कोभिड–१९को रोकथाम, नियन्त्रण र उपचारमा अग्रपक्तीमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी एवं सहयोगीहरु मध्येबाट उत्कृष्ट र इमानदार रुपमा काम गरेकालाई प्रशंसापत्र र नगद सहित सम्मान गर्न लागेको समाजसेवी एवं व्यवसायी सहदेव राजभण्डारीले जानकारी दिएका छन् ।
आफ्ना मातापिताको स्मृतिमा स्थापित “टिकाबहादुर–विद्यालक्ष्मी स्मृती कोष” बाट महामारीमा उत्कृष्ट, निरन्तर र इमानदारीका साथ सेवामा खटिरहेका बागलुङ जिल्लाका केही चिकित्सक, नर्स, ल्याब, सवारी चालकहरुलाई थप जिम्मेवारी र हौसला प्रदान गर्ने उद्देश्यले यस्तो कार्यक्रम गर्ने निर्णय गरेको कोषका संरक्षक राजभण्डारीले जानकारी दिएका छन् ।
उनले यसरी सेवामा खटेका व्यक्तीहरुको नामावली संकलन गरी छनौट गर्नका लागि ५ सदस्यीय समिति गठन गर्ने र छनौट गरी सम्मान गर्ने कोषका संरक्षक एवं सदस्यहरुले निर्णय गरेको बताएका छन् । समितिमा संरक्षक सहदेव राजभण्डारी, नागरिक समाजका संयोजक काजी गाउँले, सामाजिक अभियान्ता राम शर्मा, नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघका अध्यक्ष नरेश कँडेल रहेको बताईएको छ । कार्यसम्पादनका दृष्टिकोणले प्रभावकारी काम गरीरहेका यस्ता व्यक्तीहरुको नामावली समितिलाई जानकारी गराईदिनका लागि समेत सबैमा अनुरोध गरेका छन् ।
यो बिषयमा तपाईको प्रतिकृया