धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ३।७२ अंक घटेर ३०२२।११ विन्दु मा पुगेको छ। जुन हिजोको तुलनामा थोरै अंकले गिरावट हो| यस अघि नेप्सेले हिजो मात्र सोमबार नयाँ अलटाइम हाई बनाएको थियो। बद्दै गएको बजारमा नाफा बुक् गर्द सामन्य करेक्सन् आएको लगानिकर्ताहरु बताउछन् |
त्यसैगरी ,यस दिन कारोबार रकम पनि तुलानात्मक रूपमा घटेको छ । यस दिन बजार मा २२६ कम्पनी को १ लाख ६४ हजार ७९० पटक को कारोबार मा १६, अर्ब ५२ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबर को ३ करोड ९ लाख ४८हजार ८५३कित्ता सेयर खरिद बिक्री भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०।२६ अंक बढेर ५५०।२६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स १।२७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १।४० अंक घटेको छ। तिन जलबिधुत् कम्पनीहरु सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट् कम्पनि लिमिटेड ,खानिखोला हाइड्रोपावर कम्पनि लिमिटेड र युनियन हाइड्रोपावर लिमिटेड को शेयर मूल्यमा सकरात्मक सर्किट लागेर कारोबार भएका छन्| नेप्सेको समूहमा रहेका १३ उपसमूहमध्ये आज ५ समूह बाहेका सबै समूह राताम्य भएका छन् । सबैभन्दा सर्वाधिक अन्य समूहमा ९०।३६ अंकले उच्च कारोबार भएको छ । त्यसलगत्तै उत्पादन तथा प्रशोधन समूहमा ७२।९२ अंक, होटल तथा पर्यटन समूहमा ५८।२५अ अंक, लगानी समूहमा २।२९ अंक र म्युचुअल फण्ड समूहमा ०।०५ अंकले बढेर हरियाली कायम भएको छ । साथै आज अन्य ८ समूहमा भने गिरावट आई राताम्य भएका छन् । बैकिङ समूहमा ६।८ अंक, उत्पादन समूहमा ११।०६ अंक, विकास बैंक समूहमा २२२।८९ अंक, जलविद्युत् समूहमा ९०।७५ अंक, वित्त समूहमा ८६।५१ अंक, निर्जीवन बीमा समूहमा १।७६ अंक, लघुवित्त समूहमा ३९।१४ अंक र जीवन बीमा समूहमा १०।४८ अंकले गिरावट आई राताम्य भएका हुन् ।
यो बिषयमा तपाईको प्रतिकृया