बागलुङमा कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बागलुङको बडिगाड गाउँपालिका—६ की २६ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
शुक्रबार दिउँसो धौलागिरि अस्पताल बागलुङमा ल्याईएकी उनको राती १२ः ४० मा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि एन्टीजने परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । योसंगै बागलुङमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ५० पुगेको छ ।
यो बिषयमा तपाईको प्रतिकृया