बागलुङमा भुसको आगोझैं भित्र भित्रै फैलिएको कोरोना संक्रमणदर विगत दुई सातायता केही घटेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना महामारी बागलुङमा वैशाख दोस्रो साता यता निकै तिब्र गतिमा फैलिएको थियो । विगत दुई सातायता निरन्तर उकालो लागेको कोरोना संक्रमणदर केही घटेको छ ।
चैतको दोस्रो सातादेखि जेठ अन्तिम सातासम्म १२ हप्ताबीचको तुलनामा पछिल्लो दुई हप्तामा संक्रमणदर घटेको देखिएको छ । चैत दस्रो सातायताको पहिलो हप्तामा ८ जना, दोस्रो साता ६ जना, तेस्रो साता ३३ जना र चौथो साता १८ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
त्यसयता निकै तिब्रतर गतिमा कोरोनामा फैलिएको थियो । पाँचौं साता ६८ जना, छैठौं साता ८७ जना, सातौं हप्ता २७२ जना, आठौं हप्तामा ५४७ र नवौं हप्ता ६७६ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । दशौं हप्तामा बागलुङमा कोरोना संक्रमणदर उच्चतम विन्दुमा पुगेको थियो । उक्त हप्ता ८३८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसयता ११ औं र १२ औं हप्तामा भने कोरोना संक्रमित पत्ता लाग्ने संख्यामा कमि आएको छ । ११ औं हप्तामा ६११ जना संक्रमित भेटिएकोमा १२ औं हप्तामा आउँदा ३१६ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरले बताए ।
कोरोना संक्रमणदरमा केही कमी आए पनि जोखिम भने बाँकी रहेको छ । अझै पनि बागलुङका ८५ मध्ये २१ वटा कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् । बागलुङ नगरपालिकाको वडा नम्बर २, ३, ४, ६, ९, १०, १२ र १४ अझै पनि कोरोनाको उच्च जोखिममा रहेका छन् ।
बानपा भित्रका ४ वडा वडा नम्बर १, ५, ७ र १३ मध्यम जोखिममा छन् भने वडा नम्बर ८ र ११ सामान्य जोखिममा छन् । काठेखोला गाउँपालिमा तीन वडा उच्च जोखिममा छन् । काठेखोला गाउँपालिका—४, ७ र ८ उच्च जोखिममा देखिएका छन् । वडा नम्बर १, २, ३ र ५, ६ मध्यम जोखिममा छन् । गलकोट नगरपालिकाको चार वटा वडा उच्च जोखिममा छन् । गलकोट नगरपालिकाको वडा नम्बर २, ३, ४ र ११ उच्च जोखिम क्षेत्रमा परेका हुन् ।
वडा नम्बर १, ५, ६, ७ मध्यम जोखिममा छन् । वडा नम्बर ९ र १० न्यून जोखिममा रहेको छ । जैमिनी नगरपालिकाको वडा नम्बर ६ र ८ उच्च जोखिममा छ । वडा नम्बर १, २, ७, ९, १० मध्यम जोखिममा छ । वडा नम्बर ३, ४ र ५ को अवस्था सामान्य छ । बरेङ गाउँपालिकाको वडा नम्बर १ उच्च जोखिम, २ र ३ मध्यम जोखिम र ४ र ५ सामान्य जोखिममा परेका छन् । बडिगाड गाउँपालिकाको वडा नम्बर २ उच्च जोखिममा छ ।
वडा नम्बर १, ४, ५, ८ मध्यम जोखिम र वडा नम्बर ३, ६, ७, ९ र १० सामान्य अवस्थामा रहेका छन् । निसीखोला गाउँपालिकाको वडा नम्बर ३ उच्च जोखिममा, वडा नम्बर २, ४ र ५ मध्यम जोखिम तथा वडा नम्बर १, ५ र ६ सामान्य जोखिममा देखिएका छन् ।
ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिकामा कुनै पनि वडा उच्च जोखिममा छैनन् । ढोरपाटन नगरपालिकामा वडा नम्बर १, २, ३ तथा ७ र ९ मध्यम जोखिम र वडा नम्बर ४, ५, ६ र ८ वडामा सामान्य अवस्थामा छन् । ताराखोलामा वडा नम्बर १, २, ४ र ५ मध्यम जोखिममा छ ।
वडा नम्बर ३ सामान्य अवस्थामा छ । तमानखोला गाउँपालिकाको वडा नम्बर ३ उच्च जोखिम वडा नम्बर १ मध्यम जोखिम तथा वडा नम्बर २, ४, ५ र ५ सामान्य अवस्थामा रहेको छ । बागलुङमा कोरोना संक्रमणबाट अहिलेसम्म ४८ जनाको मृत्यु भएको छ ।
कुल चार हजार ५ सय ८ जना कोरोना संक्रमित भएकोमा अहिलेसम्म तीन हजार ९ सय ३८ जना निको भैसकेका छन् । अहिले पनि बागलुङमा ५२२ जना आईसोलेसनमा रहेका छन् । कोरोना संक्रमणबाट २० देखि ५० वर्ष उमेर समुहका सबैभन्दा बढि प्रभावित भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
यो बिषयमा तपाईको प्रतिकृया