बागलुङ- बागलुङमा थप एक जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । जिल्लाको गलकोट नगरपालिका—९ की ५४ वर्षीया महिलाको कोरोना संक्रमणबाट आईतबार मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । योसंगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
उनलाई गत जेठ १४ गते एन्टीजिन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि गलकोट नगरपालिकाको कोभिड अस्पतालमा रहेकी उनलाई दुई दिन अगाडि थप उपचारका लागि पोखरा रिफर गरिएको भए पनि घरमा गएर बसेका कारण मृत्यु भएको गलकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख निरा शर्माले बताईन् ।
यो बिषयमा तपाईको प्रतिकृया