धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४२.७२ अंक बढेर ३०२५.६३ विन्दु मा पुगेको छ। यो हाल सम्मकै उच्च विन्दु हो। यस अघि नेप्सेले हिजो मात्र आईतबार नयाँ अलटाइम हाई बनाएको थियो।हिजो को रेकर्ड लाई तोड्दै आज पनि पुन नयाँ रेकर्ड बनाएको छ । त्यसैगरी ,यस दिन कारोबार रकम भने तुलानात्मक रूपमा थोरै घटेको छ । यस दिन बजारमा २२१ कम्पनी को १ लाख ७५ हजार ४११ पटक को कारोबार मा १८ , अर्ब ८८ करोड४० लाख ३२ हजार रुपैयाँ बराबर को ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता सेयर खरिद बिक्री भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १०.६० अंक बढेर ५५०।०२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ३।४९ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७९ अंक बढेको छ । एक दर्जन कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएका छन् ।बजारको सन्तुलन कायम गर्न नियामक निकायहरुबाट उचित कदम चालिएको र निषेधाज्ञाको अवधि बढेकोले पनि बजार सकारात्मक बनेको लगानीकर्ता तर्क छ ।
दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका
बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...
Read more
यो बिषयमा तपाईको प्रतिकृया