जिल्लाको ढोरपाटन नगरपालिका–३ की पार्वती कंडेल पेशाले उनी स्वास्थ्यकर्मी नै हुन । काठमाडौंको कोटेश्वरमा फार्मेसी सञ्चालन गर्दै आएकी उनी स्वास्थ्य क्षेत्रमा नै काम गर्दै गर्दा गत वैशाख १७ गते कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमण भईन । ५/६ दिन पहिलेबाटै कोरोना लक्षण देखिएपछि कोरोना परीक्षण गराएकी थिईन । संक्रमित भएसँगै दुई दिन त आफ्नै कोठामा बसिन । वैशाख १९ गते स्वास्थ्यमा थप समस्या आउन थाल्यो । ज्वरो बढ्यो र स्वासप्रस्वासमा केही कठिनाई भयो । परिवारले अस्पतालमा खोजी ग¥यो । तर काठमाडौंमा कुनै पनि सरकारी अस्पतालमा बेड पाउन सकिएन । प्राईभेटमा पनि सहज तरिकाले पाईएन पाएको पनि निकै महंगो पर्न गयो । समस्या झनै बढ्दै गएपछि कंडेलका श्रीमानले बागलुङ रहेका उनका दाजु चुडामणी कंडेलसँग सल्लाह मागे ।
काठमाण्डौका सुविधा सम्पन्न भनिएका अस्पतालमा बहिनीको उपचार सम्भव नदेखिपछि दाजुले आफ्नै जिल्लाको धौलागिरि अस्पतालमा के कस्तो छ भनेर बुझे । अस्पतालका डाक्टर र स्वास्थ्य कार्यालयको टोलीले बहिनीलाई अक्सीजन लगाएर बागलुङ ल्याउन सुझाव दिए । सोही अनुसार पार्वतीका श्रीमानले छोरा छोरी सहित बैशाख २० गते एम्बुलेन्स मार्फत ३५ हजार रुपैयाँ भाडा तिरेर थप उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याए । अस्पतालमा आएपछि अक्सीजन लगाएर उनको उपचार गरियो । उनको १० महिनाको छोरालाई पनि वैशाख २२ गते कोरोना संक्रमण देखियो । पाँच दिनको अस्पताल बसाई पश्चात बैशाख २५ गते अस्पतालबाट घर फर्किए । पार्वती र उनको परिवार घर पुगेपछि पनि एक साता होम आईसोलेनमा बसे अहिले आमा छोरा दुबैलाई निको भएको छ ।
काठमाडौंमा रहँदा संक्रमित भएर बागलुङ आउँदा पार्वतीलाई केही डर लागेकै थियो । तर अस्पतालमा अक्सिजन सहितको बेड खाली छ भन्ने कुरा थाहा भयो । छोराछोरीलाई घरमा छाडेपछि आफ्नो उपचार सजिलै हुने सोच आएपछि बागलुङ आएको पार्वती बताउँछिन । ‘सुरुमा त ठूलो शहरमा सुविधा सम्पन्न अस्पताल छाडेर बागलुङ जाँदा मनमा डर थियो । झण्डै ४०÷५० घण्टा लगातार ज्वरो आयो मन पनि आत्तियो ।, पार्वती भन्छिन्–‘बालबच्चा पनि साथमा भएको हुँदा काठमाडौंमा व्यवस्थापन गर्न कठिनाई थियो । आफ्नो भन्दा पहिलो बच्चाको डर लाग्दो रहेछ, बरु आफ्नै गृह जिल्लामा जाउँ बच्चाहरु परिवारसँग राखांै अनि उपचार गरौ भन्ने भयो । स्वास्थ्यमा कठिनाई भए पनि यहाँ उपचार राम्रै हुन्छ भन्ने सुनेकी थिए । परिवार र सवैको सल्लाहले बाग्लुङ आए । आफु स्वास्थ्यकर्मी नै भएर नि होला आत्मबल बलियो भयो कोरोनालाई सजिलै जितियो पार्वती भन्छिन् ।’
बाहिर भएको भए लाखौ खर्च हुन्थ्यो होला यहाँ निःशुल्क उपचार भयो
उनले अस्पतालका डाक्टर र नर्सहरु सेवामा खटिएको देख्दा आफ्नै जिल्लामा यति सुविधा हुँदा मानिस किन आत्तिएर बाहिर जाँन्छन जस्तो लागेको बताईन । ‘अस्पतालमा डाक्टर नर्सहरु दिनमा ५/६ पटक हाम्रो स्वास्थ्य अवस्था बुझन आउनुहुन्थ्यो । ‘सबै संक्रमितलाई समान व्यवहार गर्ने । पार्वतीले भनिन् डाक्टर नर्सको व्यवहारले पनि मनोबल उच्च हुँदो रहेछ । यसले गर्दा कोरोना जित्नका लागि सहज हुने रहेछ । अस्पतालमा उपचारका लागि कुनै कुराको कमि नभएको र केही औषधी बाहिर किन्न बाहेक अन्य उपचार खर्च नलागेको पार्वती बताउँछिन । उनले यदि काठमाण्डौका निजी अस्पतालमा गएको भए लाखौ रकम खर्च हुने बताउँछिन । अस्पतालबाट घर फर्किएपछि पनि पार्वती र उनको परिवार १ साता होम आईसोलेनमा बसेको थियो । अहिले आमा छोरा दुबैको स्वास्थ्य अवस्था सामान्य भएको छ ।
सबैले अस्पतालमा उपचार पद्धति खासै राम्रो छैन भन्दा पनि बहिनीलाई आफ्नै जिल्लाको अस्पतालमा ल्याएर सफल उपचार गराएर घर फकाउँदा साच्चै नजिकको तर्थ हेला गरिएको रैछ जस्तो लागेको पार्वतीका दाजु चुडामणी कंडेल बताउँछन । जिल्लाको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समेत रहेका कंडेलले धौलागिरी अस्पतालको उपचार पद्धति हेर्दा र आफ्नो बहिनी भाञ्जाले सहजै कोरोना जितेर घर फर्किएको देख्दा आफुले यहाँ ल्याएर राम्रो काम गरेको बताए । ‘काठमाण्डौमा ठुला ठुला अस्पताल छन । तर त्यहाँ उपचारका लागि भनेको बेलामा बेड पाईएन । बेड पाईए पनि अक्सिजनको अभाव हुने डर । कंडेलले भने,–‘यहाँको अस्पतालमा अक्सिजन पनि थियो बेड पनि खाली, म आफै स्वास्थ्यकर्मी भएको भएर मलाई त आफ्नै ठाउँको धेरै विश्वास लाग्यो अनि यहि बोलाए ।
एउटा विश्वास र भरोसाले काठमाण्डौका अस्पताल छाडेर यहाँ अस्पताल आएर कोरोना जितेर संक्रमित फर्किँदा यहाँका स्वास्थ्यकर्मीको पनि मनोबल उच्च भएको धौलागिरी अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डन्ट डा. शैलेन्द्र बि पोखरेलले बताए । ‘पार्वतीलाई काठमाण्डौबाट एम्बुलेन्समा नै अक्सिजन लगाएर ल्याईएको थियो । अस्पतालको आइसोलेसनमा भर्ना गरी सोही दिन रातीदेखि उपचार थालिएको हो ।, डा पोखरेलले भने, ‘उहाँमा ज्वरो, खोकी लाग्नुका साथै अक्सिजनको पनि कमी रहेको थियो । पाँच दिनमा नै निको भएर घर फर्कनु भयो । थप एक साता होम आईशोलेनमा बस्नु भयो अहिले ठिक भएको छ । यसले यहाँका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी प्रति थप भरोसा प्रदान गरेको छ ।
धौलागिरी अस्पतालमा नेपालकै पाँचौ र गण्डकी प्रदेशमा नै पहिलो कोरोना संक्रमितको उपचार भएको थियो । कोरोना कहरको पहिलो चरणमा बागलुङकी अंशु सापकोटालाई कोरोना संक्रमण देखिएपछि गण्डकी प्रदेशमै खैलाबैला भएको थियो । उपचारका लागि धेरैले काठमाडौंमा पठाउन दबाब दिइरहँदा डा.पोखरेलकै नेतृत्वमा अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।
धौलागिरि अस्पतालमा सवै सुविधा हुँदा हुँदै पनि केही विरामीका आफन्तले हेलिकप्टरमा ३÷४ लाख रुपैयाँ खर्च गरेर काठमाडौं पोखरा लैजाने गरेका छन । तर ठुला शहरमा अक्सिजन अभावकै कारण पनि केहीको मृत्यु भएको छ । अस्पतालमा हाल ३४ जना कोरोना संक्रमित विरामी उपचारत छन । जसमा २६ जना एचडियुमा, ४ जना भेन्टीलेटर र ४ जना जनरलमा राखेर उपचार गरिएको अस्पतालका सूचना अधिकारी प्रमिला ढकालले जानकारी दिईन । काठमाण्डौ पोखराका अस्पतालमा भन्दा अहिले सम्म यस अस्पतालमा अक्सिजन पनि कमि भएको छैन भने । ९९ प्रतिशत विरामी उपचार सफल भएर घर फकिएको अस्पतालको दाबि छ ।
तश्विर ः धौलागिरी अस्पताल बागलुङ ।
यो बिषयमा तपाईको प्रतिकृया