शिव सेना नेपाल बागलुङ नगरपालिकाले दीन दुखीलाई खाना खुवाउने अभियानलाई निरन्तरता दिएको छ । शिव सेना नेपाल बागलुङले बागलुङ नगरपालिका क्षेत्रका विभिन्न वडामा गरी ८२१ प्याकिङ खाना वितरण गरेको छ । जेठ १३ गतेबाट सुरु भएको कोरोनाका कारण समस्यामा परेका गरिब तथा निमुखा वर्गलाई बेलुकाको समयमा खाना घर–घरमै लगेर वितरण गरेको थियो ।
गरिब परिवारलाई खाद्यान्न सहयोग गर्दै आएको संस्थाले केही समय यता घर–घरमा खाना प्याकिङ गरी बिहान बेलुका खाना खानको लागि धौ–धौ भएका परिवारलाई वितरण गर्दै आएको शिव सेना नेपाल बागलुङ नगरपालिका संयोजक सन्जु बाबाले बताएका छन् ।
बाबाका अनुसार कोरोनाको दोस्रो लहर सुरु भए यता ६० गरिब परिवारलाई एक लाख बराबर सहयोग गरिएको छ । त्यसैगरी, ४० हजार बराबरको ८२१ प्याकिङ खाना सहयोग गरिएको छ । कोरोना महामारीको चपेटामा परेका दिन दुखीको सेवामा आफुहरु सधै तत्पर रहेको उनले बताए । त्यसैगरी बर्खा सुरु भएसंगै बाढी पहिरो जाने सक्ने कुरालाई लक्षित गरेर आफुहरुले योजना बनाई रहेको बाबाले बताए ।
‘बर्खा सुरु भयो, बाढी पहिरो जति बेला, जहाँ पनि जान सक्ने सम्भावना रहन्छ, त्यसैले बर्खालाई लक्षित गरेर उद्धार र सहयोगको योजनामा छौं,’ उनले भने,‘कतै त्यस्तो विपत्ती नआओस भन्छौ, तर, विपत्ती आउन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ ‘प्रि–प्लानिङ्’ गरेर राहतको व्यवस्था गर्ने कि भनेर योजना बनाईरहेका छौं ।
’यस्तै, जिल्लामा कोरोनाको संक्रमण घट्दै गएको र लकडाउन खुकुलो हुने सम्भावना रहेकोले काम गर्न जान सक्ने भएकाले प्याकिङ खाना वितरण गर्ने योजना सोमबारबाट सकिने उनले बताए । लकडाउन कडा भएसंगै काममा जान सक्ने सम्भावना नरहेमा पुन यसरी नै सहयोगको प्याकेज ल्याउने सन्जु बाबाले बताए ।
यो बिषयमा तपाईको प्रतिकृया