद्यार्थीको हातहातमा पाठ्य पुस्तक पुगेका छन ।’ विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराएर विद्यालय नखुले पनि घरमै बसेर पढ्ने वाताबरण बनाउन लागेको प्रधानाध्यापक रिजाल बताउँछन् ।
वैकल्पिक माध्यमबाट पढाउन भने पनि स्पष्ट नभएकाले पुस्तक पाएपछि विद्यार्थीलाई स्वअध्ययन गर्न उपयोगी हुने उनको विश्वास छ । कक्षा १ देखि १० सम्म नै अंग्रेजी माध्ययमबाट सञ्चालन भएको विद्यालयमा हाल २ सय ५० जना विद्यार्थी भर्ना भैसकेका छन । भर्ना भएका सबै विद्यार्थीको लागि अहिले हात हातमा पाठ्यपुस्तक पुगेका छन । कोरोनाको जोखिम कायम नै रहेको हुँदा तत्कालै विद्यालय सञ्चालनको स्थिति नरहेका कारण सबै सामुदायिक विद्यालयलाई भर्ना अभियान सञ्चालन गर्न र विद्यार्थीको हातहातमा पाठ्पुस्तक पु¥याउन नगरपालिकाले आग्रह गरेको बागलुङ नगरपालिका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले बताए ।
‘सबै विद्यालयले अभिभावक वा स्वयं विद्यार्थी नै बोलाएर भौतिक दुरी कायम गरेर पाठ्यपुस्तक वितरण गरेका छन । भर्ना अभियान पनि निरन्तर चलिरहेको छ । पुस्तक पनि हातहातमा पुग्ने क्रम रहेको छ । पोख्ररेलले भने–‘हरेक विद्यार्थीलाई पुस्तक पुगेसँगै विद्यार्थीहरुलाई स्वअध्ययनको वाताबरण बन्नुका साथै अनलाईन कक्षा पढ्नका लागि पनि सहज हुनेछ । शिक्षा मन्त्रालयले लकडाउनको अवस्थामा असार १ गतेदेखि बैकल्पिक व्यवस्था गरेर पठनपाठन गराउन निर्देशिका जारी गरेसँगै जिल्लाका सवै विद्यालयले विद्यार्थीलाई स्वअध्ययन गराउने तयारीमा जुटेको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्याय बताउँछन ।
सामाजिक दुरी कायम र निषेधाज्ञाको परिपालना गरेर विद्यार्थीको हात हातमा पुस्तक पु¥याउन सबै स्थानीय तहका विद्यालयलाई आग्रह गरेका छौं,’ उपाध्यायले भने,–‘विद्यार्थीले घरमै बसेर पढ्ने, अभ्यास गर्ने, सिकाइ वृद्धि र विद्यालय खुलेपछि व्यवस्थापन गर्न सहज हुने भएकाले भर्ना अभियान पनि असार मसान्तसम्म राखेको छ । यही अवधिमा भर्ना भएका सबै विद्यार्थीलाई पुस्तक वितरण गरिसक्ने विद्यालयहरुको योजना छ ।
उपाध्यायले पुस्तक तथा स्टेशनरी व्यवसायीसँग समन्वय गरी सबै स्थानीय तहमा पाठ्यपुस्तक पुगि सकेको र अधिकाशंले वितरण पनि गरी सकेका बताए । सामुदायिक विद्यालयमा माथिल्ला तहका कक्षाका विद्यार्थीका लागि अनलाईन कक्षा सञ्चालन भए पनि तल्लो तहका कक्षाका विद्यार्थीलाई कठिन भएको हुँदा प्रारम्भिक कक्षा पढाई कार्यक्रम मार्फत शिक्षण सिकाईका क्रियाकलाप गर्न थालिएको छ ।
जिल्लामा ५ सय २८ वटा सामुदायिक विद्यालय छन । भने ६२ वटा संस्थागत विद्यालय छन । अहिले सबै सामुदायिक विद्यालयहरु आफ्ना विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥यानका निम्ति तल्लिन रहेका छन । कोरोनाको जोखिम र लम्बिदो निषेधाज्ञाका कारण तत्कालै विद्यालय खुल्ने सम्भावना नभए पनि भर्ना अभियान र पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याउने काम भैरहेको छ । निषेधाज्ञा भए पनि सवैको हातमा पुस्तक पुगेमा विद्यार्थीको मनोवत पनि उचो हुने विश्वास लिईएको छ ।
यो बिषयमा तपाईको प्रतिकृया