बागलुङमा २५ प्रतिशत रोपाइँ, रोपाइँका लागि पाइन छाडे खेताला

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
बागलुङमा २५ प्रतिशत रोपाइँ, रोपाइँका लागि पाइन छाडे खेताला

यस वर्षको मनसुन जेठको अन्तिम सातादेखि नै भित्रियो । निरन्तर वषौ भैरहेको छ । धान राप्ने बेला भैसक्यो खेतमा धानको बीउ लहलह भएको छ । समयमा नै धान नरोपे पछि राम्रो नफल्लाकी भन्ने किसानलाई चिन्ता छ । तर समयमा नै धान रोप्नका लागि गाउँमा खेतला पाउन मुस्किल छ । ‘गाउँमा काम गर्ने कोही छैन, भएका युवाहरु पनि विदेश गए । न खन्ने बाउसे पाईन्छ न खेताली, गोरुको सट्टा त हाते ट्रयाक्टर छ, खेताली र बाउसे पाउनै छाड्यो,’ बागलुङ नगरपालिका–४ कुँडुलेका कृषक पूर्णप्रसाद सापकोटा यस्तै दुखेसो पोखे । १८ औं राष्ट्रिय धान दिवस मनाईरहँदा जिल्ला समन्वय प्रमुख र कृषि ज्ञान केन्द्रका प्रमुखसँग कृषकहरुको गुनासो नै खेताला पाईन छाडे भन्ने थियो ।

गाउँघरमा खेतला नपाउँदा रोपाइँ गर्नका लागि निकै मुस्किल भएको सापकोटा बताउँछन् । ‘समयमै पानी परेकोले यस वर्ष रोपाई अलि छिटो भयो सापकोटाले भने,–‘पहिले त गाउँभरी सबैको एकै पटक भएर होला भन्ने लाग्थ्यो । यसपाली असारको पहिलो साता नै खेत रोपाइँ गर्न खोज्दा पनि खेतला पाउन मुस्किल भयो । बल्लतल्ल दुई दिन लाग्ने मेलो ३ दिनमा सकियो अझै केही दिनलाई बाँकी छ । त्यो कसरी रोप्ने हो गाह्रो भैरहेको छ ।’ उनले कृषिमा आधुनिकिकरण गर्ने भने पनि हालसम्म त्यही हाते ट्रयाक्टर बाहेक अन्य आधुनिक यन्त्रहरु केही नहुँदा किसानहरुले समयमा खेतीपाती लगाउन नपाएको बताए ।

गाउँमा भएका युवाहरु पनि जिल्ला बाहिर र विदेशीएका कारण काम गर्ने खेताला पाउन छाडेको सापकोटा बताउँछन् । कुँडुलेमा मात्र हैन यो समस्या जिल्लाको गलकोट, बडिगाड जैमिनी, बागलुङ र ढोरपाटन क्षेत्रका किसानहरुलाई पनि रहेको छ । गलकोट क्षेत्रमा जेठको तेस्रो सातादेखि नै सुरु गरिएको रोपाइँ अन्य क्षेत्रमा भने खोला किनार तथा तटीय क्षेत्रमा सुरु भएको छ । कृषकहरु यतिबेला धान रोप्नमै व्यस्त छन् । समयमै पानी परेकोले धान रोप्न निकै सहज भएको किसानहरु बताउँछन् । पहिलेको वर्षहरुमा भन्दा अहिले समयमै पानी प¥यो, यस कारण किसानलाई सहज भएको छ,’ बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष धुब्रबहादुर केसीले भने,–‘समयमै धान रोप्न सुरु भयो । यस वर्ष उत्पादन पनि राम्रै होला आशा गरौं ।’ केसीका अनुसार पछिल्लो समयमा धान कोदो रोप्नका लागि खेतला पाउन कठिन रहेको छ । युवाहरु विदेशतिर पलायन हुनुका कारण खेताला पाउन मुस्किल रहेको उनले बताए ।

युवाहरुले विदेश नै रोज्नु भन्दा गाउँकै माटोमा परिश्रम गरे खेतबारी बाँझो पनि नरहने गाउँमा खेतीपाती लगाउन पनि सजिलो हुने जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना बताउँछन् । ‘पहिले गाउँमा सबै युवाहरु हुन्थे, बर्खा सुरु भएपछि सबै मेलामा जान्थे, अर्मपर्म हुन्थ्यो सबै हुँदा पहिले एकता थियो ढुंगानाले भने,–‘अहिले सबै युवाहरु विदेशमा छन् जसले गर्दा खेती पाती लाउन अर्मपर्म चल्दैन खेतला पाईदैन । जसका कारण जमिन नै बाँझो राख्न बाध्य हुनुपर्ने अवस्था आएको छ ।’

‘कृषि ज्ञान केन्द्र बागलुङका अनुसार जिल्लामा झण्डै २५ प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा कुल ७ हजार ७ सय ७५ हेक्टर जमिनमा धान रोपाइँ हुने गर्दछ । हालसम्म करिब १२ सय हेक्टर जमिनमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र बागलुङका कार्यालय प्रमुख भानुभक्त भट्टराईले बताए । ‘यस वर्ष वर्षा निरन्तर परेको छ । सिमसार क्षेत्र मात्र हैन अन्य क्षेत्रमा पनि रोपाइँ हुन्छ,’ भट्टराईले भने,–‘अघिल्लो वर्ष भन्दा रोपाइँ बढि हुने विश्वास गरेका छौं । पानी नियमित परेमा लगभग सबै क्षेत्रमा राम्रो रोपाइँ हुनेछ ।’ उनले किसानहरुलाई सहजका निम्ति प्रविधिको विकाससँगै जोडिन आग्रह गरेका बताए । यस वर्ष झण्डै ९५ प्रतिशत क्षेत्रमा धान रोपाइँ हुने ज्ञान केन्द्रले जनाएको छ ।

१८ औं राष्ट्रिय धान दिवस बागलुङमा पनि मनाईएको छ । कृषि ज्ञान केन्द्र बागलुङ तथा सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लिमिटेड बागलुङको सहजीकरणमा बागलुङ नगरपालिका—४ कँडुलेमा रहेका कृषकहरुसंग रमाउँदै कार्यक्रम सम्पन्न गरिएको हो । धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मर्निरता र समृद्धि भन्ने नाराका साथ बागलुङमा पनि राष्ट्रिय धान दिवस मनाईएको हो । दिवस मनाउन कृषक, पत्रकार र कर्मचारीहरुको राम्रो उपस्थिति रहेको थियो । छुपु छुपु धान रोप्दै हिलो खेल्दै दिवस मनाएका थिए । कामको चटारोसंगै थकित भएका कृषकलाई शक्ति प्रदान होस भनेर दिवसकै अवसरमा दही च्यूरा खाने गरिन्छ । दही चयूरा खानाले शरीरमा शीतलतासंगै शक्ति सञ्चय हुने विश्वास रही आएको । नेपालमा २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal