संघिय सरकारले बागलुङका दश स्थानीय तहलाई ३ अर्ब ८७ करोड ७५ लाख रकम बजेट बिनियोजन गरेको छ । यस रकम गत बर्षको तुलनामा २९ करोड ७७ लाखले बढि हो गत आर्थिक वर्ष २०७७÷०७८ ३ अर्ब ५७ करोड ९८ लाख बजेट बागलुङका दश स्थानीय तहलाई आएको थियो । अर्थमन्त्री बिष्णु पौडेलले शनिबार प्रस्तुत गरेको बजेटमा बागलुङ जिल्लालाई सो रकम बिनियोजन गरिएको हो ।
जिल्लाका चार नगरपालिकाका लागी २ अर्ब ४ करोड ४७ लाख बजेट बिनियोजन भएको छ । त्यसैगरि ६ गाउँपालिकाका लागी १ अर्ब ८३ करोड २८ लाख बजेट विनियोजन भएको छ । पालिका मध्ये सबै भन्दा कम ३२ करोड ७० लाख बजेट ढोरपाटन नगरपालिकाले पाएको छ भने सबैभन्दा बढि ७४ करोड ७२ लाख बागलुङ नगरपालिकालाई छुट्टाईएको छ ।
बागलुङ नगरपालिकालाई समानीकरण अनुदानतर्फ १७ करोड ३८ लाख, सशर्त अनुदानतर्फ ५३ करोड, ३० लाख र विशेष अनुदानतर्फ २ करोड ३३ लाख र समपुरक अनुदानतर्फ १ करोड ७१ लाख प्राप्त गरेको छ । ढोरपाटनले समानीकरण अनुदानतर्फ १० करोड ३२ लाख, सशर्त अनुदानतर्फ २२ करोड, ३८ लाख बजेट छुट्टाईएको छ ।
त्यसैगरि, गलकोट नगरपालिकालाई समानीकरण अनुदानतर्फ १२ करोड २५ लाख, सशर्त अनुदानतर्फ ३२ करोड, ७४ लाख र विशेष अनुदानतर्फ २ करोड ४९ लाख गरी कुल ४७ करोड ४८ लाख र जैमिनी नगरपालिकाले समानीकरण अनुदानतर्फ १२ करोड २ लाख, सशर्त अनुदानतर्फ ३५ करोड, ८६ लाख, विशेष अनुदानतर्फ १ करोड र समपुरक अनुदानतर्फ ६९ लाख गरी कुल ४९ करोड ५७ लाख बजेट छुट्टाईएको छ ।
गाउँपालिका मध्ये सबैभन्दा बढि समानीकरण अनुदानतर्फ ११ करोड ७८ लाख, सशर्त अनुदानतर्फ २९ करोड, २६ लाख, विशेष अनुदानतर्फ २ करोड ३७ लाख र समपुरक अनुदानतर्फ ६५ लाख गरि ४४ करोड ६ लाख बडिगाड गाउँपालिकालाई छुट्टाईएको छ । भने, सबैभन्दा कम तमानखोला गाउँपालिकालाई समानीकरण अनुदानतर्फ ६ करोड ८६ लाख, सशर्त अनुदानतर्फ ११ करोड, ५ लाख गरि १७ करोड ९१ लाख बजेट छुट्टाईएको छ ।
यस्तै, ताराखोला गाँउपालिकाले समानीकरण अनुदानतर्फ ७ करोड ३८ लाख, सशर्त अनुदानतर्फ १५ करोड ६५ लाख, विशेष अनुदानतर्फ १ करोड ४ लाख र समपुरक अनुदानतर्फ ८५ लाख गरी कुल २४ करोड ९२ लाख रकम बजेट छुट्टाईएको छ ।
त्यसैगरि, काठेखोला गाउँपालिकाले समानीकरण अनुदानतर्फ १० करोड ६० लाख, सशर्त अनुदानतर्फ २७ करोड ८३ लाख, विशेष अनुदानतर्फ १ करोड ७८ लाख र समपुरक अनुदानतर्फ १ करोड ३७ लाख गरी कुल ४१ करोड ५८ लाख बजेट छुट्टाईएको छ ।
निसिखोला गाँउपालिकालाई २८ करोड ८३ लाख छुट्टाईएको छ जसमध्ये समानीकरण अनुदानतर्फ ९ करोड ७६ लाख, सशर्त अनुदानतर्फ १८ करोड ८६ लाख र समपुरक अनुदानतर्फ २१ लाख रकम छुट्टाईएको छ ।
बरेङ गाँउपालिकालाई कुल २५ करोड ९८ छुट्टाईएको छ जसमध्ये समानीकरण अनुदानतर्फ ७ करोड ९८ लाख, सशर्त अनुदानतर्फ १७ करोड २१ लाख, विशेष अनुदानतर्फ ४२ लाख र समपुरक अनुदानतर्फ ३७ लाख रकम छुट्टाईएको छ ।
यो बिषयमा तपाईको प्रतिकृया