जिल्लामा मंगलबारदेखि डिसिसिएमसीले निषेधाज्ञाको स्वरुप परिवर्तन ग¥यो । सोमबारको बैठकले निशेधाज्ञा खुकुलो बनाउने गरी गरेको सिफारिसपछि जिल्ला प्रशासनले सोही प्रकारको व्यवस्थापन मिलाएको छ । निजी यातायातका साधन जोरविजोर प्रणालीमा संचालन हुन थाले बैंक तथा वित्तीय संस्थाहरु पनि नियमित चल्ने गरी निर्णय गरियो । विहान ९ बजे देखी १२ बजे सम्म वि पसलहरु पनि संचालनमा आउने भए । यो निर्णण भए सँगै सदरमुकाममा भिडभाड बढ्को छ । बिहानैदेखि भाँडा पसल, फेन्सी, हार्डवेयर, सबै प्रकारका किराना पसल, स्टेशनरी, मोबाइल, इलेक्ट्रीकल्स र इलेक्«टोनिक पसल समेत खुलेका थिए । पसलहरु संचालनमा आए सँगै सर्वसाधारणको भिडभाड पनि बढ्दै गएको छ ।
कोरोनाको जोखिम मोलेर व्यापारी आफ्नो व्यवसायी संचालन गर्न बाध्य भएका छन भने उपभोक्ता आवश्यक सामाग्री खरिद गर्न । व्यापार नभएपनि जोखिम मोलेरै व्यवसाय गर्नुपर्ने बाध्यता भएको जनप्रिय किचनका संचालक डिल्ली गौतम बताउँछन । निषेधाज्ञाको ४८ दिनमा आफ्नो पसलको सटर खोलेको छु गौतमले भने,–‘व्यापार त त्यस्तै हो, केही हुन्छकी भन्ने आशाले खोलेको हुँ । धेरै पछि बजार खुल्दा त रमाईलो लाग्यो । व्यापार नभए पनि पसलमा बस्दा छुट्टै आनन्द हुँदो रहेछ । उनले स्वास्थ्यका मापदण्ड अपनाएर आफुले व्यापार गरेपनि बजार क्षेत्रको भिडभाड देख्दा कोरोनाको जोखिम अझै बढ्छकी भन्ने चिन्ता लागेको बताए ।
बैसाख २० पछि पहिलो पटक साताभरी बैंक तथा बित्तिय संस्था खुल्ने भएका छन् । वित्तीय संस्था बिहान ९ बजेदेखि १२ बजेसम्मका लागि खुलाइएको छ तर सहकारीको हकमा भने दैनिक बचत उठाउन पाईने छैन । अधिकाशं सेवाहरु संचालन भएकोमा अझै पनि सार्वजनिक यातायात बस जिप तथा होटल व्यवसाय संचालनमा आउन सकेका छैनन । बैंक तथा वित्तिय संस्था निजी सवारी साधान र पसलहरु संचालनमा आउँदा सार्वजनिक सवारी साधनका व्यवसायीहरुको भने गुनासो रहेको छ । लामो समय देखी सवारी साधान संचालन नहुँदा यातायात व्यवसायीलाई किस्ता तिर्न नै कठिन भएको बागलुङ भगवती यातायात सेवा प्रालीका बरिष्ठ उपाध्यक्ष गोविन्द बहादुर पौडेल ‘गोपाल’ बताउँछन ।
‘निषेधाज्ञा खुकुलो भयो । निजी सवारी जोरविजोरमा संचालनमा आए । पौडेलले भने,–‘रातो प्लेटवाला गाडी संचालनमा आउने, लुकी छिपि यात्रु बोक्ने कालो प्लेटका गाडीहरु संचालन गर्न नपाउँदा व्यवसायीलाई मर्कामा पार्ने काम भयो । यसरी व्यवसायीलाई भेदभाव किन ?’ पौडेलले लामो दुरीका सवारी साधनहरुका लागि सहज नभए पनि छोटोदुरीका सार्वजनिक सवारी साधनहरु स्वास्थ्य मापदण्ड पुरा गरेर संचालन गर्न पाउनुपर्ने व्यवसायीको माग रहेको बताए ।
बैंक तथा वित्तिय संस्था संचालन हुने, बजारका पसलहरु पनि संचालन हुने र सार्वजनिक सवारी साधन संचालन नहुँदा ग्रामिण क्षेत्रमा यात्रुले सास्ती खेप्नु परेको छ । असार महिना आर्थिक वर्षको अन्तिम महिना कर तथा राजश्व तिर्ने, योजनाहरु फरफारक गर्ने, बाँकी रहेका निर्माण योजना पुरा गर्ने समय यस समयमा सार्वजनिक सवारी नचल्दा सदरमुकाम आउनका लागि सास्ती खेप्नु परेको बागलुङ नगरपालिका–१३ स्थानिय बालकृष्ण पौडेल बताउँछन । रातो प्लेटका सवारीमा जोरबिजोर प्रणाली भने पनि सार्वजनिक यातायातलाई वैधानिक रुपमा नखुलाएकोले सदरमुकाम आउजाउ गर्नका लागि समस्या भएको उनले बताए ।
जिल्लामा कोरोना संक्रमणको दर अन्यको तुलनामा बढि नै रहेको हुँदा जोखिम भने कायमै रहेको र सबैले सुरक्षामा मापदण्ड अनिवार्य पालना गर्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । निषेधाज्ञा खुकुलो भए सँगै सर्वसाधारण स्वास्थ्यका मापदण्ड पालनामा हेलचक्राई गर्दा झनै कोरोनाको जोखिम बढ्ने स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरले बताउँछन । बजारमा भिडभाड बढ्रदै गएको छ । कोही कसैलाई कोरोनाको मतलब छैन । घिमिरेलले बताए न्युनतम स्वास्थ्यका मापदण्ड पनि नअपानउँदा पछि उनिहरुलाई नै अपठ्यारो पर्न सक्छ । त्यसैले पसलमा आउने व्यापारीले उपभोक्तालाई अनिवार्य स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्नुपर्ने उनले बताए ।
दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका
बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...
Read more
यो बिषयमा तपाईको प्रतिकृया