जिल्लाको बरेङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । शनिबार गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट एकै दिन सार्वजनिक गरेको हो । गाउँपालिकाको सातौं गाउँसभामा गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले नीति कार्यक्रम र उपाध्यक्ष दिलकुमारी पुनले बजेट सार्वजनिक गरिन् । गाउँपालिकाले शिक्षा स्वास्थ्य, कृषि तथा पूर्वारकालाई प्राथमिकता दिँदै ३७ करोड ३४ लाख ४७ हजार ४ सय ४० को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकामा नीति कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष शर्माले समृद्ध बरेङ सुखी बरेङबासी नारालाई सार्थक बनाउनका लागि नीति कार्यक्रमले ध्यान दिएको बताए ।
शर्माले प्रस्तुत गरेको नीति कार्यक्रममा बरेङबासीलाई कोभिड—१९ को खोप लगाउनका लागि नेपाल सरकारसंग समन्वय गर्ने र सबै नागरिकलाई सुरक्षित राख्नका लागि मनोसामाजिक परामर्श सहित सचेतनामुलक तथा परम्परागत घरेलु उपचार विधि रोग प्रतिरोधी क्षमता बढाउनका लागि प्रोत्साहित गर्न युवा, विद्यार्थी, शिक्ष र महिला समुहल स्वयंसेवक परिचालन गर्ने उल्लेख छ । गाउँपालिकाले रोग पालेर होईन फालेर बाँचौं भन्ने नाराक साथ स्वस्थ नागरिक, स्वस्थ समाज र स्वस्थ जीवन त्यसका लागि स्वस्थ उत्पादन र स्वस्थ उपभोग गर्ने विकासको लागि सामाजिक जागरणमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
कोरोना महामाकारी कारण वैदेशिक रोजगारी गुमाएर फर्किएका व्यक्तिका लागि उद्योग व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्नका लागि युवा तथा उद्यमी लक्षित गरी ऋण व्याजमा सहजीकरण सहित युवा स्वरोजगार कार्यक्रम र एक घर एक महिला रोजगार कार्यक्रमलाई निरन्तरता दिने शर्माले नीति कार्यक्रममा उल्लेख गरेका छन् । गुणस्तरीय स्वास्थ्य सेवा गाउँपालिकाको प्रतिवद्धता भन्न नारका साथ कोरोनाको जोखिम न्युनिकरणका लागि एकिकृत योजना निर्माण गर्ने, गाउँपालिकामा आयुर्वेद र योग जागरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ । ८४ वर्ष माथिका ज्येथन नागरिकलाई घरमै पुगेर सम्मान गर्ने, स्वास्थ्य जाँच र उपचार गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।
निःशुल्क बाहेकका औषधी पनि गाउँपालिकाले खरिद गरी सबै स्वास्थ्यचौकीबाट तोकिएको भन्दा १० प्रतिशत कम मूल्यमा उपलब्ध गराउने गाउँपालिकाले नीति लिएको छ । आगामी आर्थिक वर्षमा कम्तीमा एक सय विपन्न घरपरिवारको स्वास्थ्य बीमा गर्ने, प्राविधिक शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गर्ने, स्वास्थ्य संस्थाहरुमा स्तनपान कक्ष स्थापना गर्ने, एक स्वास्थ्यकर्मी एक स्वास्थ्य उपकरण झोला वितरण गर्ने, गर्भवती पोषिलो झोला, उपाध्यक्षसंग सुत्केरी सम्मान कार्यक्रम, गाउँपालिका अध्यक्ष जनता स्वास्थ्य परीक्षण शिविर लगायतका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
प्रत्येक वडामा प्रविधि मार्फत सेवा दिई स्मार्ट गाउँपालिका बनाउने, विद्यार्थीलाई इन्टरनेटको पहुँचसम्म पु¥याई वेवर्साट, मोबाईल एप, सामाजिक सञ्जाल, रेडियो, अडियो तथा भिडीयो मार्फत शिक्षण सिकाई अगाडि बढाउने, गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रमलाई थप प्रभावकारी बनाउने नीतिमा उल्लेख छ । एक विद्यालय एक पुस्तकालय, स्थानीय शैक्षिक सामग्री प्रदर्शनी, प्रत्येक विद्यालयमा करेसाबारी निर्माण कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने नीति गाउँपालिकाको छ । सबैका लागि शिक्षा र सामुदायिक विद्यालयसंगको साझेदारीमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, सबै विद्यार्थीका लागि दिवा खाजा व्यवस्थापन, माध्यमिक विद्यालयमा खेल प्रशिक्षकको व्यवस्थान गरिनेछ ।
कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाले बरेङ गाउँपालिका उत्कृष्ट कृषक पुरस्कार, कृषकसंग कृषि विद्यार्थ कार्यक्रम, कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने नाराका साथ खाद्यान्नमा आत्मनिर्भर स्थानीय तह घोषणा गर्ने पनि गाउँपालिकाले जनाएको छ । बाँझो जमिनको प्रयोग उत्पादनमा सहयोग भन्ने नाराका साथ बाँझो जमिनलाई प्रयोगमा ल्याउन विशेष प्याकेज सञ्चालन गर्ने नीति गाउँपालिकाको छ । एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी बनाउने, पाहुनाको सत्कार गाउँपालिकाको संस्कार भन्ने नाराका साथ पर्यटन प्रवद्र्धन गर्ने, कानुनी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, साउन महिनाबाटै योजना तथा कार्यक्रमहरुको सम्झौता गर्ने, सामुदायिक वन साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउने पनि नीतिमा उल्लेख छ ।
गाउँपालिकाको गौरवको योजनाको रुपमा बरेङ रिङरोडलाई पूर्णता दिने, सत्यवती मन्दिर तथा अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकास गर्ने, होमस्टेको प्रभावकारी नियमन गर्ने, बरेङ समाज सभ्य समाज कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले नीति लिएको छ । उक्त नीति तथा योजनाहरु कार्यन्वयनका लागि गाउँपालिकाले ३७ करोड ३४ लाख ४७ हजार ४ बजेट विनीयोजन गरेको छ । कोरोना विरुद्धको खोप, व्यवस्थापन लगायतका लागि ५० लाख रुपैयाँ गाउँपालिकाले विनीयोजन गरेको छ । सामुदायिक स्वास्थ्य ईकाई व्यवस्थापनका लागि ६५ लाख, नयाँ बजार सल्यान सुखौरा सडक निर्माणका लागि ५० लाख, गाउँपालिका रिङरोड निर्माणका लागि ८० लाख बजेट विनीयोजन गरेको छ ।
सौर्य बत्ती जडानका लागि २० लाख, बरेङ बजार सुधारका लागि ४० लाख, गाउँपालिकाको प्रशासनिक भवन लगायत निर्माणका लागि समपुरक कोषबाट ७५ लाख विनीयोजन गरिएको छ । सत्यवती मन्दिरको प्रवद्र्धन विकासका लागि २० लाख, पर्यटन महोत्सव व्यवस्थापनका लागि ५ लाख बजेट विनीयोजन गरिएको छ । कृषि संकलन केन्द्रका लागि १० लाख, सहकारी संस्थाको क्षमता विकासका लागि ५ लाख बजेट छ । गाउँपालिकाले शिक्षाको विकासका लागि एक करोड ९८ लाख २० हजार रुपैयाँ विनीयोजन गरेको छ । विद्यार्थीका लागि गाउँपालिका छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न ५ लाख, सर्वोदय माविका माध्यमिक तहका एक विद्यार्थी एक टनेल कार्यक्रमका लागि एक लाख, गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रमका लागि १५ लाख, बालविकास केन्द्रका सहजकर्ताको मासिक तलब १५ हजार र विद्यालय कर्मचारी लेखापालको तलब मासिक १६ हजार पु¥याईएको छ ।
गाउँपालिका शिक्षकको अभ्यासनका लागि १४ लाख ३५ हजार, गाउँपालिकालाई फ्रि वाईवाईयुक्त बनाउनका लागि १० लाख बजेट व्यवस्थापन गरिएको छ । गाउँपालिका जनता आवास कार्यक्रमका लागि १० लाख, गाउँपालिका अध्यक्ष सामाजिक संरक्षण तथा सुरक्षा बचाउ कार्यक्रमका लागि ७ लाख विनीयोजन गरिएको छ । गाउँपालिकाले विनीयोजन गरेको कुल बजेट मध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण आुदान ७ करोड ९८ लाख, संघीय विभाज्य कोषबाट ५ करोड ६१ लाख १५ हजार ९ सय, सशर्त अनुदान १७ करोड २१ लख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण ८४ लाख ६३ हजार, प्रदेश राजस्व बाँडफाँडबाट ३१ लख ६० हजार र आन्तरिक राजस्वबाट २२ लाख संकलन हुने बताईएको छ ।
यो बिषयमा तपाईको प्रतिकृया