जिल्लाको साबिक बिहुँकोट गाविसबाट जापान गएकाहरुले आफ्नो जन्मभुमीमा सेवा गर्ने उद्देश्यका साथ स्थापित बिहुँकोट समाज जापान र समाजलाई सहयोग गर्न नेपालमा स्थापित जापान समाज बिहुँकोटले कोभिड १९को विरुद्धमा सचेतना सहित अति आवश्यक स्वास्थ्य सामाग्री वितरण अभियान सुरु गरेको छ ।
समाजले विहुँका टोलटोलमा अक्सीमिटर र घरघरमा थर्मोमिटर भन्ने अभियानका साथ वितरण गरिहेको जापान समाज बिहुँकोटका सदस्य सुवास कँडेलले जानकारी गराएका छन् । कोभिड प्रभावित क्षेत्रलाई पहिलो प्राथमिकता दिएर स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ भने काठेखोला गाउँपालिका स्वास्थ्य शाखालाई एकमुष्ट सामाग्री हस्तान्तरण गरिएको थियो ।
पालिकाको स्वास्थ्य शाखामार्फत पालिका भरी सेवा पुग्ने भएकाले शाखालाई आवश्यक पर्ने १५ थान पिपिई सेट, २० लिटर सेनिटाइजर, ५० थान एन ९५ मास्क, ९०० थान सर्जिकल मास्क जापान समाज विहुँकोटका अध्यक्ष सुर्दशन कँडेलले हस्तान्तरण गरेका हुन । सो कार्यक्रममा सदस्य सुवास कँडेल, आजिवन सदस्य देवीलाल कँडेललगायतको सहभागिता रहेको थियो ।
कोरना कहरको पहिलो चरणमा पनि समाजले पालिकालाई आवश्यक स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको थियो ।
यो बिषयमा तपाईको प्रतिकृया