स्थानीय तहको नीति कार्यक्रममा पर्यटन

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
स्थानीय तहको नीति कार्यक्रममा पर्यटन

जिल्लामा भर्खर पर्यटकहरुको चलह पहल सुरु हुँदै गर्दा कोरोना महामारीको दोस्रो लहरका कारण अहिले पर्यटन क्षेत्र ठप्प छन् । जिल्लामा निर्माण भएका पर्यटन पूर्वाधारका कारण पछिल्लो समय बागलुङको पर्यटन क्षेत्रले चहल पहल पाएको थियो । गतवर्ष ठिक पर्यटन सिजन सुरु हुँदा कोरोनाको महामारीको मार परेका थियो । यो वर्ष पनि उस्तै भएको छ । कोरोनाको कहरले पर्यटन क्षेत्र थला परे पनि यहाँको आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण हुनेमा सरोकारवाला विश्वस्त रहेको देखिन्छ ।

बागलुङमा भर्खर बामे सर्दै गरेको पर्यटन क्षेत्र अहिले थला परे पनि स्थानीय तहका सरकारले पर्यटन क्षेत्रबाट आफ्नो पालिकाको विकास गर्ने कुरालाई नीति कार्यक्रममा अटाएका छन् । पर्यटनको विकासका लागि ठूलो बजेट र रकम विनीयोजन नभए पनि स्थानीयले तहले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति कार्यक्रममा पर्यटन क्षेत्रलाई कही न कही सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ । बागलुङ नगरपालिकाले पर्यटकीय स्थलको रुपमा विकास भएका गन्तव्यहरुको विकास र प्रचार प्रसारमा आवश्यक ध्यान दिने, प्रदेश सरकारसंगको सहकार्यमा प्रदेश सरकारसँगको सहकार्यमा नगर क्षेत्रमा होमस्टे प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने र पर्यटकीय स्थलसम्म पुग्न पर्यटकीय पदमार्ग निर्माणलाई जोड दिने नीति लिएको छ ।

अन्य ठाउँको तुलनामा बागलुङ नगर क्षेत्रमा पछिल्लो पटक पर्यटकीय स्थलहरुको निर्माण पनि ज्यादा भएका छन् । त्यसलाई थप प्रवद्र्धन गर्दै प्रचार प्रसार गर्न सक्ने हो भने ठूलो लाम लिन सकिने अवस्था देखिन्छ । बागलुङमा गण्डकी प्रदेशकै प्रसिद्ध ऐतिहासिक शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिर, विश्वकै लामो झोलुङ्गे पुल, पञ्चकोट, शालिग्राम संग्रहालय, भकुण्डे, लगायतका क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा पहिचान बनाएका ठाउँ छन् । भैरवस्थानबाट प्याराग्लाईडिङका लागि केही संरचनाको काम समेत भएको छ ।

जिल्लाको बडिगाड गाउँपालिकाले पालिका भित्रको पर्यटकीय सम्भावना बोकेका स्थलहरु करुणा, चमेरे गुफा, देवी ढोका, लोङ्गाधुरी, शिवधुरी, ठूलाचौर, सिद्ध बराह ताल, नेपाने चौर, केस पोखरी, अन्धा अन्धी ताल, थानपति मन्दिर, बाँझढले लेक, गराङचौर, थामचौर, बल्देलेक जस्ता पर्यटकीय क्षेत्रको विकास, संरक्षण तथा संवद्र्धनका लागि आधारभूत पूर्वाधार निर्माणमा लगानी गर्न प्रदेश तथा संघीय सरकारसँग सहकार्य गर्ने नीति कार्यक्रममा उल्लेख गरेको छ । बजेटमा यही कार्यक्रम गर्ने भनेर स्पष्ट उल्लेख भने गरिएको छैन ।
गाउँपालिका भित्रको सबै सम्भावित स्थानमा होम स्टे संचालन गर्न प्रोत्साहन गर्ने, ऐतिहासिक, पुरातात्विक स्थलहरुको संरक्षण तथा संवद्र्धन र प्रचार प्रसार गर्ने उल्लेख छ । गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाको अगुवाईमा ग्वालीचौरको माथि धुरीमा बाँध बाँधेर अन्धाअन्धी ताल निर्माण गर्न भनि केही लगानी समेत भएको छ । जिल्लाको ढोरपाटन नगरपालिकाले नीति कार्यक्रमा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएको देखिन्छ ।

पर्यटन पूर्वाधार निर्माणका लागि स्थानीय संघ संस्था र समुदाय निजी क्षेत्रको नेतृत्वलाई प्रोत्साहन गर्ने, ढोरपाटन क्षेत्रको इतिहास, भूगोल, धर्म, संस्कृति झल्किने खालका कार्यक्रमहरु कार्यान्वयनमा ल्याउने, नगरभित्रका पर्यटकीय स्थल र क्षेत्रको पहिचान, खोज तथा प्रचार प्रसारका लागि स्थानीय सञ्चार माध्यमहरुसँग आवश्यक सहकार्य गरी प्राथमिकताका साथ प्रवद्र्धनमा जोड दिने र महत्वपूर्ण पर्यटकीय क्षेत्रको नगरपालिकाले डकुमेन्ट्री तयार समेत नीतिमा उल्लेख गरेको छ ।

पर्यटनसंग जोडिएका ढोरपाटन क्षेत्रमा रहेका महत्वपूर्ण स्थल ताल, हिमाल, गुम्बा, मन्दिर जोड्ने पर्यटकीय पैदल मार्ग निर्माण गर्ने, पर्यटनको क्षेत्रमा उच्च सम्भावना बोकेको यस क्षेत्रमा पर्यटन विकासका लागि पूर्वाधारको निर्माण, पर्यटकीय क्षेत्रहरुको पहिचान एवं प्रचार प्रसार तथा पर्यटकमैत्री समुदाय निर्माणलाई विशेष प्राथमिकता दिने, ढोरबराह मन्दिर, रुद्र ताल, धोर्जेको धुरी, अर्नाकोट बयचौर क्षेत्र तथा वडा नम्बर ४ स्थित रिखुवा महखोला झरना लगायतका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिका भित्रको पर्यटन सम्भवाना समेट्नेगरी वृहत पर्यटन गुरुयोजना बनाउने ढोरपाटनको नीति छ ।

जिल्लाको गलकोट नगरपालिकाले नगरको पर्यटन गुरुयोजना तयार पार्ने जनाएको छ । पर्यटकीय स्थलको रुपमा विकास भएका गन्तव्यहरुको प्रचार प्रसार गर्ने, अन्तर्राष्ट्रिय मूर्तिकला संग्रहालय तथा घुम्टेसम्मको सडक पहुँच आयोजनालाई कार्यान्वयन गरी प्रवद्र्धन गर्ने, साहसिक पर्यटनको रुपमा रहेको क्यानोनिङ र साईक्लिङ जस्ता कार्यक्रमका लागि निजी क्षेत्रसंग साझेदारी गर्ने, होमस्टेहरुको सुधार गरी प्रभावकारी अनुगमन र नियमन गर्ने, गलकोट, कोतघर, गलकोट दरबार, घुम्टेको लेक, रिघा उदय बुद्ध विहार, निलुवाको लेक, सहस्रधारा झरना, सिद्धथान, थालेपोखरा, कालिलेक, गाजाकको दह, राम्चेढुङगा जस्ता पर्यटकीय स्थलहरुको प्रचार प्रसार र प्रवद्र्धन गर्ने नगरपालिकाले जनाएको छ ।

जिल्लाको जैमिनी नगरपालिकाले पर्यटन र संस्कृतिलाई संगै जोडेर विकास गर्ने अवधारणा बनाएको छ । नगरपालिकाले सामाजिक सांस्कृतिक तथा सेवामुलक कार्यमा स्थानीय समुदायको सिर्जनशिलताको प्रवद्र्धन र परिचालन गरी नगरपालिका क्षेत्र भित्र रहेका विविध मूर्त तथा अमूर्त कला तथा संस्कृतिको संरक्षणमा जोड दिने, पर्यटकीय दृष्टिले सुन्दर प्रसिद्ध जैमिनीधाम, थनथापीमाई भगवति मन्दिर, गाजाको दह, हाँडिकोट क्षेत्र, गणेशस्थान, हात्तिढुंगा, गाजाको दह क्षेत्र, कमल जैसी मन्दिर, राधाकृष्ण मन्दिर, पुरानो गाउँ क्षेत्र, शालिग्राम संरक्षित क्षेत्र गाईथुने, देवी मन्दिर चोखेक, सति मन्दिर जैदी जस्ता आस्थाका प्रसिद्ध धरोहरहरु एवं कालापातल राङखानी लगायतका नगरक्षेत्रका विभिन्न स्थानमा रहेका खानी निर्मित सुरुङहरु जस्ता ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र सम्बर्धनमा विशेष ध्यान दिने नीति कार्यक्रममा उल्लेख गरेको छ ।

आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गरी समाजको आर्थिक विकासमा सहयोग पु¥याउन नगरक्षेत्रमा सुरु भएका स्थापित होमस्टेहरुलाई परिस्कृत एवं पहुँच योग्य बनाउन पहल गर्ने, जैमिनी धाम, पुरानो गाँउ, हाँडिकोट, गाजादह, भैरवस्थान लगायतका प्रसिद्ध एवंम रमणिय स्थलहरुलाई एकिकृत गरि पर्यटकिय पदैल मार्गको निर्माण गर्दै पर्यटन रुट बनाउने आवश्यक पहल गर्ने आर्थिक वर्ष भित्र जैमिनी नगरपालिकाको पर्यटन प्रोफाइल तयार गर्ने नगरपालिकाले जनाएको छ । जिल्लाको काठेखोला पर्यटनलाई वातावरणमैत्री बनाई पर्यापर्यटनको रुपमा विकास गर्ने जनाउको छ ।

स्थानीय समुदायमा आधारित पर्यटनलाई बढावा दिई पर्यटनलाई जीविकोपार्जनसंग एकिकृत गर्ने, ग्रामिण पर्यटनको रुपमा विकास गर्न होमस्टेहरुलाई प्रर्वद्धन तथा धार्मिक पर्यटनलाई बढवा दिने, होमस्टेहरुमा पर्यटकहरुको आगमनलाई ध्यानमा राखी पर्यटन प्रवद्र्धनका नयाँ नयाँ कार्यक्रमहरु सञ्चालनमा ल्याउने, गण्डकी प्रदेशको पर्यटन गन्तव्यको रुपमा शिवधुरी, रामकोट र झुलेनी लगायतका स्थानहरु सुचिकृत भएकोमा थप कार्यक्रम संचालनका लागि सरोकारवालाबीच समन्वय गर्ने, सम्भावना बोकेका बेलढुंगा, थाप्लेको धुरी, गाजाको धुरी र घोडाबाँधे लगायतका पर्यटकीय स्थानहरुको प्रवद्र्धनमा जोड दिने काठेखोलाको नीति छ ।

जिल्लाको तमानखोला गाउँपालिकाले गाउँपालिका भित्र रहेका ऐतिहासिक तथा पर्यटकीय महत्वका क्षेत्रहरुको संरक्षण तथा सम्वद्र्धन गरी पर्यटन क्षेत्रको रुपमा विकास गर्नको लागि बराहताल संरक्षण, शोले सहिदपार्क निर्माणको कामलाई प्राथमिकता दिने, पर्यटन पदमार्गको लागि सूचना बोर्ड निर्माण तथा बाटो निर्देशक सूचकको व्यवस्था, पर्यटकीय ठाउँहरुको प्रचार प्रसारका लागि पर्यटन गोष्ठी सञ्चालन गर्न साथै प्रत्येक वडामा होमस्टे निर्माण तथा व्यवस्थापन अनुदानको कार्यक्रमको सुरुवातको लागि आवश्यक बजेट गरेको जनाएको छ । जिल्लाको ताराखोला गाउँपालिका गण्डकी प्रदेशमा पर्यटकीय गाउँको रुपमा सूचिकृत भएको छ ।

त्यसका लागि पर्यटन पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव तयार गर्ने कार्य अगाडि बढाउने, गाउँपालिकाको प्रमुख पर्यटकीय स्थलहरु बारेखोला सिउरे, सलसले सिद्धथान, भाटा, मानो कालिलेक, टुलेचौर, कान्छि देउराली मोतीमारे, अर्शल, लगायत स्थानहरुमा पदमार्ग निर्माण गर्ने, करिमेलालाई नमुना पर्यटकिय गाउँको विकास गरी ‘स्टोन भिलेज’ को रुपमा पहिचान कायम बजेट नै विनीयाजन भएको छ । गाईघाट झरनामा बर्षाको कारण भत्कीएको पुललाई संघिय सरकार र स्थानीय सरकारको साझेदारीमा पुननिर्माण गर्ने, गाउँपालिकाको मितेरी साइनो रहेका धुर्कोट गाउँपालिका गुल्मी र बन्दिपुर गाऊँपालिका तनहुँसंगको साझेदारीमा सो गाउँपालिकाहरुसंगको मितेरी साईनो स्मरणको लागि मितेरी स्तम्भ निर्माण गर्ने लगायतका नीति गाउँपालिकाले बनाएको छ ।

निसीखोलाको गाउँपालिकाले गाउँपालिका अन्र्तगत रहेको नरसिँहकोट, अर्नाकोट, नाँगेधुरी, रिगाताल, कोठेभिर, गजुरे ,पुतली नाच ,भ्यू टावर, ढोरपाटन शिकार आरक्ष , निसिलढोर लगायतका क्षेत्रमा आन्तिरिक तथा बार्हय पर्यटकको पर्यटकीय केन्द्र स्थापना गर्न पहल गर्ने नीति लिएको छ । पैदलमार्गको निर्माण गरी पर्यटन प्रर्वद्र्धन गर्ने, होमस्टेको अवधारणालाई आत्मसाथ गर्ने र ऐतिहासिक, धार्मिक, सांस्कृतिक परम्पराहरुको जगेर्ना गर्नका लागि प्राकृतिक ,कृषि , धार्मिक र सांस्कृतिक र ऐतिहासिक पर्यटनलाई प्रवद्र्धन गर्दै आन्तरिक व्यवसाय र रोजगारी प्रवद्र्धन गर्ने निसीखोलाको नीति रहेको छ ।

जिल्लाको बरेङ गाउँपालिकाले पाहुनाको सत्कार गाउँपालिको संस्कार भन्ने नाराका साथ पर्यटन विकास गर्न गाउँपालिका भित्र रहेका होमस्टे तथा होटल व्यवसायहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्ने, गाउँपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरुलाई पर्यटन प्रबर्धन गर्नको लागि पर्यटन काजको व्यवस्था गर्ने, गाउँपालिका अन्तर्गत पर्ने सत्यवती मन्दिर र कालीलेक सिद्धथान मन्दिरलाई सांस्कृतिक र कौंडेडाँडा, भैसीखोला झरना, भित्रिवन देउराली र भातेपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी वरेङ गाउँपालिकाको पहिचान तथा अर्थतन्त्रको आधारशिलाको रुपमा विकास गर्ने नीति कार्यक्रममा उल्लेख गरेको छ ।

पर्यटन मैत्री संरचना निर्माण तथा पर्यटन पूर्वाधार निर्माण गर्न विस्तृत पर्यटन गुरुयोजना बनाई कार्यान्वयन गर्ने, निजी क्षेत्र तथा अन्य निकायसँग समेत समन्वय गरी आगामी वर्ष वरेङ पर्यटन महोत्सव आयोजना गरिनेछ । होमस्टेहरुको प्रभावकारी नियमन गर्दै होमस्टेलाई आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण आधारका रुपमा विकास गर्न विशेष प्रवन्ध गर्ने, होमस्टे सञ्चालनको लागि प्रोत्साहन गर्ने, होमस्टेलाई स्थानीय संस्कृति, भेषभुषा, मौलिकता र परम्परागत पेशा,अर्गानिक तथा घरेलु उत्पादनसँग आबद्ध गरी पर्यटन प्रवद्र्धनमा जोड्ने गाउँपालिकाले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal