स्थापना दिवसमा आश्रमका लागि स्वास्थ्य सुरक्षा सामाग्री

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
स्थापना दिवसमा आश्रमका लागि स्वास्थ्य सुरक्षा सामाग्री

जिल्लामा क्रियाशिल स्वास्थ्यकर्मीहरुको साझा संस्थाको रुपमा रहेको नेपाल स्वास्थ्य प्राविधिक संघ (पान) बागलुङले आफ्नो स्थापना दिवसको अवसरमा मानवसेवा आश्रमका लागि स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरिएको छ । संघको ४३ औं स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी आश्रमका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको हो ।
सवैको सहयोगमा संचालन भएको आश्रममा आश्रीत रहेका नागरिकलाई पनि कोरोनाको जोखिम रहेको हुँदा यसमा केही राहत पुगोस भन्ने उद्देश्यले ५ सय थान मास्क सहित अन्य आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री आश्रमका लागि हस्तान्तरण गरिएको संघले जनाएको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल स्वास्थ्य प्राविधिकि संघ (पान)का केन्द्रीय उपाध्यक्ष रामप्रसाद खनालले कोरोना महामारीको जोखिममा पनि आफ्नो सेवामा निरन्तर लाग्ने सवै स्वास्थ्यकर्मीको हक हितका लागि संघ सधै अग्रसर रहेको बताए । उनले स्वास्थ्यकर्मीले संकटको बेला देखाएको सदासयतालाई सरकारले उचित सम्मान गर्नुपर्ने बताए ।
कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन बागलुङका अध्यक्ष तेजप्रसाद शर्मा र स्वास्थ्य प्राविधिक संघका केन्द्रिय सचिव डिल्ली प्रसाद आचार्यले महामारीका बेला जनताको सेवामा अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई सबैको साथ र सहयोगको आवश्यक रहेको बताए ।
संघले हरेक वर्ष यस्तै सामाजिक काम गरेर आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । कार्यक्रममा स्वास्थ्य प्राविधिक संघ बागलुङका अध्यक्ष सोमराज पाण्डेयको अध्यक्षता उपाध्यक्ष ऋषिराम शर्माको स्वागत र सचिव विष्णुनाथ सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal